Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

अम्बर गुरुङलाई देशले चिनेन : धनु ज्ञाङ्मी

\"dhanu काठमाडौं, २१ साउन । नेपाली संगीत क्षेत्र धेरै कोणबाट धनी क्षेत्र हो । यस क्षेत्रमा धेरै कलाकारहरुले आफ्नो पसिना खर्चेका छन् । विश्व सामु नेपाली संगीतको उपस्थिति बढ्दो छ । हामीले नेपाली संगीतको क्षेत्रमा समर्पित विभिन्न श्रष्टाहरुका संगीत साधनाको अनुभूति समेट्ने प्रयास गरेका छौं । यस पटकको ‘मेरो संगीत साधना’मा पाँचथर प्राङ्बुङ ४ सिरिसेका गायक तथा संगीतकार धनु ज्ञाङ्मी : संगीत साधनाको अनुभूति उनको आफ्नै शब्दमा अनौपचारिक रुपमा बच्चैदेखि लागियो संगीत क्षेत्रमा । कक्षा ४ अध्ययन गर्दैगर्दा स्कुलको कार्यक्रमहरुमा नाच्ने र गाउने गरिन्थ्यो । औपचारिक रुपमा चाँही ५६ ÷५७ सालदेखि संगीत क्षेत्रमा लागियो । सानोमा सबैभन्दा बढी गोपाल योन्जन र अरुण थापाका गीतहरु सुन्ने गरिन्थ्यो । मसँग पनि प्रकृतिले दिएको गला रहेछ, म पनि गीत गाउँन सक्छु भन्ने चाँही २०५९ सालबाट लाग्न थाल्यो । त्यसपछि संगीतलाई नै जीवनको एकमात्र लक्ष्य बनाएँ । त्यसपछि म स्वरलाई निखार ल्याउन आदरणीय संगीत गुरुहरु कहाँ जान थालेँ । पाँचथरबाट तुरुन्तै काठमाडौं आउँने चाँजो मिलेन । त्यसपछि पाँचथरमै आरोह कला केन्द्रमा राजु सुब्बासँग संगीत सिक्न थालेँ । त्यसको केही सयमपछि संगीत सिक्ने अभिलाषाले छोडेन । जसरी हुन्छ काठमाडौं जानु पर्छ भन्ने लाग्यो र परिवारसँग सामान्य सल्लाह गरेर काठमाडौ पसेँ । गितार बोकेर संगीत गुरु खोज्दै गएँ काठमाडौंको यो विशाल भिडमा सजिलो रहेनछ संगीत सिक्न । गितार बोकेर संगीत गुरु खोज्दै, उतै गाउँतिर नाम सुनेको मनपर्ने गायक जगदीश समालसँग पुगेँ। उहाँसँग केही समय संगीत सिकेपछि संगीतमा झनै रस बस्दै गयो । थप सिक्ने अभिलाषाले छाडेन । त्यसपछि भेटेँ कैलाश राई । उहाँसँग र गुरुदेव कामतसँग पनि सिकेँ । गुरुकुलमा केही समय संगीत सिकेपछि इन्दु प्रकाशसँग बालमन्दिरमा संगीत सिक्न पुगेँ । अहिले चाँही स्वअध्ययनमै व्यस्त छु । आजभोलि म दिनको ३÷ ४ घण्टा नियमित साधना गर्छु । संगीत क्षेत्रमा लागेको डेढ दशक त वितेछ । हुनत संगीतको महासागरमा हिड्नेहरुका लागि यो समय निकै छोटो हो । र पनि यति समयमा एकल गायन र एकल संगीत सहित करिब डेड दर्जनभन्दा बढी एल्बम बजारमा आएछ । सुन्ने श्रोताहरुले मन पराएका छन् । मन पराइदिएपछि अझै संगीत क्षेत्रमै केही गरौं लागेको छ । मेरो आदर्श गुरु मार्ली र योन्जन प्रत्यक्ष भेट्न नपाए पनि म बब् मार्ली र गोपाल योन्जनलाई विशेष आदर्श गुरु मान्छु । उहाँहरुले देश प्रेम, परिवर्तन र दुनियाँ बदल्ने गीत गाएर जानु भयो । यो डेढ दशकको अनुभूतिले मलाई संगीत अथाह महासागर जस्तो लागेको छ । जति बुझ्दै गयो झन् केही नबुझे जस्तो पो लाग्दैछ । संगीतको परिभाषा दिने विद्वानहरुले ‘संगीत महासागर हो’ भनेर त्यसै भनेका होइनन् रहेछ। \"11021105_1566920066881525_7923578859864170060_n-750\" दयनीय संगीत क्षेत्र  नेपाली गीत संगीत क्षेत्र अहिले दयनीय अवस्थामा छ । यो सब ‘सिस्टम’को कारणले हो भन्ने लाग्छ । एउटा सर्जकले लाखौं खर्चेर बनाएको गीत बजारमा भटाभट पाइरेसी भइरहेको छ । सम्बन्धित निकाय मौन छ । प्रतिलिपी अधिकार बनेको मात्र छ । लागू भएको छैन । त्यो ऐन सशक्त ढंगले लागू हुने हो भने कलाको सम्मान हुने थियो । संगीतकर्मी र व्यवसायी सबै लाभान्वित हुने थिए। सरकारको यहाँनिर ध्यान नपुगेको देखिन्छ। राज्यसँग गायककाे गुनासो नेपाली गीत संगीतको स्तर अन्य देशको गीत संगीतसँग तुलना गर्न योग्य नै छैन । यसको दोष सर्जकलाई भन्दा राज्य व्यवस्थालाई दिन्छु म । किनभने सर्वसुलभ ढंगले संगीत पढ्न पाउने सरकारी स्कुल छैन। केही कलेजहरु त छन् तर त्यहाँ अन्तर्राष्ट्रिय स्तरको पढाइ नै हुँदैन । संगीतलाई गहानाको रुपमा हेर्ने संस्कारले यस्तो भएको हो । हाम्रो देशमा प्राथमिकस्तरदेखि नै संगीतको व्यवस्थित अध्ययन अध्यापन हुनुपर्छ । अनि मात्र नेपाली संगीतले विश्वमा आफ्नो उपस्थिति देखाउन सक्छ । गणतन्त्र आएको देशमा संगीतलाई विशेष महत्व दिए हुन्थ्यो जस्तो लाग्छ । अम्बर गुरुङबाट देशले धेरै लिन सक्थ्यो । तर हामीले केही लिन सकेनौं । अम्बर गुरुङलाई देशले चिनेन । अझै यस्ता विडम्बनाहरु दोहोरिदैन भन्न सकिन्न । देशले संगीत क्षेत्रलाई विशेष ढंगले हेर्नुपर्छ । हाम्रा मौलिकताहरु दिनानुदिन हराउँदै गएका छन् । यसको उचित जगेर्ना गर्नुपर्छ । नेपाली मौलिक लोक संगीतलाई अन्तर्राष्ट्रिय स्तरको संगीतको पाठ्यक्रम बनाउन सकिन्छ । यसतर्फ खोइ सम्बन्धित निकायको ध्यान ? प्रस्तुति : राजु स्याङ्तान
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy