Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

पोखरा, स्याङ्जा र कपिलवस्तुमा पनि मनाइयो युवा दिवस

काठमाडौं, २८ साउन । १७ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना भएका छन् । काठमाडौं उपत्यकासहित जिल्ला–जिल्लामा तालिम, अन्तर्क्रिया लगायतका कार्यक्रम गरी दिवस मनाइएको छ ।

\"Youth-day-Pokhara\"

१७ औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जाल नेपालको आयोजनामा पोखरामा नेतृत्व विकास तालिम आयोजना गरिएकोे छ । कार्यक्रममा बोल्दै युवा सञ्जाल नेपालका अध्यक्ष लक्ष्मण आचार्यले राष्ट्र निर्माणमा युवाको ठुलो भुमिका हुने भएकाले युवाहरु विभिन्न सघं संस्थामा आवद्ध भएर आफ्नो समाजमा नेतृत्व दायी भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । संस्थाका सचिव सचिन गिरीले मुलुकको विकास तथा समृद्धिका लागि युवाहरुमा रोजगारी सिर्जनामा धेरै युवा कृषक जन्मिनु पर्नेमा जोड दिनुभयो ।

यसअघि युवा दिवसकै अवसरमा युवा सञ्जाल नेपाल र को—क्यापको संयुक्त आयोजनामा पोखराको मुख्य चोक महेन्द्रपुलदेखि न्युरोड हुँदै पृथ्वीचोकसम्म सरसफाई कार्यक्रम गरिएको थियो ।

युवा उद्यमीहरुको माग– अनुदान होइन ऋण

यसैगरी युवा दिवसको अवसरमा स्याङ्जामा आयोजित कार्यक्रममा युवा उद्यमीहरुले आफ्नो उद्यमशिलता विकासका लागि सरकारसँग अनुदान नभइ सरल विधिबाट ऋण सेवाको माग गरेका छन् । राष्ट्रिय युवा परिषद, जिल्ला युवा समिति, स्याङ्गजाको आयोजनामा भएको कार्यक्रममा उनीहरुले सो धारणा राखेका हुन् ।

\"Youth-day-Syangja\"

कार्यक्रममा जिल्लामा क्रियाशिल मध्येबाट ७ विभिन्न क्षेत्रका ७ जना नमुना युवा उद्यमीहरुले आफ्नो अनुभव सरोकारवाला निकाय र अन्य युवाहरुसँग बाँडेका थिए । कार्यक्रममा लामो समय वैदेशिक रोजगारीमा बसेर स्वदेश फर्किएका बंगुर पालक कृषक भीम लुइटेल, कोरियाबाट नेपाल फर्केर सुन्तला र कफि खेती गरिरहेका कृषक मुक्ती अधिकारी, लाहुरे हुने पारिवारिक दवावलाई पन्छाएर सञ्चार कर्म र व्यवसाय गरिरहेका रमेश गोदार तथा स्याङ्जाको विकट गाउँबाट राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका भलिबल खेलाडी तथा प्रशिक्षक राजेन्द्र शर्माले आफ्नो अनुभव बाँडेका थिए ।

कपिलवस्तुमा अन्तर्क्रिया

१७ औं अन्तरराष्ट्रिय युवा दिवस आज कपिलवस्तुमा पनि मनाइएको छ । जिल्ला युवा समिति कपिलवस्तुको आयोजनामा ‘गरिवी उन्मुलनमा युवा प्रतिबद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नारासहित ‘परिचयात्मक तथा अन्तरक्रिया’ कार्यक्रम गर्दै सदरमुकाम तौलिहवामा उक्त दिवस मनाइएको सोनु कुमार सुनारले बताएका छन् ।

\"Youth-day-Kapilbastu\"कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै एमाले सांसद विश्रामप्रसाद चौधरीले नयाँ संविधानले युवाहरुको मागलाई उचित संबोधन गरेको र त्यसको कार्यान्वयन गर्न केन्द्रमा राष्ट्रिय युवा परिषद र जिल्लाहरुमा युवा समिति, युवा तथा खेलकुद विकास मन्त्रालय अन्तरगत गठन गरिएको बताए ।

देश विकासको खम्बाको रुपमा रहेका युवाशक्ति दिन प्रतिदिन विदेशिनु दुःखद कुरा रहेको जिकीर गर्दै उनले आफू सांसद रहेको हैसियतले कपिलवस्तु जिल्लाको विकास र युवाको विकासको लागि उल्लेख्य बजेट सरकारमार्फत ल्याउन भूमिका निभाएको दावी गरे ।

कार्यक्रममा युवा तथा खेलकुद विकास मन्त्रालय अन्तरगत जिल्लामा गठन गरिएको युवा समितिको बारेमा युवा समिति कपिलवस्तुका अध्यक्ष टुकलाल गैरेले जानकारी गराए ।

अन्तरक्रियामा विभिन्न पार्टी प्रतिनिधि र युवा तथा विद्यार्थी संगठनका प्रतिनिधिहरुले धारणा राखेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending