Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

केपी ओलीको गुन्डाशैलीबाट डराउँदैनौं : नेपाल

काठमाडौं, एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवुकुमार नेपालले युवासंघ गम्भीर संकटमा भएको बताएका छन् । युवासंघ पार्टी, नीति र विधिको नभई व्यक्तिको पछाडि लागेको बताउँदै नेता नेपालले एमालेमा सामूहिक निर्णयको पद्धति हराएको बताएका छन् । केपी ओलीसँग युवासंघको भेला स्थगन गरेर विवाद समाधान गर्न समिति गठन गर्ने सहमति गरिएको तर ओलीले त्यसलाई उल्लंघन गरेको उल्लेख गर्दै नेता नेपालले गुन्डाशैली अपनाएको बताए । ओली पक्षले पार्टीको विधान र नीति मिचेको आरोप लगाउँदै नेता नेपालले भने ‘हामी कसैका दास होइनौं ।’ ‘जाली कुराले पार्टी चल्दैन’ नेता नेपालले भने– ‘गुन्डा–डनहरुलाई तत्काल कारबाही गर, युवा संगठन गुन्डा र तस्करहरुको संगठन होइन ।’ गुन्डाहरु र इमानदार युवाहरु संगठनमा सँगै बस्न नसक्ने चेतावनी दिँदै नेता नेपालले भने– ‘यतिबेला हाम्रो युवासंघ गुन्डाको हातमा पुग्यो ।’ ‘कार्यकर्तामाथिको अन्याय जारी रह्यो भने हामी चुप लागेर बस्दैनौं’, उनले भने– ‘विरोधको आगोको झिल्कोले केपी ओलीका पक्षधर गुन्डा र डनहरुलाई सखाप पार्नेछ ।’ ‘विधानको रक्षाका लागि डन र गुन्डाहरुसँग लड्नोस्’ आफू पक्षधर युवानेताहरुलाई नेपालले भने– ‘हामीसँग पनि शक्ति छ, नडराउनोस् ।’ एमाले युवासंघभित्रको आन्तरिक झगडा युवाहरुलाई भीडन्तमा उतार्दै पार्टीलाई विभाजित गर्ने मोडमा पुगेको सन्दर्भमा असन्तुष्ट पक्षको शनिबार बागबजारस्थित हार्दिक होटलमा चलिरहेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । शनिबारै हेटौंडामा संस्थापन पक्षको  ‘एकलौटी’ भेला जारी छ, उक्त भेलामा उपाध्यक्षद्वय वामदेव गौतम र विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेका छन् । भेलालगत्तै शनिबारै हेटौंडामा केन्द्रीय समितिको बैठक राखेर विभिन्न निर्णय गर्ने तयारी उक्त पक्षले गरिरहेको छ । यसअघि माधव नेपाल पक्षधर युवानेताहरुकी नेतृ दिलु पन्तले ‘नीतिविपरीत जानेलाई तत्काल कारबाही गर्न’ माग गरेकी छन् । संस्थापनले विधानको खिल्ली उडायो भन्दै उनले महेश बस्नेत निकट युवानेताहरुको राजनीति सकिएको चेतावनी दिइन् । बस्नेतले युवासंघ फुटाउने हर्कत त गरे–गरे, साथसाथै उनी पार्टी फुटाउन समेत उद्यत् रहेको पन्तले बताइन् । संस्थापनले भेला नरोके आफूहरु पनि चुप नलाग्ने नेतृ पन्तले बताएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: