Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

आज साउनको चौथो सोमबार शिव मन्दिरहरूमा दर्शनार्थीको भिड

\"पशुपतिनाथकाठमाडौं, साउन २४ । साउनको चौंथो सोमवार पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरूको लाखौंको सँख्यामा घुँइचो लागेको छ । अघिल्लो दिन मध्यरातदेखि नै मान्छेहरूको घुँइचो लागेको दर्शनको व्यवस्था मिलाउने काममा खटिरहेका सुरक्षाकमीले जनाएका छन् । जलाभिषेक गर्ने बोलबमका तीर्थयात्रीको ठूलो सँख्या देख्न सकिन्छ भने आमसर्वसाधारणहरू पनि त्यतिकै सँख्यामा बडो श्रद्धापूर्वक लामो लाइनमा बसेर दर्शन गरेको बताउँछन् । पश्चिममा गौशालादेखि उत्तरमा गौरीघाटदेखि दर्शनार्थीको लामो लाइनको ताँती देखिन्छ । पशुपतिनाथको अलवा देशका विभिन्न स्थानहरूमा रहेका शिव मन्दिर एवं तीर्थस्थलहरूमा भक्तजनहरूको भीड लागेको समाचारहरू प्राप्त भइरहेका छन् । चितवन तनहूँ र नवलपरासीको संगम देवघाट, त्रिवेणीधाम चितवन–नवलपरासी, गुल्मी स्याङ्जा र पर्वतको संगम शालिग्राम सेतीवेणी, पाल्पा र स्याङ्जाको दोभान राम्दी, स्याङ्जाकै महालिङ्गधाम मालुङ्गा, पूर्वको हलेसी महादेव, पश्चिममा वैद्यनाथ, स्वर्गद्वारी, चितवनको भउनपा बाह्र स्थित कल्पनेश्वर महादेव, नवलपरासीको बाबा बर्दगोरीया, बुट्वलको सिद्धबाबास्थान, गुल्मीको रूरू रीडी लगायतका तीर्थस्थल एवं मन्दिरहरूमा ठूलो सँख्यामा भक्तजनहरूको चाप बढेको समाचार प्राप्त भएको छ । \"पशुपतिनाथ सोमवार मात्रै नभएर साउनमा अन्यवार पनि पशुपतिनाथलगायत देश विदेशका शिव मन्दिर एवं तीर्थस्थलहरूमा दर्शनार्थीको चाप बढ्न थालेको छ । धार्मिक पर्यटनको दृष्टिबाट यो सुखद उपलव्धी पनि हो । पशुपतिनाथको दर्शनभर्नको लागि देश विदेशबाट आएका तीर्थयात्रीहरूको अनुहारमा थकाइभन्दा पनि गौरव देख्न सकिन्छ । बोलबमको मन्त्रलाई उमङ्ग एवं आनन्द र सुखपूर्वक उच्चारण गरिरहेका धेरै दर्शनार्थीहरू खाली खुट्टामा देखिन्छन् । यो गर्मीमा बालकदेखि बृद्धसम्म अवस्थाका गेरुवा रङ्गको कपडा पर्हिएका, पशुपतिलाई जलाभिषेक गर्न जलको भाँडा बोकेका र खाली खुट्टामा रहेका यस्ता भक्तहरूको उपस्थिति आनन्ददायक एवं गहिरो आस्था र श्रद्धापूर्ण देखिन्छ । राजनीतिक क्षेत्र एवं राज्यले धर्म र धार्मिक क्षेत्रलाई वेवास्ता गर्न थालेपछि नेपाली मनमस्तिष्कमा धार्मिक आस्था एवं भावना झन्झन् बढ्दै गएको पाइएको छ । नेपाली जनता धर्मनिरपेक्षता चाहदैनन् भन्ने एउटा गतिलो उदाहरण पनि हो यो । धार्मिक क्षेत्र एवं धार्मिक नागरिकको चाहनालाई वेवास्ता नै गरिरहने हो भने त्यसको परिणाम राजनीतिक दलहरूको लागि हितकर हुन नसक्ने कुरालाई सम्बन्धितहरूले समयमै बुझ्नसक्नु पर्ने संकेत पनि हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE