Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

द्वन्द्वका मुद्दाहरुले नयाँ समस्या पैदा गर्ने प्रधानमन्त्री प्रचण्डको चिन्ता

\"prachanda\" काठमाडौं, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वका मुद्दाहरुले देशमा नयाँ समस्या पैदा गर्ने चिन्ता ब्यक्त गरेका छन् । सेना समायोजन र हतियार व्यवस्थापन भएपनि युद्धसँग सम्बन्धित मुद्धाहरु अझै नटुंगिएको भन्दै उनले द्वन्द्वका मुद्धाहरुले देशमा नयाँ समस्या पैदा गर्ने चिन्ता ब्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघको टोलीसँग मंगलबार विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले द्वन्द्वका मुद्दालाई दीर्घकालीन समाधान गर्ने भन्नेमा आफूहरु गम्भीर रहेको उनले बताए । संक्रमणकालको अन्त्यतिर जाँदैछौं उनले मुलुक संक्रमणकालको अन्त्यतिर गइरहेको उल्लेख गरे । प्रम प्रचण्डले संक्रमणकालको सुरक्षित अवतरणका लागि सञ्चार जगत र पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै सहयोग गर्न पनि आग्रह गरे । युद्धका बेला कतिपय दुर्घटनाहरु हुँदा हुँदै पनि पत्रकार जगतले राम्रै भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले पत्रकारको प्रशंसा गरे । सहमति निर्माणको पहल अन्तिमसम्म प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको पहल अन्तिमसम्म पनि कायम राख्ने बताएका छन् । सुरुदेखि नै राष्ट्रिय सहमति खोजिए पनि सहमति हुन नसकेको उल्लेख गर्दै उनले संविधानपछि दुई ठूला दलहरुबीचको विभेदले सहमति हुन नसकेको बताए । यसपटक सहमतिको प्रयत्न गरेपनि हामी सफल भइनसकेको बताउँदै उनले सहमति निर्माणका लागि अन्तिमसम्म लाग्ने र सफल हुने दाबी पनि गरे । प्रfथमिकता पुनःनिर्माण र नवनिर्माण प्रधानमन्त्री प्रचण्डले आफ्नो मुख्य प्राथमिकता भनेको पुनःनिर्माण र नव निर्माण भएको बताए । पुनःनिर्माण र नवनिर्माण देशको प्राथमिकता रहेको भन्दै उनले बताए । विगतमा यसका केही काम भएको उनको भनाइ छ । भूकम्प पीडितलाई राहतको अनुभूति हुने गरी नयाँ सरकारले काम गर्ने उनले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महासंघका प्रतिनिधिहरुले नयाँ सरकार राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जग बसाल्न सफल हुने विश्वास व्यक्त गरेका थिए । भेटका अवसरमा महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकार र सञ्चार जगतसँग सम्बन्धित विभिन्न समस्याहरुबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE