Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

मङ्सिरदेखि पत्रकार हुन योग्यता परीक्षण हुने

\"online_journalistiek\"काठमाडौँ, २५ साउन । पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ । पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्ने गरेको विडम्बनापूर्ण स्थितिमा काउन्सिलले मङ्सिर पहिलो सातादेखि पुराना पत्रकारको व्यावसायिक अभिलेखीकरण गर्ने र पत्रकारिता व्यवसाय गर्न चाहने नयाँ व्यक्तिका लागि योग्यता परीक्षण एकैसाथ गर्ने योजना बनाएको हो । योग्यता परीक्षणका लागि काउन्सिलद्वारा तयार पारिएको ‘पत्रकारको योग्यता परीक्षणसम्बन्धी प्रतिवेदन’ छलफलका लागि हालै सार्वजनिक गरिएको छ । सञ्चार क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाको सुझावको आधारमा मात्र परीक्षणलाई कार्यान्वयनमा ल्याइने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिए । प्रतिवेदनअनुसार पत्रकार हुन लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा दिनुपर्ने छ । अध्यक्ष कार्कीले भने – “पत्रकारिता क्षेत्रको गुणस्तर घटेको मात्र छैन, सञ्चारमाध्यम र पत्रकारले पालना गर्नुपर्ने आचारसंहिता उल्लङ्घनका घटना पनि बढ्दै गएका छन् । यस्तो प्रवृत्तिले नेपाली सञ्चारमाध्यम र पत्रकारिता व्यवसायप्रतिको विश्वासमा ह्रास भइरहेको छ, त्यसलाई रोक्न पनि प्रेस काउन्सिलले पत्रकारको योग्यता परीक्षण गर्ने व्यवस्था लागू गर्न लागेको हो ।” पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीले भने आफूसँग पत्रकारिता विषयमा स्नातक वा स्नातकोत्तर गरेको प्रमाणपत्र भएपछि पत्रकार बन्न पुनः अर्को परीक्षा दिनु नपर्ने तर्क गर्दै आएका छन् । पत्रकारितामा स्नातकोत्तर गरिसकेपछि पत्रकार बन्न फेरि अध्ययन गरेर परीक्षामा बस्न लगाउनु उचित नहुने तर्क रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता विषय अध्ययनरत सुदिव आचार्यको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ५ र ७ ले स्वस्थ पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने र पत्रकार आचारसंहिता निर्माण गर्ने अधिकार प्रेस काउन्सिललाई प्रदान गरेको छ । त्यस्ता कानुनी व्यवस्थाका आधारमा प्रेस काउन्सिलले पत्रकारको योग्यता परीक्षणको व्यवस्था गर्न लागेको हो । रत्नराज्य लक्ष्मी क्याम्पस, पत्रकारिता विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले वकिल, डाक्टर, इञ्जिनियर बन्नका लागि योग्यता तोकिएको अवस्थामा आमजनतासँग प्रत्यक्ष जोडिएको पत्रकारिता पेसामा लाग्न योग्यता तोकिनु कुनै नौलो विषय नभएको धारणा राख्छन् । संयुक्त राज्य अमेरिकामा कुनै विषयमा ग्य्राजुएट र अन्डरग्य्राजुएटमा पत्रकारिता पढेको व्यक्ति पत्रकार बन्न सक्छन् । ग्य्राजुएट नभएका पत्रकारले पत्रकारितामा प्रवेश पाउँदैनन् । अस्टे«लियामा पत्रकार हुन पत्रकारितामा शैक्षिक उपाधि ग्रहण गरी एक वर्षको ग्य्राजुएट क्याडेटसीप हासिल गर्न आवश्यक छ । त्यस्तो योग्यता नभए तीन वर्षको क्याडेटसीप अनिवार्य मानिन्छ । काउन्सिलले योग्यता परीक्षणको पाठ्यक्रममा पत्रकारिताको सामान्य सिद्धान्त, पत्रकारिता गर्न आवश्यक पर्ने न्यूनतम ज्ञान, सीप र पत्रकारले पालना गर्नुपर्ने र आचारसंहितालाई जोड दिएको देखिन्छ । यस्तो परीक्षा लिन कतैबाट प्रभाव र नियन्त्रण हुन नसक्ने विज्ञहरुको स्वतन्त्र संयन्त्र बनाइने काउन्सिलका अध्यक्ष कार्कीले जानकारी दिए । वरिष्ठ पत्रकार कहलिन भने १५ वर्षभन्दा बढी जिम्मेवार र उत्तरदायी भई पत्रकारिता व्यवसायद्वारा समाज र राष्ट्रलाई विशिष्ट योगदान दिएको हुनुपर्नेछ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले रासससँग कुरा गर्दै पाठ्यक्रमअनुसार परीक्षामा उत्तीर्ण भएमा मात्रै पत्रकार हुनसक्ने भन्ने सवाल चित्त बुझ्दो नभएको टिप्पणी गरे। “काउन्सिलले लिने परीक्षा उत्तीर्ण गरेबापत तोकिएकै सञ्चारमाध्यममा काम गर्न पाइने निश्चित छैन, त्यसैले पत्रकारको परीक्षा सम्बन्धित मिडिया हाउसले मात्र लिन सक्छ” – अध्यक्ष विष्टले भने । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE