Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन माग

\"parliament1\"काठमाडौँ, ३० साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, भूगोलका आधारमा स्थानीय निकायको संरचना बनाउन, आवश्यकता र प्राथमिकताका आधारमा आयोजना र कार्यक्रमका लागि बजेट विनियोजन गर्न तथा जिविसले दिएको प्रस्तावका आधारमा मात्र बजेट विनियोजन गर्न माग गरे । काँग्रेसकै ज्ञानुकुमारी छन्त्यालले वर्षात्सँगै बागलुङमा भएको बाढीपहिरोका घटनाको तथ्याङ्क प्रस्तुत गर्दै पीडितलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न ध्यानाकर्षण गराइन । नेकपा ९एमाले०का केशवप्रसाद बडालले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले देशको शिर उठाउने ढङ्गबाट लिएको अडान, निर्णय र कामलाई अवमूल्यन हुने काम नगर्न वर्तमान सरकारलाई सझाव दिए । नेकपा ९माओवादी केन्द्र०का छमबहादुर गुरुङले प्राकृतिक प्रकोपका घटना झेलिरहेको गोरखालाई पछिल्लो पटक फिस्टेल हेलिकोप्टर दुर्घटनाले थप पीडामा पारेको बताउँदै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे । सोही दलका कमला दोङले अन्तरजातीय विवाहको घटनामा काभ्रेपलाञ्चोकमा अजित ढकालको हत्या भएकाले दोषीलाई कारबाहीका लागि माग गरिन । तराई– मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले यातायात व्यवस्था कार्यालयका शाखा सबै जिल्लामा पु¥याउन तथा खेत जोत्ने ट्र्याक्टरको नवीकरण बापतको राजस्वको शुल्क घटाउन र नवीकरण गर्ने समयावधि बढाउन माग गरे । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले राजनीतिक दलका नेताले मेडिकल अस्पताल सञ्चालन गरेको र सामान्य बिरामीलाई पनि सघन उपचार कक्षमा राखेर अनावश्यकरुपमा पैसा असुल्ने काम गर्ने काम भएकाले त्यसलाई रोक्न माग गरे । यसअघि आजको शून्य समयमा रामअयोध्याप्रसाद यादव, रामअवतार पासवान र रामहरि खतिवडाले वर्षायामसँगै तराईमा भएको डुबान, सिँचाइ समस्या तथा राहादानी शुल्कमा भएको विभेदका घटनाबारे ध्यानाकर्षण गराएका थिए । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी भदौ १ गते बिहान ११ बजे बस्ने छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending