Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

माओवादी मन्त्रीहरु को–कस्ता ? दुई बाहेक सबै नयाँ, महिलाबाहेक समावेसी अनुहार

\"maobadi_mantri\"काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादीबाट आठ मन्त्रीले सपथ लिए । कृष्णबहादुर महरा, गौरिशंकर चौधरी र दलजीत श्रीपाइलीले प्रचण्डले सपथ लिएकै दिन मन्त्रीको सपथ लिएका थिए । पहिलो मन्त्रिपरिषद् गठनमै समावेशी मन्त्रीहरु देखिए । मधेसी, जनजाति र दलित समुदायको प्रतिनिधित्व पहिलो पटक गठन गरिएको ६ सदस्यीय मन्त्रिपरिषद्मा देखियो । यसअघि केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरु समावेशी नभएको भन्दै आलोचना भएकाले पनि त्यसतर्फ प्रचण्डले ध्यान पुर्याएका देखिन्थे । कांग्रेस–माओवादी गठबन्धनको भागबण्डामा कांग्रेसलाई १३ र माओवादीलाई ८ मन्त्रालय परेपछि बाँकी मन्त्रालयमा महिला लगायतका अन्य समुदायको प्रतिनिधित्व हुने विश्वास गरिएको छ । राप्रपा र नेकपा (संयुक्त)बाट दोस्रो पटक तीन सदस्य मन्त्रिपरिषद् थप गरियो । आइतबार पुनः तेस्रो पटक पुनः पाँच मन्त्री थप गरिएको छ । दोस्रो र तेस्रो पटक विस्तार गरिएको मन्त्रिपरिषद् समावेशी देखिएको छैन । अब विस्तार गरिने मन्त्रिपरिषद् कति समावेशी बनाइन्छ भन्ने हेर्न बाँकी नै छ । यद्यपी नेपाली कांग्रेसबाट आउने मन्त्रीहरु समावेशी होलान् भन्ने विश्वास न्युन छ । अब नेपाली कांग्रेस र अन्य सानादलबाट मन्त्रिपरिषद् विस्तार गर्न बाँकी छ । कांग्रेसबाट अहिलेसम्म दुई जना मात्रै मन्त्री बनाइएकाले अझै ११ जना बाँकी नै छन् ।

माओवादी मन्त्रीका अनुहार

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी ८ मन्त्री मध्येका उपप्रधानमन्त्रीसमेतको जिम्मेवारी पाएका कृष्णबहादुर महरासँग पटक पटक मन्त्री भएको अनुभव छ । माओवादी शान्ति प्रक्रियामा आएपछि महराले उपप्रधान तथा गृहमन्त्री र सूचना तथा सञ्चार मन्त्रीको अनुभव संगालेका छन् । यसैगरी उर्जामन्त्री बनेका जनार्दन शर्मा यसअघि शान्ति मन्त्री भई सकेका हनुहार हुन् । अनुभव संगाल्न नपाए पनि जनार्दन शर्माको भने पहिलो संविधानसभादेखि नै संविधानसभा सदस्य भई विभिन्न समितिमा रहेर संसदीय राजनीतिको राम्रै अभ्यास गरेका छन् । महरा शर्मा बाहेकका अन्य मन्त्रीहरु भने पहिलो पटक मन्त्री बनेका छन् ।

कृष्णबहादुर महराः वार्ता टोली, चुनाव विजेता र मन्त्रीमा ह्याट्रिक

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा अर्थमन्त्री छन् । तत्कालिन माओवादी जययुद्धका बेला तीनै पटक विद्रोहीको तर्फबाट वार्ता टोलीमा थिए । उनी दुई पटक वार्ता टोली संयोजक र एक पटक सदस्य थिए । शान्ति प्रक्रियामा आएपछि उनले राज्यकै सुरक्षा निकायको नेतृत्व गर्ने मौका पाए । महराले यसअघि पनि उपप्रधान एवम् गृह र सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए । २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा संसदीय दलको नेता थिए । माओवादीले जनयुद्ध शुरु गर्नुअघि ०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चाबाट रोल्पा क्षेत्र नम्बर २ मा निर्वाचित महरा ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा दाङ ३ बाट र ०७० मा भएको दोस्रो संविधानसभामा रोल्पा–१ बाट निर्वाचित भएका थिए । युद्धरत पक्षबाट तीन वटा वार्ता टोलीमै रहेका महरा तीन वटै चुनाव जितेर ह्याट्रिक गरेका नेता हुन् । तत्कालिन अवस्थामा महरा सञ्चामन्त्री हुँदा अघि सारिएको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा अहिले सत्य सावितजस्तै भएको छ भने सूचनाको हक, श्रमजीवी पत्रकार ऐन जारी गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष शिक्षण पेशा अंगालेका महराले ०३६ सालदेखि वाम राजनीतिमा लागेर ०५२ मा भूमिगत राजनीति गरेका थिए ।

जनार्दन शर्माः युद्धका कमाण्डरबाट ऊर्जाको कमाण्डर

प्रचण्ड नेतृत्वको वर्तमा सरकारमा ऊर्जामन्त्री बनाइएका जनार्दन शर्मा माओवादी युद्धका बेला सेनाका कमाण्डर थिए । जसरी माओवादी युद्धका बेला माओवादी सेनाको कमाण्ड गरे, त्यस्तै नै उनको कडा स्वभाव छ । ०६४ र ७० सालको संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित शर्मा यसअघिको केपी ओली नेतृत्वको सरकार ढाल्न पनि उत्तिकै सक्रिय रहे । ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिका सभापति रहेका शर्माले दुई दिनअघि मात्रै समिति सभापतिको पद छाडेका थिए । सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई हुनुपर्ने विधि स्थापित गर्न आफूले समिति सभापतिबाट राजिनामा दिएको बताएका थिए । एकपटक शान्तिमन्त्री भईसकेका शर्मा माओवादीमा कडा नेताका रुपमा चिनिन्छन् । कडा मिजासका शर्मालाई माओवादी वृतमा प्रशंसा र आलोचना दुबै हुनेगर्दछ । कर्मचारी संयन्त्रलाई संचालन गर्नसक्ने नेताका रुपमा उनले पहिचान बनाएका छन् ।

राम कार्कीः बौदिक नेता

नेकपा माओवादी केन्द्रका नेता राम कार्की उर्फ पाथ्र्व क्षेत्री वर्तमान कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सूचना तथा सञ्चार मन्त्री बनाइएका छन् । ओखलढुंगाको रुम्जाटार नजिक मान्ठामा जन्मिएका कार्की जसरी पार्टीमा स्पष्टवक्ता मानिन्छन्, सञ्चारकर्मीहरुका माझ पनि उत्तिकै लोकप्रिय छन् । प्रतिष्ठित धनीमानी परिवारमा जन्मिएका कार्कीको रुम्जाटार मावली गाउँ हो । बाबुले सम्पत्ति सिन्ध्याएपछि उनकी आमा माइतीमै बस्न थालिन् । तीन बहिनीमध्येका एक मात्र भाइ राम कार्कीे सात वर्षका हुँदा उनको बाबुको निधन भएपछि सप्तरी र ओखलढुंगामा रहेको बाबुको जग्गा जमिन ब्यवस्थित हुन सकेन । बाँकी रहेका जग्गा जमिन पनि बेच्दै राजनीति गर्न थालेपछि कार्की ब्यवहारमै सर्वहारा बन्न पुगे । स्नातक सम्मको अध्ययन पूरा गरेका कार्की भारतको सिक्किममै विवाह गरेपछि उतै घरजम गरेर बसे, पार्टीको प्रवासको जिम्मेवारी सम्हाल्दै । सिक्किमको सम्पन्न परिवारकी छोरीसँग विवाह गरेपछि आर्थिक समस्या पनि खासै परेन । लामो समय राजनीतिमा लागेपनि उनले लाभको पद भने यसअघि कहिल्यै प्राप्त गरेका थिएनन् । उनी माओवादी केन्द्रमा बौदिक नेताका रुपमा चिनिन्छन् ।

हितराज पाण्डेः कार्यालय सचिवदेखि स्थानीय विकाससम्म

पछिल्लो समय नेकपा माओवादी केन्द्रका कार्यालय सचिव रहेका हितराज पाण्डे तत्कालिन एनेकपा माओवादीबाट गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य हुन् । गोरखाको गाईखुर–२ बेतेनी घर भएका पाण्डे तत्कालिन माओवादीको तमुवान राज्य समिति इन्चार्ज थिए । स्नातक सम्मको अध्ययन पूरा गरी शिक्षण पेशामा संलग्न पाण्डे जनयुद्ध शुरु हुनासाथै भूमिगत भएका थिए । पाण्डेले लामो समय माओवादी राजनीतिमा लागे पनि यसअघि भने लाभको पदमा गएका थिएनन् । व्यवहारिक र इमान्दार नेताको छवि बनाएका पाण्डे पार्टीमा अनुशासन कायम गर्न र गराउन माहिर छन् । उनको उच्च व्यवस्थापन क्षमताको माओवादी वृतमा प्रशंसा हुने गर्दछ । वर्तमान प्रचण्ड नेतृत्वको सरकारमा पाण्डेलाई स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गौरिशंकर चौधरीः विद्रोही सेनाको ब्रिगेड कमाडरदेखि कृषिमन्त्री

कैलालीको बसौटीमा किसान परिवारमा जन्मिएका गौरिशंकर चौधरीले कांग्रेस–माओवादी गठबन्धनको वर्तमान सरकारमा कृषि मन्त्री बनाइएका छन् । कैलालीको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित चौधरी पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । १६ वर्षको कलिलो उमेरदेखि नै राजनीतिमा लागेका चौधरी तत्कालिन माओवादी सेनाको ब्रिगेड कमाण्डर थिए । तत्कालिन विद्रोही सेनाको कमाण्डरको जिम्मेवारी सम्हालेको उनले पश्चिम नेपालका धेरै लडाइँ लडेका थिए । माओवादी युद्धका बेला लडाकुको कमाण्डर भएका किसान परिवारका चौधरीले कृषि क्षेत्रमा अर्को क्रान्ति कति गर्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

दलजित श्रीपाइलीः गुनामका गुमनाम युवा

रुकुमको महत गाविस–५ गुनाममा जन्मिएका दलजित श्रीपाइली माओवादी राजनीतिमा लाग्नुअघि गुमनाम जस्तै थिए । प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका शेर्पाली जनयुद्धकालमा जनमुक्ति सेनाका प्रशिक्षक समेत हुन् । दाजुहरु साहुको हलिगोठाले बस्नपर्ने बाध्यता भए पनि परिवारका कान्छो छोरा दलजितलाई भने शिक्षादिक्षा दिन ठूलो धोको थियो । दलित परिवारमा जन्मेका दलजित विद्यालयमा पनि अछुत ब्यहार देखेपछि राजनीतिमा प्रवेश गरे । परिवारमा आयस्रोत नभएका कारण दलजितले एसएसली उर्तीर्ण भएपछि गाउँकै विद्यालयमा अध्यापन गर्न थाले । त्यतिबेला उनले दलित परिवारमै विवाह गरे । दलित परिवारका ब्यक्तिलाई प्रधानाध्यापकले नै शिक्षक बनाउन नचाहेपछि दलजित झनै सामाजिक विभेदविरुद्ध लाग्ने अठोट गर्न थाले । सात कक्षादेखि नै मशालको विद्यार्थी संगठनमा आवद्ध भएका दलजित १२ कक्षाको अध्ययनपछि जनयुद्धमा सहभागी भए । माओवादी शान्तिकालमा आएपछि पनि उनी तत्कालिन जनसेनाको चौथो डिभिजनमा भाइस कमाण्डर थिए । युद्धमा लडाकु बनेका दलजितलाई दलितका लागि मात्र होइन, समग्र युवाहरुकै हितमा काम गर्ने राम्रो अवसर पनि प्राप्त भएको छ ।

डीआर पौडेल : सामान्य परिवारका सामान्य मानिस

धनीराम पौडेल उर्फ डीआर पौडेल नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन् । माओवादी जनयुद्धमा सहभागी नभएका पौडेल नारायणकाजी श्रेष्ठ समूहबाट माओवादी एकतामा आएका हुन् । किसान परिवारका पौडेललाई सुरुमा शिक्षामन्त्री बनाउने योजना थियो तर नेपाली कांग्रेसले शिक्षा मन्त्रालय नछोडेपश्चात स्वास्थ्य मन्त्रालय उनको भागमा पर्ने अवस्था छ । तर उनले विना विभागिय मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । चितवन घर भएका पौडेल माओवादी केन्द्रबाट समानुपातिक सांसद हुन् । माओवादी केन्द्रबाट मन्त्री बनाइएका पौडेलले शिक्षा अथवा स्वास्थ्य मध्ये एक मन्त्रालय पाउँदैछन् ।

अजयशंकर नायक : शहिदका पुत्र

सिरहाका नायक माओवादीबाट समानुपातिक संसद हुन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्ड विजयी भएको क्षेत्रमै उनको घर पर्छ । ०५५ सालबाट भूमिगत भएका पौडेलको प्रचण्डलाई दोस्रो संविधानसभामा जिताउन महत्वपूर्ण भूमिका छ । जनयुद्धका शहिद रामशरण नायकका छोरा अजयशंकरको पार्टी नाम अविनास हो । नायक जनयुद्धकालमा लडाकुका रुपमा परिचित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies