Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा र विश्वास पलाएको छ

\"PM-Prachanda\"काठमाडौँ, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ । नेपालको संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै मोर्चाले १० महिनादेखि आन्दोलन गरिरहेको छ । मधेसकेन्द्रित राजनीतिक दलका नेताहरुले आफूहरुले दिएकै सुझावका आधारमा सरकारले पछिल्लो निर्णय गरेर वातावरणलाई सहज तुल्याएको प्रतिक्रिया दिएका छन् । सो क्रममा मोर्चासँग आबद्ध राजनीतिक दलले लामो समयसम्म सडक आन्दोलन चलाउनाका साथै पछिल्लो समय सदन मार्फत आफ्नो माग स्थापित गराउन प्रयास गरिरहेका छन् । मोर्चाले खासगरी प्रदेशको सीमाङकन, भाषा, नागरिकता, जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको सुनिश्चितता, समानुपातिक समावेशी सिद्धान्त र न्यायालयसँग सम्बन्धित विषयमा फरक धारणा प्रस्तुत गर्दै आएको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसले उठाएका मागलाई सबैले बुझे पनि हालसम्म बेवास्ता गरिएकाले समस्या सुल्झन नसकिरहेकामा वर्तमान सरकार गठन हुनासाथ वार्ताको वातावरण बनाउन केही माग सम्बोधन हुनाले आशा बढेको बताए । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका प्रतिव्यक्तिका परिवारलाई रु १० लाख र घाइतेको खर्च उपलब्ध गराउने तथा मुद्दा फिर्ता गर्ने लगायत विषय तत्कालै अघि बढाउने घोषणा गरेको छ । नेकपा ९माओवादी केन्द्र०का सांसद कमला दोङले नागरिकताको विषय बाहेक मोर्चाले उठाएका कतिपय माग जायज भएकाले सम्बोधन गर्नाको विकल्प नभएको बताइन । उनले भनिन – “जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको सीमाङ्कनमा सुधार तथा भाषाको मुद्दालाई सम्बोधन गर्नुपर्छ भन्नेमा मेरो पनि मत रहेको छ ।” सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले आफूहरुले सरकारको निर्णयलाई सकारात्मक रुपमा लिएको बताए । उनले भने–“मोर्चाले दिएको सुझावको धरातलमा टेकेर सरकारले मधेसका मुद्दालाई सम्बोधन गर्ने कार्यको सुरुआत गरेको छ, त्यो निर्णयबाट हाम्रा माग सम्बोधन हुनेमा आशा र विश्वास जगाएको छ । वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्छन्, “राजनीतिक दल र सरकारबीच भएका सम्झौता कार्यान्वयन हुनुपर्छ, समस्या बल्झाउनेतिर होइन, सुल्झाउनेतिर सबैको प्रयास हुन आवश्यक छ, मधेसले उठाएको मुद्दा कुनै राजनीतिक दल विशेषको नभएर समग्र मुलुकै समस्या हो ।” मुलुकका प्रमुख ती राजनीतिक दल मिलेरै अघि बढ्नुपर्ने अन्यथा संविधान कार्यान्वयन र मुलुकलाई समृद्धितर्फ लैजान निकै कठिन हुने बताउँदै उनले सरकारले मधेसको समस्या सुल्झाउने सोचका साथ एउटा वातावरण निर्माण गर्न गरेको र यसबाट समाधान निस्कन्छ भनेर आशा गर्न सकिने बताए। विश्लेषक एवम् पत्रकार चन्द्रकिशोर झा बताउँछन्– “मधेसका मुद्दालाई कार्यकारीका तर्फबाट सम्बोधन गर्न सकिनेसम्मका मुद्दालाई कार्यान्वयनमा लैजान अभिव्यक्ति र व्यवहारलाई जोड्नुपर्ने आवश्यकता छ । ” प्रमुख राजनीतिक दलकै मधेसमा आधार बलियो रहेको कुरा व्यवस्थापिका–संसद्मा रहेको प्रतिनिधित्वले पुष्टि गरेको हँुदा मधेसका मागलाई समयमा सम्बोधन गर्न सकिएन भने भोलिको निर्वाचनमा मत परिणाम गुम्न सक्छ भन्ने पक्षमा सरकार र प्रमुख दलहरु विशेष रुपमा सचेत हुन आवश्यक रहेको विश्लेषक झा भन्छन् । उनी भन्छन्– “मधेसका सवाललाई पहाडका क्षेत्रमा जनमत बनाउने काम गरिनुपर्छ, जसले लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउन सकोस्, सरकारको पछिल्लो निर्णयले मोर्चाको आन्दोलनलाई स्विकारेको सङ्केत गरेकाले समस्या सुल्झनेछ भन्ने कुरामा शङ्काको लाभ दिने अवस्था देखिएको छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE