Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

क्लिन्टन ट्रम्पभन्दा सात अङ्कले अगाडि

\"hillary_trump\"अमेरिका, १७ साउन । अमेरिकी डेमोक्रेटिक दलको अधिवेशनमा उनलाई मिलेको समर्थनपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारी क्लिन्टनको समर्थनमा चार अङ्कको बराबरको समर्थन थप भएको छ ।   यसअघि तीन अङ्कले अगाडि देखिएकी क्लिन्टनलाई अधिवेशनमा आएको समर्थनपश्चात थप चार अङ्क जोड्दा अब क्लिन्टनले ट्रम्पलाई सात अङ्कले लिड गरेको सर्वेक्षणले देखाएको बताइएको छ ।   रिपब्लिकनको अधिवेशनले डेमोक्रेटिक दलको अधिवेशन पूर्व ट्रम्पको पक्षमा दुई अङ्कको प्रगति देखाएको सीबीएस समाचार सर्वेक्षणले जनाएको छ ।   आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको अधिवेशनले यसलाई केही हदमा घटाउन मद्दत गरेको मत सर्वेक्षणले बताएको छ ।   मतदानका लागि नाम दर्ता भएका ५० प्रतिशत मतदाताको क्लिन्टनलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भए पनि ३५ प्रतिशत भने उनका आत्मिय प्रशंसक छन्, सीबीएस सर्वेक्षणले बताएको छ ।   अधिवेशनमा क्लिन्टनको उम्मेदवारीबारे भएको छलफल र डेमोक्रेटिकको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवारी घोषणापश्चात उनको समर्थनमा थप पाँच प्रतिशतले वृद्धि हुँदा उनीप्रति नकारात्मक विचार राख्ने सङ्ख्या छ प्रतिशतले घटेको छ ।   त्यसैगरी ट्रम्पको पक्षमा ३१ प्रतिशत मतदाता डोनाल्ड ट्रम्पप्रति सकारात्मक धारणा राखेका छन् । रिपब्लिकन पार्टीको अधिवेशन पूर्व पनि यो तथ्याङ्क ३१ प्रतिशत नै भएको सीबीएसको सर्वेक्षणले देखाएको छ ।   रिपब्लिकन उम्मेदवार ट्रम्पप्रति ५२ प्रतिशत मतदाताको नकारात्मक धारणा रहेको सर्वेक्षणले जनाएको छ ।   यो मत सर्वेक्षण जुलाई २९, ३० र ३१ मा एक हजार ३९३ वयष्क मतदाताबीच लिइएको थियो । यसमा तीन प्रतिशत नम्बर बराबरको बदर मत हदका लागि छुट्टाइएको थियो । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending