Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

फोरमले ल्यायो दुई प्रदेशको खाका, अध्यक्ष यादव भन्छन्– यो संविधानले मुलुक हाँक्दैन

\"Upendra-Yadav\"काठमाडौं, २८ साउन । संघीय समाजवादी फोरम नेपालले पूर्वदेखि पश्चिमसम्मका तराईका जिल्लाहरुलाई समेटेर दुई प्रदेशको खाका तयार पारेको छ ।

जनकपुरमा शुक्रबारदेखि सुरु प्रादेशिक भेलामा अध्यक्ष उपेन्द्र यादवले झापादेखि कञ्चनपुरसम्मका जिल्लाहरुलाई समेटेर तयार पारिएको प्रादेशिक खाकाको प्रस्ताव पेश गरेका छन् ।

फोरम नेपालले नारायणी पश्चिम नवलपरासीदेखि कञ्चनपुरसम्मका जिल्लाहरुलाई समेटेर तराई–थरुहट प्रदेश बनाएको छ ।

यसैगरी उसले चितवनदेखि झापासम्मका १३ जिल्लालाई दुई नम्बर प्रादेशिक समिति प्रस्ताव गरेको छ । यो प्रदेशमा चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा छन् । ती मध्ये पूर्वका झापा, मोरङ र सुनसरीको जनजाति बाहुल्य क्षेत्रलाई लिम्बुवान–खुम्बुवान प्रदेश तथा मधेसी बाहुल्य क्षेत्रलाई तराई–मधेस प्रदेश मानेर प्रादेशिक समिति गठन गरिएको यादवले बताए।

पहिलो संविधानसभाअन्तर्गत गठित राज्य पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई आधार मानेर प्रादेशिक समिति गठन गरिएको फोरम नेता लालबाबु राउतले बताए । आयोगले जारी गरेको दश प्रदेशीय प्रतिवेदनमा तराई मधेसमा नारायणी पूर्व र पश्चिम गरी दुई वटा प्रदेश बनाउने प्रस्ताव गरिएको थियो ।

आन्दोलनमा होमिने चेतावनी

प्रादेशिक भेलाको उदघाटन समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द यादवले अहिलेको संविधान संशोधन नभए त्यसको खारेजीका लागि अर्को आन्दोलनमा होमिने चेतावनी दिए । ‘दुई चार जना दाजुभाइले समर्थन गर्दैमा यो संविधानले मुलुक हाँक्न सक्दैन,’ यादवले भने, ‘मुट्ठीभर नश्लीय चिन्तन भएका शासकबाहेक देशका दुई तिहाइ जनता विरोधमा रहेकाले यो संविधानको कमजोरी सच्याउनुको विकल्प छैन।’

शान्ति र स्थायित्वको लागि पनि संविधान संशोधनको विकल्प नरहेको ठोकुवा उनले गरे। संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउने सहमति अनुसार नै प्रचण्ड नेतृत्वको सरकारलाई आफूहरुले समर्थन गरेको यादवले बताए ।

‘एउटा सरकारको पतनपछि अर्को सरकार खडा गर्न कांग्रेस–माओवादी गठबन्धनलाई सशर्त समर्थन गरेका छौं। तर, सहमति उलंघन गरी अगाडि बढ्यो भने समर्थन फिर्ता लिएर अर्को आन्दोलनको तयारीमा लाग्छौं,’ यादवले भने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies