भाद्र १ गते, २०७३ बुधवार 17th August, 2016 Wed१५:१९:५३ मा प्रकाशित
राजनीति, अर्थशास्त्र र समाजशास्त्रका विद्यार्थीका लागि कार्ल मार्क्स नौलो नाम होइन । तर उनीसँग सम्बन्धित केही रोचक तथ्यबारे भने थोरै मानिसलाई मात्रै थाहा हुन सक्दछ । के के हुन त मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ?
१. कार्ल मार्क्सलाई प्राय समाजवादमा जनक भनेर थेरैले चिन्ने गरेका छन् । यो कुरा विल्कुल मिथ्या हो । उनी भन्दा पहिला नै समाजवाद भन्ने शब्द सत्रौं तथा अठारौं सताब्दीका युरोपेली विद्वानहरुले प्रयोगमा ल्याएका थिए । राजतन्त्रका कारण निकै पिछडिएको समाज तथा मानिसको खस्कँदो जीवनस्तर देखेर रुसो, क्याबेट, फूरियर तथा प्रध्वा जस्ता लेखकहरुले एउटा आदर्श राज्य व्यवस्थाको कल्पना गर्दै थुप्रै लेख लेखेको पाइन्छ । र, त्यस्ता लेखहरुमा समाजवादको वकालत गरिएको पनि छ ।
यसरी उनी भन्दा पहिला नै समाजवादीहरु थिए तर उनीहरुलाई मार्क्सले काल्पनिक समाजवादी भनिदिए भने आफू अलि वैज्ञानिक समाजवादको पक्षमा रहेको कुरा आफ्ना लेखमार्फत् व्यक्त गरिदिए ।
२. मार्क्स स्वअध्ययनले मात्रै दार्श्निक थिएनन् बरु उनले त दर्शनशास्त्रमा जेना विश्वविद्यालयबाट विद्यावारिधि पनि गरेका थिए । उनले विद्यावारिधिको डिजर्टेसन अणु, समय तथा पुच्छ्रेताराबारे ग्रिकका वैज्ञानिक डेमोक्रिटस र इपिक्युरसले व्यक्त गरेका विचारमा केन्द्रित थियो । ‘द डिफरेन्स् विटविन द डेमोक्रिटियन एण्ड इपिक्युरियन फिलोसोफी अफ नेचर’ शीर्षकको थेसिस लेखेबापत उनलाई सन् १९४१ मा डाक्टर अफ फिलोसोफीको उपाधि प्रदान गरिएको थियो ।
३. शास्त्रीय विद्वानजस्तै कार्ल मार्क्स पनि कला, साहित्य तथा संगीत भनेपछि हुरुक्कै हुन्थे । आफू जवान हुँदादेखि नै मार्क्सले नाटक लेख्ने गर्दथे भने उनले पछि आफू नाट्य समालोचक हुने कुरा पनि गर्दथे । उनले करीव १५ वटा जति कविता पनि लेखेका थिए जसमध्ये धेरै जसो आफ्नी जीवन संगिनी जेनी मार्क्सप्रति समर्पित थिए र उनका अनन्य मित्र एंगेल्ससँगसगैं कविता पनि लेख्ने गर्दर्थे ।
४. कार्ल मार्क्स आफ्नो परिवारप्रति निकै बफादार तथा प्रतिबद्ध थिए । आफ्ना परिवारका सदस्यका साथै मित्रहरुसँग निकै खुशी तथा आत्मीयताका साथ रहने हुनाले मार्क्सलाई सबैले निकै माया गर्दथे । उनको यस्तो मायालु र स्वभावका कारण परिवार तथा साथीभाइले काले भनेर पनि सम्बोधन गर्दथे किनभने उनको छाला कालो थियो ।
५. रमाइलो तथा हाँसीमजाक गर्ने र असल स्वभावका मार्क्सको स्वास्थ्य भने त्यति राम्रो थिएन । उनलाई कलेजोको समस्याका साथै बाथको पनि समस्या थियो । निन्द्रा नलाग्ने, टाउको दुख्ने र शरीरमा बारम्बार खटिरा देखिने रोग पनि उनीसँग थियो । शरीरको तल्लो भागमा देखिने खटिरा निकै दुख्ने गर्दाले उनलाई कहिलेकाहीं बस्न तथा आराम गर्न निकै कठिनाई हुने गर्दथ्यो । एकपटक यस्तै दुखाईका कारण आफ्नो महत्वपूर्ण किताब पुँजी लेख्ने कामलाई पनि थाति राखेका थिए । शरीर अति दुख्दा उनले आर्से्निक वा ओपियमलाई पेन किलरका रुपमा प्रयोग गर्ने गर्दथे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: