Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

आमसञ्चार नीति त्रुटिपूर्ण भएको गुनासो

\"Sancharकाठमाडौँ, २३ साउन । हालै अनुमोदन भएको राष्ट्रिय आमसञ्चार नीति सरकारले एक महत्वपूर्ण उपलब्धिका रुपमा लिइरहेका बेला अभिव्यक्ति स्वतन्त्रता रक्षक तथा नागरिक सरोकारवालाले भने यो नीति त्रुटिपूर्ण भएको र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने किसिमको भएको टिप्पणी गरेका छन् ।

उच्चस्तरीय आमसञ्चार नीति तर्जुमा सिफारिस समितिले प्रतिवेदन बुझाउने बित्तिकै सरकारले यसलाई नीतिका रुपमा अनुमोदन गरेर जनतालाई नीतिसम्बन्धी छलफल गरी धारणा राख्ने मौका नदिएको भन्दै उनीहरुले सरकारको आलोचना गरेका छन् ।

उक्त आमसञ्चार नीतिसम्बन्धी हालै आयोजित बहस कार्यक्रममा सहभागी वक्ताले अप्रजातान्त्रिक देशमा जस्तो जनतालाई कुनै थाहा नै नदिई नीति आएको र यसले आमसञ्चारको अभिन्न माध्यम फिल्म क्षेत्रलाई केवल सांस्कृतिक उपजका रुपमा मात्र लिएकोे, अनलाइन मिडियालाई प्रिन्ट मिडियाभन्दा फरकरुपमा लिएको, रेडियो फ्रिक्वेन्सी वितरणको वर्ष निर्धारण आधारहीन भएको जनाउँदै यसलाई अपूरो नीतिको सङ्ज्ञा दिएका छन् ।

उक्त कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले कुनै पनि प्रजातान्त्रिक मुलुकमा राज्यले प्रेस आफ्नो नियन्त्रणमा राख्दैन, तर राज्यद्वारा सञ्चालित दैनिकलाई सरकारले विस्तार तथा बढावा दिने कुराले कतै नेपालमा पनि प्रेस राज्य नियन्त्रित तथा दुरुपयोग त हुने होइन भनी आशंका व्यक्त गरे । उनले मिडियाको विषयवस्तु अनुगमन गर्ने प्रेस काउन्सिलको संरचनामा पत्रकारको हालीमुहाली हुने प्रावधान हुँदा त्यसले जनताको अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने र मिडियामाथि नागरिकको अनुगमन फितलो हुने जिकिर गरे ।

त्यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका एसिया–प्यासिफिक संयोजक उज्वल आचार्यले अनलाइन मिडिया प्रिन्ट मिडिया जस्तै भएकाले यसलाई अन्य कानुनको जरुरी छैन भने । तर यो आमसञ्चार नीतिले अनलाइन मिडिया दर्ता गर्नुपर्ने प्रावधान राखेकाले सञ्चार माध्यमलाई नै नियन्त्रण गर्न सरकार उन्मुख रहेको देखाउनेमा उनले जोड दिए ।

वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले उच्चस्तरीय समितिको प्रतिवेदन रातारात सरकारले अनुमोदन गरी जनतालाई झुक्याउने काम गरेको र नीति निर्माणमा जनताको भूमिकालाई अवमूल्यन गरेको दाबी गरे ।

उच्चस्तरीय समितिका अध्यक्ष काशीराज दाहालले भने नीति आफैँमा पूर्ण नभएकाले यसलाई मार्गदर्शक बनाउन थपघट गर्न सकिने बताए । “एक्काइस सदस्य रहेको उक्त समितिमा सहमति सिर्जना गरी यो नीति आउनु आफैँमा सकारात्मक हो । यसलाई परिमार्जन गरी अझ विश्वसनीय बनाउन सकिन्छ”–उनले भने ।

त्यसैगरी, समितिका अर्का सदस्य धर्मेन्द्र झाले फ्रिक्वेन्सी वितरणका विषयमा समितिले लामो छलफल गरेको र सहमतिका आधारमा निश्कर्ष निकालिएको बताए । ‘क्लिन फिड केही समयका लागि राम्रो भएपनि यसको राम्रो व्यवस्थापन गर्न नसके यसले समस्या ल्याउँछ’, भन्छन् समितिका अर्का सदस्य डा कुन्दन अर्याल ।

त्यसैगरी, अधिवक्ता सन्तोष सिग्देलले अभिव्यक्ति स्वतन्त्रता सीमाहीन विषय हो, तर यो राष्ट्रिय नीति भने नेपाली फिल्मको बारेमा आंशिकरुपमा उल्लेख गरेपनि नेपालमा विदेशी फिल्मको प्रयोगका बारेका मौन रहेकाले यो अपूर्ण दस्तावेज हो भने ।

फिल्म निर्माताद्वय मनोज पण्डित र अनुप सुवेदीले नेपालमा फिल्मलाई आमसञ्चारको माध्यमका रुपमा नलिनु नीतिको ठूलो कमजोरी भएको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE