Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रचण्ड सरकारका ऊर्जा राज्यमन्त्री भगतले तोडे इतिहास

रौतहट, ३१ साउन । रौतहटको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद सत्यनारायण भगत बीन प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा राज्यमन्त्री नियुक्त भएपछि अहिले त्यस क्षेत्रका जनता खुशि भएका छन् ।

\"Satyanarayan-Bhagat\"रौतहटको माधोपुर गाविसमा २०२६ सालमा जन्मेका भगत एक निम्न वर्गिय परिवारका सदस्य हुन् । रौतहटको माधोपुर गाविसका स्थायी बासिन्दा रहेका भगत २०४४ सालदेखि सक्रिय राजनीतिमा लागेका थिए ।

विभिन्न पार्टीमा सुरुमा आवद्ध भएपनि माओवादी पार्टीको स्थापनादेखि नै सक्रिय रुपमा आवद्ध भएर काम गरेका थिए । जनयुद्धकालमा १० वर्षसम्म भुमिगत जीबन बिताएका भगत माओवादी र सरकार बिच भएको शान्ति समझौतामा पनि सहभागि भएका थिए ।

पार्टीमा प्रचण्ड निकट मानिने भगत एक सच्चा र कर्तव्यनिष्ठ एवम् इमान्दार छबिका नेता हुन् । सामान्य परिवारमा जन्मेका भगतले एसएलसीसम्म मात्र अध्ययन गरेका छन् । उच्च शिक्षा गर्ने मन हुँदा हुँदै पनि पारिवारको आर्थिक कमजोरीका कारण उनको त्यो सपना सपनामै सीमित भएको थियो ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाईलाई पुरा गर्नका लागि उनी गाउँ छेउँमा रहेको बागमती नदीमा माछा मारेर समेत बेचेको उनका सहपाठीहरु बताउँछन् । सुरुदेखि नै संघर्ष गरेर पार्टीमा उचित ठाउँ बनाएका भगत अहिले रौतहटमा मलाह जातिबाट उच्च तहमा पुग्ने पहिलो व्यक्ति बनेका छन् ।

पार्टीमा प्रवेश गर्नुभन्दा पहिला नै वैवाहिक जीबन सुरु गरेका भगतका २ वटा छोरा र ३ वटा छोरी छन् । विकासको मामिलामा हरेकपटक ठगिँदै आएका रौतहट जिल्लाबासी भगत जस्तो विकासप्रेमी नेता राज्यमन्त्री बनेपछि निकै अशावादी बनेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending