Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मोर्चा पनि चुनावमा आउनुपर्छ –सल्लाहकार खनाल

\"chakrapani_khanal_baldev\"काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालले स्थानीय निकायको निर्वाचन फागुनसम्ममा हुने गरी तयारी भइरहेको बताएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा खनालले निर्वाचन कार्यतालिका अनुसार आगामी चैतसम्ममा चुनाव सम्पन्न गर्नुपर्ने भएकाले सरकारले सोही बमोजिम तयारी थालेको जानकारी दिए ।

उनले भने, “मधेसी मोर्चा पनि चुनावमा आउनुपर्छ, मोर्चाबिनाको चुनावको कुनै अर्थ हुँदैन ।” राज्य पुनःसंरचनासम्बन्धी विवाद उठेपनि त्यसलाई दलीय सहमतिअनुसार नै टुङ्गोमा पु¥याउनुपर्नेमा उनले जोड दिए ।

नेता खनालले मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै उनीहरुले अघि सारेका माग सम्बोधन गर्ने जिम्मेवारी र दायित्व नेकपा एमालेको पनि भएको बताए ।

उनले संविधान कार्यान्वयनका लागि दलबीच सहमति, सहकार्य र एकताको आवश्यकता रहेकामा जोड दिँदै दलीय सहमतिअनुसार नै स्थानीय निकायलगायत अन्य चुनाव हुने विश्वास व्यक्त गरे । उनले जनताले प्रत्यक्ष राहत महसुस गर्नेगरी अहिले सरकारले महँगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न काम सुरु गरिसकेको बताए।

सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले डेढ वर्षभित्र तीन तहको निर्वाचन सम्पन्न नभए मुलुकमा अर्को सङ्कट उत्पन्न हुने खतरा रहेको औँल्याए ।

उनले वर्तमान सरकारकोे गठबन्धनले आफ्नो दलसँग गरेको सहमति कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE