Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

प्रधानमन्त्रीको सचिवालय : बाबुराम र ओलीको जम्बो, प्रचण्डले सानो बनाउने

\"prachanda_oli_babram\"काठमाडौं, २२ साउन । नयाँ प्रधानमन्त्रीमा निर्बाचित भएसँगै नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको नीजि सचिवलाय सानो बनाएर सरकारलाई आर्थिक भार नथिप्ने बताएका छन् । सपथग्रहणको भोलीपल्टै प्रचण्डले बनाएको सचिवलायमा अतिआवश्यक ५ जनाको नियुक्ति गरेका छन् । र सानो बनाउने उद्घोष गरेका छन् । के हुन्छ व्यवस्था ? प्रधानमन्त्रीले आफ्नो सचिवलायमा कुल ९२ जना नियुक्त गर्न पाउँछन् । यस्तो नियुक्ति सचिवालय र सल्लाहाकार गरी दुई तहमा गर्न पाइन्छ । ४६/४६ गरी दुबै तहमा ९२ जनासम्म प्रधानमन्त्रीले नियुक्त गर्न पाउँछन् । प्रमुख स्वकिय सचिवबाहेक  स्वकिय सचिवहरू प्रधानमन्त्री आफैले सिधैं नियुक्त गर्न पाउँछन् भने सल्लाहाकारहरुलाई भने मन्त्रीपरिषदको बैठकले नियुक्त गनुपर्ने व्यवस्था छ । प्रमुख स्वकिय सचिव, सल्लाहाकारहरु र विज्ञहरुको सेवा सुविधा राज्यमन्त्रीस्तरको हुने व्यवस्था छ  । यसैगरी स्वकियसचिवहरुको सेवा सुविधा सचिवस्तरको हुने व्यवस्था छ । बाबुराम र ओलीको सबैभन्दा जम्बो यसअघिका प्रधानमन्त्रीहरु बाबुराम भट्टराईको सबैभन्दा जम्बो नियुक्त थियो भने त्यसपछि केपी शर्मा ओलीको नियुक्ती सबैभन्दा धेरैमा पर्छ । बाबुरामले आफ्नो सचिवलाय तथा सल्लाहाकार गरी ४७ जनालाई नियुक्त गरेका थिए भने ओलीले १२ सल्लाहाकार, ६ विज्ञ, झण्डै १२ कै हाराहारीमा स्वकिय सचिवालयमा नियुक्त गरेका थिए । प्रचण्डले आधा पनि नबनाउने नयाँ प्रधानमन्त्री प्रचण्डले भने बाबुराम र ओलीले गरेका नियुक्तीहरुको आधा पनि नबनाउने भएका छन् । प्रचण्डको निर्देशन अनुसार राज्यलाई आर्थिक भार थपिने र कार्यकर्तालाई भर्ति केन्द्र नबनाउने गरी सोचेको प्रमका प्रमुख स्वकिय सचिव जोख बहादुर महराले बताएका छन् । आवश्यकतालाई ख्याल गर्दै बाबुराम र ओलीको भन्दा संख्यात्मक रुपमा आधा कम हुनसक्ने महराले बताए । \"pm-office-singhadurbar\" फास्ट ट्रयाकमा प्रचण्डको काम सपथ ग्रहणसँगै ‘घण्टा र मिनेट’लाई ख्याल राख्दै काम गर्छु भनेको नयाँ प्रधानमन्त्री प्रचण्डले सपथग्रहणको २४ घण्टा नबित्दै आफ्ना लागी सानो नीजि सचिवलाय बनाउनुका साथै कैंयन राष्ट्रिय महत्वका निर्णय गरिसकेका छन् । संविधान नमानिरहेका मधेसी मोर्चासँग भएको तीन बुँदे समझदारीअनुसार संविधान संशोधन बाहेक, मृत्यु भएकाहरुलाई १०/१० लाखका दरले १ हप्ताभित्र क्षतिपूर्ति दिईसक्ने र मधेस आन्दोलनका क्रममा लागेका मुद्धामामिला फिर्ता लिन काम गरिसकेका छन् भने भूकम्पपिडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय समेत गरेका छन् । ‘गरिबसँग सरकार’ नामक कार्यक्रम उद्घोष गर्नुका साथै देशभरका दलित परिवारका र कर्णालीका बच्चालाई जन्मनासाथै प्रोत्साहनभत्ता दिने निर्णय गरिसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies