Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

केको ‘राष्ट्रपिता’ ? गान्धीजी त कर्पोरेट एनजीओद्वारा प्रायोजित प्रथम व्यक्ति पो हुन् : अरुन्धती

गोरखपुर (एजेन्सी), भारतकी चर्तित लेखिका तथा अभियानकर्ता अरुन्धती रोयले भारतका ‘राष्ट्रपिता’ तथा स्वतन्त्रता संग्रामका अगुवा मोहनदास करमचन्द गान्धी करर्पोरेट एनजीओद्वारा प्रायोजित भारतका प्रथम व्यक्ति भएको बताएकी छन् । कर्पोरेट घरानाहरुबाट भारतको राजनीति, समाज र कला–साहित्यलाई प्रभावित पार्ने प्रयास नयाँ नभएको बताउँदै रोयले आज जुन काम, अम्बानी, बेदान्ता, जिन्दल र अडानीले गरिरहेका छन्, त्यो पहिलेदेखि नै भारतका ठूला कर्पोरेट मालिकहरु ‘टाटा र विरला’ ले गरिरहेको उनले बताइन् । गोरखपुरमा शनिबारदेखि सुरु भएको १०औं ‘प्रतिरोध फिल्म फेस्टिभल’ को उद्घाटन गर्न आएकी रोयले गान्धी ‘जातिवादी अन्धराष्ट्रवादी’ भएको आफ्नो पुरानै भनाइ समेत दोहोर्‍याइन् । उनले ‘गान्धीजीको अन्धभक्ति गर्नु राम्रो नभएको’ बताउँदै भनिन्- ‘कुनै पनि मानिसको अन्धभक्ति गर्नु राम्रो कुरा होइन ।’ यसअघि रोयले भारतको संविधानका मस्यौदाकार भीमराव अम्बेडकरको ‘एन्नइहिलेशन अफ दि कास्ट’ भन्ने पुस्तकमा आफ्नो ‘द डाक्टर एण्ड द सेन्ट’ नाम दिएर लेखेको प्रस्तावनामा गान्धीलाई जातिवादी र नश्लवादी सोचले प्रेरित ‘अन्धराष्ट्रवादी’ भएको बताएकी थिइन् । \"Gandhi\"रोयले आफ्नो मन्तव्य अवधिभर खासगरी भारतीय सञ्चार माध्यम र कला क्षेत्रमा बढ्दै गएको करर्पोरेटहरुको घुसपैठको उछित्तो काढिन् । उनले भनिन्- ‘जुन काम धेरै वर्षअघि फोर्ड फाउन्डेसन र रकफेलर फाउन्डेसनले गर्ने गर्दथे, त्यही काम आजभोलि भारतीय कर्पोरेट घरानाहरुले गरिरहेका छन् ।’ \'खतरनाक पुँजीवाद\' रोयले पुँजीवादको वर्तमान स्वरुपको कुरा गर्दै त्यो अत्यन्तै खतरनाक भएको बताइन् । उनले भनिन– ‘अभिव्यक्ति स्वतन्त्रताको विषयमा ‘जयपुर लिटरेर फेस्टिभल’ मा सलमान रुस्दीले कुरा गर्दा ठूलो बहस हुन्छ तर छत्तीसगढका आदिवासीहरुका अधिकारको विषयमा कुनै कुरा उठदैन् किनकि यस्ता आयोजनाहरु कर्पोरेट घरानाहरुले नै गराउने गर्दछन्, जसले गरिबहरुको अधिकारमाथि लूट मच्चाएका छन् ।’ आफ्नो मन्तव्यको क्रममा रोयले ‘जातिवाद पुँजीवादजत्तिकै खतरनाक’ भएको बताउँदै भारतीय सञ्चारमाध्यममा ९० प्रतिशत कर्पोरेट र ब्राह्मणहरुको वर्चश्व रहेको बताइन् । उनले भनिन– ‘समाजदेखि राजनीतिसम्म हरेक ठाँउमा यस्ता जाति-समूहहरु अनेकौं छन्, समाजलाई विभाजित पार्ने यस्ता शक्तिहरुको विरुद्ध प्रतिरोधको लडाइँ लड्नु आवश्यक छ ।’ थप यो पनि पढ्नुहोस्, अरुन्धती रोयसँगको अन्तर्वार्ता : प्रजातन्त्रमा सबैभन्दा खतरनाक संस्था न्यायपालिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy