Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जनउत्तरदायी शासन र सार्वजनिक सेवा सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड

\"prachanda12\"काठमाडौँ, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनउत्तरदायी शासन र सार्वजनिक सेवालाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राखेकोे बताएका छन् ।

उनले भने, “राज्यका संरचनाबाट प्राप्त हुने सेवाप्रति जनतामा सर्वत्र नकारात्मकता बढ्दै गएको छ, यस्तो अवस्थालाई चिर्न शासन र सार्वजनिक सेवालाई जनउत्तरदायी बनाउन सबैको ध्यान जान जरुरी छ ।”

राष्ट्रिय सतर्कता केन्द्रको १४ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम दाहालले भने – “सार्वजनिक सेवा जति जनउत्तरदायी हुन्छन, त्यति नै सुशासन कायम हुन्छ । जनताले पनि राज्यका संरचनाप्रति अपनत्व महसुस गर्दछन् ।”

सार्वजनिक निकायमा हुने भ्रष्टाचारजन्य क्रियाकलापलाई प्रभावकारी रुपमा नियन्त्रण एवम् भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै सुशासन कायम गर्ने ध्येयले विसं २०५९ मा आजकै दिन केन्द्रको स्थापना गरिएको थियो । प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने सरकारी निकायमध्ये यो पनि एक हो ।

प्रम दाहालले सार्वजनिक निकायले आफूले निर्धारण गरेका काम समयसीमाभित्र पूरा मात्र गरिदिएमा पनि सुशासन आफैँ कायक हुने बताए ।

उनले भने – “सडकमा जाऔँ, जाम नै जाम छ, बजारमा किनमेल गर्न निस्किँदा कालोबजारी पाउँछौँ, सार्वजनिक निकाय (सरकारी कार्यालय)मा काम लिएर जाऔँ, समयमा काम हुँदैन, जनता यस्तै यस्तै गुनासा गर्दछन, यस्ता गुनासा जायज छन, यस्ता गुनासालाई सम्बोधन गर्न सकिएन भने लोकतन्त्रप्रति नै वितृष्णा बढ्छ, लोकतन्त्रप्रति वितृष्णा आउन दिनु हुँदैन ।”

आफूले प्रमको कार्यभार सम्हालेपछि सरकारका विशिष्ट अधिकृतलाई राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै संविधानको कार्यान्वयन गर्न, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन, शान्तिप्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, भूकम्पपीडित जनतालगायत अन्यलाई प्रत्यक्ष अनुभूत हुने खालको राहत कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

“म जोखिम मोलेर नै प्रधानमन्त्री भएको हुँ, ती कार्य पूरा गर्न इमान्दारितापूर्वक लाग्नेछु र मेरो सम्पूर्ण शक्ति यसैमा खर्च गर्नेछु ।” उनले भने ।

मुख्य सचिव डा सोमलाल सुवेदीले सार्वजनिक निकाय अझ जिम्मेवार र सेवाग्राहीप्रति जवाफदेही बन्न आवश्यक रहेको चर्चा गर्दै सार्वजनिक निकायले दिने सेवा र व्यवहारले सुशासन स्थापित हुने बताए ।

उनले यस वर्ष सार्वजनिक निकायका सबैभन्दा बढी बेरुजु फछ्र्याेट भएको जानकारी दिँदै आगामी दिन केन्द्रका कामलाई तल्लो तहसम्म पु¥याउन आग्रह गरे ।

सो अवसरमा प्रम दाहालले केन्द्रको आव २०७२/७३ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । केन्द्रका अधिकृत रामानन्दप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रमअनुसार केन्द्रमा प्राविधिक प्रयोगशाला जडान भई १६ वटा आयोजनाको प्राविधिक परीक्षण सम्पन्न भएको जानकारी दिए ।

चालु आवमा केन्द्रमा सार्वजनिक निकायबाट ७७२ वटा उजुरी परेका थिए । गत वर्षबाट सरेर आएकासमेत गरी ६८६ उजुरी फछ्र्योट गरिएको र ३३ जिल्लाका ५३७ सार्वजनिक निकायका वडापत्रको अनुगमन गरिएको उनले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending