Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

'टीके प्रथा दोहोरिए कांग्रेस र नेविसंघमा दुर्भाग्य'

\"Prakash-Sharan-Mahat\"

काठमाडौँ, ३० साउन । नेपाल विद्यार्थी सङ्घ निर्देशन समितिका सभापति डा. प्रकाशशरण महतले निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने बताएका छन् ।

समितिका सभापति डा. महतले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी सबै महाधिवेशन प्रतिनिधिको टुङ्गो लागिसकेकाले आगामी मङ्गलबार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने बताए ।

उनले जिल्ला र उपत्यकाका केही विवादित क्याम्पसकोे प्रतिनिधिलाई मिलाउँदा महाधिवेशनको प्रतिनिधि बढेको उल्लेख गरे । उनले भने, “नेवि सङ्घको प्रतिनिधि फर्जी भएको भन्ने भनाइमा सत्यता छैन ।”

डा. महतले आफूले व्यक्तिगतरुपमा एकजना पनि प्रतिनिधि नहालेको भन्दै जो नेतृत्वमा आएपनि नेवि सङ्घ आउने भएकाले आफूलाई केही फरक नपर्ने दाबी गरे । उनले नौ वर्षपछि बल्लबल्ल अधिवेशन हुन लाग्दा पनि महाधिवेशन बहिष्कार गर्ने भन्ने कुरा कल्पना गर्न नसकिने बताए ।

महतले लामो समयसम्म महाधिवेशन नभएको वर्तमान समयमा नेतृत्वले टीका लगाउने परम्परा दोहोरियो भने यो नेपाली काँग्रेस र नेवि सङ्घलाई दुर्भाग्य हुने बताए ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट आएको नेतृत्वको पहिलो केन्द्रीय कार्यसमितिले छ महिनाभित्र निर्वाचन गराउने निर्णयअनुसार निर्वाचन गर्न लागेको भन्दै उनले यो निर्वाचनमा कोही पनि बाधक हुन नहुने स्पष्ट पारे । उनले पार्टी नेतृत्व प्रत्यक्ष निर्वाचनका पक्षमा रहेकाले कुनै पनि हालतमा अधिवेशन हुने बताए ।

नेवि सङ्घका पूर्वअध्यक्ष एवम् निर्देशन समितिका सदस्य प्रदीप पौडेलले अधिवेशन नहुँदा नेवि सङ्घको साख गुम्ने बताए । उनले भने, “कुनै पनि पक्षले यो अधिवेशनलाई स्थगन गर्नु हुँदैन ।”

नेवि सङ्घ केन्द्रीय निर्वाचन समितिले निर्वाचनका लागि सोमबार बिहान ८ देखि १२ बजेसम्म उम्मेद्वारीको मनोनयन दर्ता, साँझ ६ बजे अन्तिम नामावली प्रकाशन र मङ्गलबार निर्वाचनको कार्यतालिका तोकेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending