माओवादीले सरकार छाड्दा कमजोर हुने राष्ट्रियता कस्तो राष्ट्रियता हो त्यो ? ओलीको राष्ट्रवादलाई माओवादी र त्यसका नेतृत्व प्रचण्डले धान्नुपर्ने कुन कारण छ ? मैले चियापसलदेखि सार्वजनिक स्थलमा प्रचण्ड र माओवादीलाई सत्तोसराप गर्ने एमालेका साथीहरुसँग जवाफ मागे । मेरो प्रश्नमा उनीहरु नाजवाफ थिए ।‘सरकार गठनपूर्व एमाले–माओवादीको संयुक्त वामपन्थी सरकार गठन गर्ने मात्रै होइन एमाले/माओवादीबीच एकता गरी कम्युनिष्ट केन्द्र बनाउनेसम्मको हाम्रो परिकल्पना थियो, तर सरकार गठनपछि एमाले अध्यक्ष ओलीले ती सबै संकल्प र परिकल्पना बिर्सदै गए र अन्तमा हामी सम्बन्ध विच्छेद गर्न बाध्य भयौ’ अविश्वासको प्रस्तावकका रुपमा संसद्मा बोल्दै गर्दा प्रचण्डले भनेका थिए । माओवादीले ओली नेतृत्वको सरकारबाट समर्थन किन फिर्ता लियो भन्ने विषयको जिज्ञासा मेटाउन अन्त धाउनै पर्दैन । प्रचण्डको माथीका भनाईलाई मनन गरे पुग्छ । उनले स्पष्टै भनेका छन् कि ओलीले विगतका दुइ पार्टीबिच भएका ‘परिकल्पना र संकल्प’ लाई बिर्सेपछि हामीले सम्बन्ध विच्छेद गर्यौ । प्रचण्डले सँगै भनेका थिए, सम्बन्ध पार्टी र देशको हक र हितका निम्ति गाँसिन्छ, कुनै एउटा पार्टीलाई भर्याङ बन्ने हिसाबले होइन । [caption id=\"attachment_85571\" align=\"alignleft\" width=\"250\"] लेखक[/caption] हो, सम्बन्ध गाँसिनुभन्दा अघि गरेका सम्झौता जब पालना हुँदैन तब ती सम्बन्धमाथी खटपट आउनु र भत्किनु अस्वभाविक होइन । प्रचण्डले संसद्मा ओलीमाथी अविश्वासको प्रस्ताव दर्ता गर्दै गर्दा लगाएका आरोप र खुलाएका यथार्थले सरकारमा खटपट भएको कुरा प्रष्टिन्थे नै । काम चलाउ प्रधानमन्त्री ओलीले प्रचण्डले लगाएका आरोप र खुलाएका यथार्थको जवाफ दिँदा अझ प्रष्टियो कि सरकारमा खटपट भएकै रहेछ । ओलीको जवाफबाट के प्रष्टिन्थ्यो भने उनले आफ्नो कुर्सी बचाउनका लागि दिनरात माओवादीलाई फकाइरहेका रहेछन् । अरुणा लामाको गीतलाई सापटी लिएर प्रचण्डको फाँटेको मन जति सिलाए पनि दिनदिनै उत्तिकै फाँटेको र प्रचण्डको मन सिलाउनै समय बिताएको बताउने ओलीले के सोचे राष्ट्रको लागि ? प्रश्न उठिरहन्छ । आफ्नो कुर्सी बचाउन प्रचण्डलाई प्रयोग गर्न खोजेका ओली जब फेल भए अनि हिजो आफैँलाई प्रधानमन्त्री बनाएका दल र त्यसका नेतृत्व प्रचण्डलाई राजीनामाकाे कुनै कुनामा सम्झिँदै नसम्झि राजनेताको परिभाषा दिएरै छाडे । माओवादीले जब सरकारबाट समर्थन फिर्ता लियो वास्तवमा ऊ निकै अप्ठ्यरो परिस्थितीमा थियो । प्रतिकुलभन्दा प्रतिकुल अवस्थामा पुगेर उसले समर्थन फिर्ता लियो । जब कि त्यतिबेला ऊ प्रतिपक्षको भूमिका बस्न पनि तयार थियाे । माओवादी सरकारबाट बाहिरिने बित्तिकै जताततै प्रश्न उठ्यो, ‘माओवादीले गर्दा राष्ट्रियता कमजोर भयो, राष्ट्रवादी सरकार प्रचण्डले ढाल्यो’ । विशेषत एमालेका साथीहरुले यो विषयलाई निकै महत्वपूर्ण ढंगबाट उठाए । माओवादीले सरकार छाड्दा कमजोर हुने राष्ट्रियता कस्तो राष्ट्रियता हो त्यो ? ओलीको राष्ट्रवादलाई माओवादी र त्यसका नेतृत्व प्रचण्डले धान्नुपर्ने कुन कारण छ ? मैले चियापसलदेखि सार्वजनिक स्थलमा प्रचण्ड र माओवादीलाई सत्तोसराप गर्ने एमालेका साथीहरुसँग जवाफ मागे । मेरो प्रश्नमा उनीहरु नाजवाफ थिए । द्वन्द्वकालीन मुद्दालाई ब्युँताउँदै माओवादीका प्रभावशाली नेतालाई जेल हाल्ने योजना बुन्ने, माओवादीलाई सत्तामा जाने भर्याङ सोचेर सत्तामा हुँदाहुँदै माओवादी सिध्याउन खोज्ने एमालेजनमाथी मैले नैतिकताको प्रश्न गरे । त्यतिबेला पनि उनीहरुले कुनै जवाफ दिन सकेनन् । भुकम्पपछिको पुनर्निर्माण, बढ्दै गएको भ्रष्टचार, महंगी र कालोबजारी रोक्नुका साटो त्यसलाई संरक्षण दिने अनि भुकम्पपीडितलाई एकमुष्ट २ लाख दिन गोजीको पैसा झिकेर दिनुपर्ने जस्तो व्यवहार गर्ने ओली कसरी राष्ट्रवादी रु संविधान कार्यान्वयनको सट्टा त्यसको उल्लङघन गर्ने ओली कसरी राष्ट्रवादी रु मेरो अन्तिम प्रश्नमा पनि एमालेजनले उत्तर दिन सकेनन् । वास्तविकतलाई बुझ्दै नबुझी सडकमा राष्ट्रवाद पोख्नेले कहिल्यै सोचेनन् कि माओवादी केन्द्र र प्रचण्ड समर्थन फिर्ता लिने ठाउँमा किन पुगे ? यी सबै परिघटनाका बीच नयाँ सरकार गठनको काम अन्तिम चरणमा छ । सायदै एक साताभित्र देशले नयाँ प्रधानमन्त्री पाउदैछ । कांग्रेस–माओवादीबीचको समझदारीलाई हेर्ने हो भने एक हप्ताभित्र प्रचण्डले देशको नेतृत्व गर्दैछन् । शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गरी त्यसलाई विगतमा भएको १२ बुँदे समझदारी अनुरुप टुंग्याई देशलाई स्थायीत्व प्रदान गर्न यतिबेला देशले प्रचण्डको नेतृत्व मागेको छ । सरकारले परिवर्तनको मुद्दामा पक्षमा लड्दा भएका घटनालाई लिएर माओवादी अर्थात क्रान्तिकारी योद्धाको टाउकोमा हालेको मुद्दालाई निष्कर्षमा पुर्याउन यतिबेला सच्चा नेपालीले प्रचण्डको नेतृत्व मागेको छ । भुकम्पपछिको पुनर्निर्माणलाई दू्रत गतिमा अघि बढाउनुका साथै पीडितलाई एकमुष्ट २ लाख रुपियाँ दिन यतिबेला भुकम्पपीडितले प्रचण्डको नेतृत्व मागेको छ । बढ्दै गएको भ्रष्टचार, कालोबजारी र महंगीलाई रोक्न प्रत्येक नेपालीले प्रचण्डको नेतृत्व मागेको छ । आन्तरिक राष्ट्रिय एकता कायम गरी मुलुकलाई समुन्नत र समृद्धिको बाटोमा लैजाने नेतृत्व यतिबेला देशले मागेको छ । विकसित मुलुकको हैसियतमा नेपाललाई पुर्याउन सक्ने क्षमता भएको नेतृत्व यतिबेला देशले मागेको छ । नयाँ संविधान कार्यान्वयन र मधेसी मोर्चा लगायतका आन्दोलन पक्षको जायज मागको सम्बोधनका लागि क्षमतावान नेतृत्वको खाँचो छ । यी सबै आवश्यकतालाई परिपूर्ति गर्न र हाँक्न सक्ने नेतृत्व भनेको प्रचण्ड नै हो । त्यसैले आज सारा नेपाली प्रचण्डले देश हाँकेको दिनको प्रतिक्षामा छन् । प्रत्येक नेपालीको प्रचण्डले देश हाँकेको हेर्ने रहर छ ।
प्रतिकृया लेख्नुहोस्: