Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

५ मन्त्रालयमा ११ माओवादी नेताको दावी, पुरानाका पनि दोहोरिने इच्छा

\"prachanda-750\"काठमाडौं, २७ साउन । १ हप्ता बितिसक्दा समेत पूर्ण आकारको मन्त्रीपरिषद बनाउने उल्झनमा रहेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दहाल प्रचण्ड यतिबेला हैरानमा छन् । आफ्नो पार्टीका उच्च नेताहरुसँग बैठकका क्रममा आफुलाई सहयोग गर्न बताएपनि मन्त्री छान्न भने उनले नेताहरुबाट सहयोग कमै पाएको उनी निकट स्रोत बताउँछ । मन्त्रालय बाँडफाडमा नेपाली कांग्रेसलाई उपप्रधानमन्त्रीसहित १३ र माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ९ को सहमति भएपनि दुबै दलका नेताहरुले पार्टीभित्रका धेरै नेताहरुको दावीका कारण समयमै मन्त्रीपरिषदलाई पूर्णता दिन सकिरहेका छैनन् । नेपाली कांग्रेसका सभापति देउवाले जस्तै प्रधानमन्त्री प्रचण्ड पनि यतिबेला चर्को दवावमा छन् । आफ्नो भागमा परेका ९ मन्त्रालय अन्तर्गत ४आफुसहित उपप्रधान तथा अर्थ कृष्णबहादुर महरा, खेलकुदमा दलजित शेर्पाली तथा कृषिमा गौरीशंकर थारु गरी यसअघि नै मन्त्रीपरिषदमा सहभागी भइसकेका छन् । अब माओवादीको भागमा परेका बाँकी ५ मन्त्रालयमा ११ नेताको सशक्त दावी रहेको माओवादी स्रोत बताउँछ । मन्त्रीपरिषद समावेशी बनाउनुपर्ने र पठाउनुपर्ने अर्को वाध्यतामा प्रचण्ड छन् । एकातिर दलित र थारुको प्रतिनिधित्व भएपनि महिला, मधेसी, जनजातिको प्रतिनिधित्वको लागी माओवादी केन्द्रमा सशक्त आवाज छ भने अर्कोतिर चुनाव जितेका र पार्टीमा यसअघि कतै लाभका पदमा नगएका नेताहरुपनि छन् ।
कोको हुन् माओवादी केन्द्रका दावेदार
१ नं. प्रदेशबाट माओवादी केन्द्रका कार्यालय सदस्य तथा समानुपातिक संसद राम कार्की, पाँचथरका समानुपातिक सभाषद तथा जनजाति नेता श्रीप्रसाद जगेबु र मोरङ ४ बाट प्रत्यक्षी निर्बाचित मधेसी नेता शिवकुमार मण्डलको दावी रहेको छ । कार्की माओवादी उच्च तहका नेता हुन् भने यसअघि सरकारमा कुनैपनि जिम्मेवारीमा अवसर पाएका छैनन् । जगेबुले आफुलाई जनजाति कोटाबाट र मण्डलले मधेसी कोटाबाट दावी गरिरहेका छन् । यसैगरी २ नं. प्रदेशबाट रौतहटको २ नं. क्षेत्रबाट प्रत्यक्ष निर्बाचित प्रभु शाह र जनकपुरका समानुपातिक संसद राम सिहंको दावी रहेको माओवादी स्रोत बताउँछ । दुबै संसदका मधेसी कोटाबाट सशक्त दावी छ । आफुले कुनै अवसर नपाएको राम सिंहको दावी छ भने शाह बाबुराम भट्टराईसँग नगइ बसेका नेता हुनाले प्रचण्डमाथि दवाव छ । यता ३ नं. प्रदेशबाट प्रतिनिधित्व भन्दै चितवनका समानुपातिक संसद डिआर पौडेलको दावेदारी रहेको छ । उनी केही वर्षअघि पार्टी एकतामा नारायणकाजी श्र्रेष्ठसँगै आएका हुन् । ४ नं. प्रदेश तथा पार्टीका उच्च नेता हितराज पाण्डे गोरखा २ बाट प्रत्यक्षी निर्बाचित संसद हुन् । प्रदेशबाट नै अघिल्लो सरकारमा सहभागीता नभएको र यो सरकारमा समेत सहभागीता नहुने भन्दै ४ नं. प्रदेशले पाण्डेको पक्षमा लविङ गरिरहेको छ । पाण्डे स्वयंम भने माओवादीभित्र इमान्दार तथा कडा नेताका रुपमा चिनिन्छन् । सल्यान क्षेत्र नं. २ का संसद तथा पार्टी नेता टेक बहादुर बस्नेतको यो पटक सशक्त दाबेदारी रहेको छ । उनै पहिलो तथा दोस्रो संविधानसभाको चुनावमा दूबैपटक प्रत्यक्ष निर्बाचित भएका हुन् । सल्यानका जनताको मतको सम्मानका लागी पनि आफु पाउनुपर्ने बताउँदै आएका छन् । महिलाका तर्फबाट मन्त्रीपरिषदमा सहभागीता नभएको भन्दै माओवादीको महिला संगठन नै प्रतिनिधित्वको दावीमा छ । सुर्खेतबाट समानुपातिक संसद सिता नेपाली अर्की दावेदार हुन् । महिलाबाट धेरैको दाबेदारी नभएपनि महिला एकजना अनिवार्य पार्नुपर्ने आवाज महिलाहरुले उठाइरहेका छन् । उता ७ नं. प्रदेश अर्थात कर्णालीबाट प्रतिनिधित्वको सबाल उस्तै चर्को उठेको छ । कालिकोटबाट प्रत्यक्ष निर्बाचित महेन्द्र शाही कर्णलीको प्रतिनिधित्वको हिसाबले आफुले पाउनुपर्ने दावी गरिरहेका मात्रै छैनन् कर्णालीको सिङगो पार्टी कमिटि उनको दावीमा सहमत समेत छ ।
अरु पनि छन् दावेदार
माओवादी केन्द्रमा अरु संसदहरुको पनि दावेदारी छ । ति दावेदारीहरु माथि उल्लेखित संसदहरुको झै कडा र अकाट्यजस्तो नभएपनि आआफ्ना ठाउँमा जायज भएको तर्क उनीहरुको छ । पूर्वमा अन्य जानजाति नेताहरु, मधेसमा अशोक जयसवाल, केही थारु नेताहरु लगायतको दावी रहेको माओवादी स्रोत बताउँछ ।
जनार्दन पार्टी निर्णयको पक्षमा
बाहिर मिडियामा जनार्दन शर्माको दावी भनेर चर्चामा आएपनि उनी स्वंयमले भने आफ्नो दावी नरहेको खबरडबलीसँग प्रष्ट्याए । ‘म कुनै दौडमा छैन । पार्टी र प्रचण्डले गर्ने निर्णयमा म सहमत हुन्छु । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको अवस्थामा मैले निर्णय मानेर सहयोग गर्छु ।’
पुरानाहरुको पनि इच्छा
बाहिर र पार्टी कमिटिहरुको बैठकमा आफुलाई मन्त्रीको दावेदारका रुपमा प्रस्तुत नगरेपनि पार्टी नेताहरु तथा प्रचण्डसँग भने केपी ओली सरकारमा सहभागी केही मन्त्रीहरुले आफुले राम्रो काम गरेको भन्दै दोहोरिने इच्छा देखाएको माओवादी स्रोत बताउँछ । तर उनीहरुको इच्छाका बारेमा यतिबेला कतै छलफल हुने अवस्था भने छैन ।
यी ५ जसले फेसबुकबाट वधाई खाइसके
माथि उल्लेखित नामहरुमध्य ५ जना नेता तथा संसदहरुले फेसबुकमा मन्त्री नियुक्ती हुन लागेको भन्दै वधाई खाइसकेका छन् । वधाई खानेमा राम कार्की, प्रभु शाह, हितराज पाण्डे, जनार्दन शर्मा र डिआर पौडेल हुन् । यसरी मन्त्री हुने निर्णयउ नै नभइ वधाई पाउनु र खानुमा स्वंयम संसद तथा नेताहरुको दोष भने छैन । हल्लाका भरमा पाएका खबरहरुबाट उनका समर्थक तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमा वधाई दिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending