Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने, १.५ प्रतिशत थ्रेसहोल्डको व्यवस्था

\"nirbachanकाठमाडौँ, २६ साउन । निर्वाचन आयोगले प्रदेशसभाको निर्वाचनमा अस्थायी मतदाताले मतदान गर्न नपाउने विधेयक मस्यौदा गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा भने अयोगले अस्थायी मतदाताले पनि मतदान गर्न पाउने प्रावधानको मस्यौदा गरेको छ । आयोगले प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरेको प्रस्तावित विधेयकमा सो प्रस्ताव गर्दै कुनै निर्वाचन क्षेत्रको कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम दर्ता भएको मतदाताले सोही गाउँपालिका वा नगरपालिकाको सोही वडामा मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ । आयोगद्वारा विधेयकमाथि राजनीतिक दलको सुझाव लिन बिहीबार आयोजित छलफलमा कुनै पनि राजनीतिक दलले सो प्रावधानमाथि कुनै सुझाव र टिप्पणी गरेनन् । सो विधेयकका अधिकांस प्रावधान प्रतिनिधिसभाको निर्वाचनको लागि तयार पारिएको प्रस्तावित मस्यौदाका बुँदाजस्तै रहेका छन् । थ्रेसहोल्ड बढाउ ः ठूला दल छलफलमा सहभागी ठूला राजनीतिक दलका नेताले प्रतिनिधि सभा र प्रदेशसभाका लागि एउटै ‘थ्रेसहोल्ड’ नराख्न आयोगलाई सुझाव दिएका थिए । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका दुवैका लागि १।५को थ्रेसहोल्डको प्रावधानको मस्यौदा गरेको छ । नेपाली काँग्रेस र नेकपा ९एमाले०ले कम्तिमा प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा सात प्रतिशत थ्रेसहोल्ड पु¥याउन सुझाव दिएका थिए । नेकाका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले थ्रेसहोल्ड बढाउन, निर्वाचन कोषको व्यवस्था गर्न र प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवारलाई प्रोत्साहन गर्न आयोगले निश्चित अनुदान दिने व्यवस्था गर्न र विशेष निर्वाचन क्षेत्र घोषणा गर्न सुझाव दिए । नेकपा ९एमाले०का नेता रघुजी पन्तले स्थीर सरकारका लागि प्रतिनिधिसभामा दस प्रतिशत र प्रदेशसभामा सात प्रतिशत थे्रेसहोल्डको व्यवस्था गर्न, दल नीति र विचारले सञ्चालन हुने हुँदा निर्वाचनमा आरक्षणको पनि व्यवस्था गर्नु पर्ने बताए । थ्रेसहोल्ड खारेज गरः साना दल प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवैमा थ्रेसहोल्ड नराख्न सानादलले आयोगलाई सुझाव दिएका थिए । सांसद गोपाल दहित, रुक्मिणी चौधरी र शिवजी यादवले थ्रेसहोल्डको व्यवस्था नगर्न, निर्वाचनको तिथि मिति घोषणा गर्ने अधिकार आयोगमा नै हुनुपर्ने सुझाव दिएका थिए । उनीहरुले चक्रिय प्रणालीको निर्वाचन पद्धति अपनाउन, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न आयोगलाई बलियो बनाउनु पर्ने बताए । मतदानस्थमै मतगणनाको व्यवस्था गरिँदै कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा मतदानस्थमा नै मतगणना गर्ने व्यवस्था गर्न र प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा एउटै मतपत्रको व्यवस्था गर्ने सोच आयोगले बनाएको जानकारी दिए । “निर्वाचनका लागि अति महत्वपूर्ण ती दुवै कार्य गर्न आयोगले गृहकार्य गरिरहेको छ, आगामी निर्वाचनमा यसको सुरुवात गर्छौ” उनले भने । प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनका लागि आयोग तयार रहेको र यसका लागि सरकारले पूर्वाधार तयार गरिदिनु पर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending