Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

म्यानेचेष्टरको पहिलो खेलमा पहिलो जित, लिभरपुल र आर्सनलको खेलमा गोलको वर्षा

\"munकाठमाडौं, ३१ साउन । प्रिमियर लिगमा म्यानेचेष्टर युनाइटेडका तर्फबाट पहिलो खेल खेलाएका प्रशिक्षक जोसे माउरिन्होको टोलीले आइतबारको लिगको पहिलो खेलमा ब्रायनमाउथमाथि ३–१ को जित निकालेको छ । लिगमा पहिलो खेलसँगै विजयी शुरुवात गरेको युनाइटेडमा यसैसिजन युनाईटेड आएका जाल्टान इब्राहोमोबिकले आफु लयमै भएको प्रमाणित गर्दै गोल गरे । अर्का फरवार्ड एन्थोनि मार्टिएलको पासमा ६४ औं मिनेटमा गोल गरेका हुन् । यसअघि पहिलो हापको ४० औं मिनेटमा माउथका डिफेण्डरको गल्तीको फाइदा उठाउँदै हुवान माटाले टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल एन्थोनि मार्टिएलकै पासमा कप्टान वायन रुनीले ५९ औं मिनेटमा गरे । माउथका लागी सान्त्वना गोल ६९ औं मिनेटमा एडम स्मिथले गरेपनि हार टार्न १ गोल प्रयाप्त थिएन । त्यसपछिको पुरै समय युनाइटेडले खेलमा पास खेलेर आरामका साथ बितायो । गोलको वर्षा \"leverpul-750\"आइतबार राति नै भएको अर्को खेलमा प्रिमियर लिगका प्रतिष्पर्धी दूई क्लब आर्सनल र लिभरपुलबिचको खेलमा गोलको वर्षा भएको छ । आर्सनलका फरवार्ड वालकोटले पेनाल्टी पहिलो हापमा पाएको पेनाल्टी मिस गरेपनि केही मिनेट बित्न नपाउँदै उनैले ३१ औं मिनेटमा आर्सनललाई अग्रता दिलाए । तर उनको अग्रता पहिलो हापमै बराबरीमा आयो । लिभरपुलका काउटिन्होले सुन्दर फ्रिकिकमार्फत पहिलो हापको अतिरिक्त समयमा गोल गरे । दोस्रो हापमा लिभपुल पुरै हावी भयो । दोस्रो हापको ४९, ५६ र ६३ औं मिनेटमा लिभरपुलका लागी लालना, काउटिन्हो र मानेले गोल गरेपछि ४–१ को स्थितिमा खेल पुग्यो । अग्रता जोगाउन नसकेको आर्सनलले फेरी खेलमा फर्कने संकेत गर्यो जब ६४ औं मिनेटमा च्याम्बरलियन र ७५ औं मिनेटमा च्याम्बरसले गोल गरेपछि ३–४ को अवस्थामा खेल पुग्यो । यसपछि खेलमा कुनै गोल हुन सकेन र ४–३ ले लिभरपुल विजयी भयो । एकै खेलमा ७ गोल भएको खेल असाध्यै रोमाञ्चक भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending