Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

खलबलियो नेबिसंघ महाधिवेशन, सिटौलालाई मनाउँदा पौडेल रुष्ट

\"nebisangh_julus_jhadap\" काठमाडौं, ३० साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन खलबलिएको छ । साउन २३ गते उद्घाटन भइ आजसम्म पनि महाधिवेशनको बन्दसत्र शुरु नभइ अन्ततः बन्दसत्र नै शुरु नहुने अवस्थामा पुगेको छ । पार्टी नेताहरुको गुटबन्दीसँगै विद्यार्थीहरुमा भएको गुटबन्दीले नेविसंघ नै धरापमा परेको छ । नेताहरुकै कारण झण्डै दश वर्षदेखि महाधिवेशन हुन नसकेको आरोप लगाएका विद्यार्थीहरु नेताहरु महाधिवेशन शुरु भइसक्दा प्रतिनिधिको किचलो झिकेर संगठन नै विघटन गर्ने अवस्थामा पुर्याएको भन्दै गुटबाहिरका विद्यार्थीहरुले आलोचना गर्न थालेका छन् । एक हप्ता भन्दा बढी समयको रस्साकस्सीपछि भागबण्डाकै आधारमा प्रतिनिधि नामावली प्रकाशित भएपछि पनि असन्तुष्टी झनै चुलिएको छ । पछिल्लो समय शेरबहादुर देउवा र रामचन्द्र पौडेल गुटबाट कृष्णप्रसा सिटौला गुटमा विस्तार भएको नेविसंघमा सिटौलालाई मनाउन खोज्दा पौडेल पक्ष बाउँटिएको छ । सिटौलालाई मनाउन भन्दै थप गरी प्रतिनिधि नामावली प्रकाशित भएपछि पार्टी सभापति देउवा पक्षले फर्जी मतदाता थप गरेको भन्दै पौडेल पक्षधरले निर्वाचनमै भाग नलिने जनाएको छ । आफू अनुकुल फर्जी मतदाता थप गरेको भन्दै पौडेल पक्षधरले मतदाता नामावली नसच्याएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ । सबैलाई समेट्ने भन्दै ३ हजार ७ सय ६० जना प्रतिनिधि चयन गरिएपछि पौडेल पक्ष रुष्ट भएको हो । यसअघि देउवा पौडेल पक्षको सहमतिमा २२ सय मतदाता नामावली तय गरिएको थियो । विवाद बढ्दै जाँदा निर्वाचन गराउने जिम्मेवारी पाएको निर्देशन समितिमै विभाजित भएको छ । समितिका सदस्य गोविन्द भट्टराई र गुरुराज घिमिरेलेले नामावली सच्चाउनुपर्ने बताएका छन् । २३ साउनमा उद्घाटन गरिएको नेविसंघको ११ औं महाधिवेशनमा गुटगत विवादले बन्दसत्र नै शुरु हुन नसकेपछि राजधानी बाहिरबाट आएका अधिकांश विद्यार्थी घर फर्किसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending