Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

प्रधानमन्त्रीबाट क्रिकेट र कराँते टोलीलाई बिदाई

\"Cricketor-with-PM-Prachand\"साउन २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइसिसी विश्व क्रिकेट लीग र एसियाली कराँते टोलीका खेलाडीहरुलाई छुट्टाछुट्टै कार्यक्रमकाबीच बिदाई गरेका छन् ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेल क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै खुसी व्यक्त गरे । प्रधानमन्त्रीले भने, ‘क्रिकेट र कराँते क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको छ, देशलाई आत्मविश्वास र भावनात्मक एकता कायम गर्न सफल हुनु भएकोमा म सम्पूर्ण खेलाडी मित्रहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

सो अवसरमा प्रधानमन्त्रीले आफ्नो बालुवाटार प्रवेश पछिको पहिलो औपचारिक कार्यक्रम खेलाडीहरुसँग भएकामा खुसी लागेको बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतियोगितामा नेपाली टिमको बिजय सम्पूर्ण नेपालीको विजय भएको भन्दै आफ्नो कार्यकाल खेलकुदको सुधार र विकासमा समर्पित गर्ने प्रतिवद्दता व्यक्त गरे ।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालको विजयकालागि सम्पूर्ण टोली कटिवद्ध रहेको बताए ।

बिदाई कार्यक्रममा नेपाल कराँते संघका महासचिव लगायतका प्रतिनिधिहरुले खेल क्षेत्रका समस्या र प्रतियोगिताको अवस्थाबारे जानकारी गराएका थिए ।

नेदरल्याण्डमा हुने आइसिसी वर्ल्ड क्रिकेट लीगका लागि कप्तान पारस खड्का नेतृत्वको टोली शनिबार नेदरल्याण्ड प्रस्थान गर्दैछ । त्यसैगरी मलेसियामा हुने पाँचौ एसियाली कराँते प्रतियोगिताकालागि २९ जनाको टोली शनिबार नै मलेसिया प्रस्थान गर्दैछ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending