Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

रियो ओलम्पिकमा नेपाली खेलाडीः कसले कस्तो खेले ?

\"Rio_nepali_sport\"काठमाडौं, २९ साउन । ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको ओलम्पिक खेलमा भाग लिन गएका गएका नेपाली खेलाडीहरु पदविहिन भएर फर्किने भएका छन् । अहिलेसम्म खेल खेलिसकेका ५ खेलाडी पदविहीन भएर बाहिरिसकेका छन् । ब्राजिलको रियो ओलम्पिकका भाग लिन भन्दै ७ खेलाडी ब्राजिल पुगेका थिए । तर खेलाडी भन्दा बढी पदाधिकारी गएको भनी आलोचना पनि भएको थियो । नेपाली खेलाडीहरु पदविहिन भए पनि ओलम्पिकमा भाग लिनुलाई ठूलो उपलब्धिका रुपमा लिइएको छ । पौडी, आर्चरी, जूडो तथा एथलेटिक्समा नेपालको सहभागिता थियो । सबैजसो खेलमा नेपाली खेलाडीहरुले कुनै पनि पदक जित्न नसकेपछि लज्जाजनक हार भने ब्यहोर्नु परेन । ११ हजार ५ सय खेलाडी मध्येकै कान्छी खेलाडीका रुपमा नेपालकै खेलाडी गौरिका सिंह देखा परिन् । सबै खेलाडी मध्येकै कान्छी खेलाडी भएकाले पनि गौरिका निकै चर्चामा छाइन् । गौरिकाले एक सय मिटर ब्याकस्ट्रोक पौडीमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले एक मिनेट ०८.४५ सेकेण्डमा दूरी पार गर्दै ३१ औं बरियता कायम गरिन् । नेपालकी अर्की खेलाडी फूपुलामु खत्रीप्रति नेपालले पदक हात पार्ने झिनो आशा राखेको थियो । यसअघिको एशियाडमा कास्य पदक दिलाएकी फूपुले जूडोको महिला ६३ केजी तौल समूहबाट भाग लिएकी थिइन् । तर उनको एशियाडमा भन्दा कमजोर प्रदर्शन रह्यो । यस्तै, नेपालका अर्का खेलाडी जीतबहादुर मोक्तानले आर्चरीमा भाग लिएका थिए । पुरुष ब्यक्तिगत स्पर्धामा भाग लिएका जितबहादुरले पनि नेपालको आशा तुहाए । र्याङ्किङ राउण्ड र ६४ औं राउण्डमा भाग लिएका मोक्तान ६० औं बरियता कायम गर्दै खेलबाट बाहिरिए । यस्तै, पौडी प्रतियोगितामा सिरिष गुरुङले भाग लिएका थिए । पुरुष एक सय मिटर फ्रि स्टाइल पौडीमा भाग लिएका उनले ५७.७६ सेकेण्डमा निर्धारित दूरी पार गरे । सिरिष पनि दोस्रो राउण्डमा पुग्न सकेनन् । उनी ५८ औं बरियता कायम गर्दै खेलबाट बाहिरिए । नेपालकै अर्की खेलाडी सरस्वती भट्टराईले एथलेटिक्समा सहभागिता जनाइन् । १५ सय मिटरको दौड ४ मिनेट ३३.९४ सेकेण्डमा पार गरी ३७ औं बरियता कायम गरिन् । नेपालका ७ खेलाडी सहभागी थिए, अब दुई खेलाडीले खेल्न बाँकी छ । कसको कति पदक ? अहिलेसम्म सबैभन्दा बढी पदक अमरिकाले हात पारेको छ । अमेरिकाले २० श्वर्ण, १३ रजत र १७ कास्य गरी ५० पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले १३ श्वर्ण, १० रजत र १४ कास्य गरी ३७ पदक हात पारेको छ । तेस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले ७ श्वर्ण, ९ रजत र ६ कास्य गरी २२ पदक जितेको छ भने जापानले ७ श्वर्ण, ३ रजत र १४ कास्य गरी १४ हात पारेको छ । यस्तै, दक्षिण कोरियाले ६ श्वर्णसहित १३, जर्मनीले ६ श्वर्णसहित ११, रसियाले ५ श्वर्णसहित २२, फ्रान्सले ५ श्वर्णसहित १७, अष्ट्रेलियाले ५ श्वर्णसहित १८ र हंगेरीले ५ श्वर्णसहित ११ पदक हात पारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy