Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

वाईसियल र कलाकारको मैत्रिपूर्ण फुटबलबाट १ लाख बढी जुट्यो

\"ycl_Vs_kalakarकाठमाडौं, ४ भदौ । साउदी जेलमा बन्दी जीवन बिताइरहेका नेपालीहरुको उद्धारकालागि वाईसीएलले शुक्रबार मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरी एक लाख बढि नगद संकलन गरेको छ । वैदेशिक रोजगारीका लागि खाडीमुलुक साउदी अरव गएका नेपालीहरुलाई त्यहाँको सरकारले सवारी दुर्घट्नामा दोषी रहेको भन्दै अनावश्यकरुपमा फसाएर बर्षौदेखि जेलमा बन्दी बनाएको हुनाले उनीहरुको सहयोग गर्न रकम संकलन सुरु गरिएको वाईसीएल केन्द्रीय कार्यालयका सचिव नविन खड्काले खबरडबलीसँग बताए । कार्यालय सचिव खड्काले दिएको जानकारी अनुसार सहयोगार्थ आर्थिक संकलनका लागि राष्ट्रियस्तरका कलाकार र वाईसीएलले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेलबाट एक लाख आठ हजार नगद जम्मा भएको छ । खड्काले भने– ‘खेलको व्यवस्थापमा ६ हजार खर्च भयो, बाँकी रकम सरकार मार्फत बन्दीहरुको उद्धारमा लगाउँछौ ।’ आइतबार संयुक्त टिमले प्रधानमन्त्रीलाई भेट्ने आइतबार वाईसीएल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारहरुले संयुक्तरुपमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई भेटेर संकलन भएको रकम हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको बताइएको छ । संयुक्त टिमले सरकारमार्फत साउदीको जेलमा रहेका बन्दीहरुको उद्धारका लागि प्रभावकारी पहल गरिदिन आग्रह गर्ने बताइएको छ । साउदीबाट ७ जना बन्दीले गरे उद्धारको माग साउदीबाट ७ जना नेपालीले सम्पर्क गरी उद्धार गरिदिन अनुरोध गरेको वाईसीएलले बताएको छ । ‘साउदीको जेलमा लामो समयदेखि कष्टकर बन्दी जीवन बिताउँदै आएका नेपालीहरुले सहयोगको लागि आग्रह गरेका छन्,’ वाइसीएलका कार्यालय सचिव खड्काले भने, ‘हामीले उनीहरुको पिडालाई हेरिरहन सकेनौ, र सहयोगका लागि आफ्नैतर्फबाट पहल थालेका हौं ।’ वाईसीएलले दिएको जानकारी अनुसार काभ्रे घर भएका रामचन्द्र तिमील्सिना साउदीको ताइफस्थित जेलमा रहेका छन् । एक बर्ष ३ महिना जेलमा बिताइसकेका उनीसँग ३४ लाख २१ हजार दुई सय धरौटी त्यहाँको सरकारले माग गरेको बताइएको छ । त्यसैगरी तनहुँका धनबहादुर थापामगर ताइफस्थित जेलमा एक वर्ष कटाइसकेका छन, उनीसँग ८५ लाख ५३ हजार माग गरिएको छ । साउदीको वादीअल दवासीरस्थित कसिपसिजन जेलमा मोरङ वेलवारीका भीमबहादुर दहालले ४ वर्ष र झापा बुधबारेका मदन वन्धाक लिम्बुले एक वर्ष ९ महिना जेल जीवन बिताएका छन् । धनुषाका संजिवकुमार यादवले दुई वर्ष र सुरेश मण्डलले ६ वर्ष अल्हासास्थित जेलमा बन्दी जीवन बिताइरहेका छन् । संजिवसँग २६ लाख ८५ हजार र सुरेशसँग ६ लाख ८० हजार माग गरिएको बताइएको छ । त्यसैगरी रियादमाला जेलमा ३ बर्ष कटाएका सर्लाहीका विष्णुहरी पाण्डेसँग त्यहाँको अदालतले धरौटीका लागि ८५ लाख ५३ हजार नगद माग गरेको छ । यसरी विदेशी भूमिमा पुगेर विनाकारण दोषी बनाइएका नेपालीहको उद्धारमा सरकारले ध्यान दिनुपर्ने वाईसीएल र कलाकारको टीमले बताएको छ । कलाकार राम्रो काममा सबैसँग सहकार्य गर्छ \"ycl_vs_kalakar\"मैत्रिपूर्ण फुटबल प्रतियोगीता सकिएपछि कलाकार बद्रि पंगेनीले समाजमा असल काम गर्ने र समाज सुधारको लागि अघि बढ्न खोज्ने जो सुकैसँग पनि कलाकारहरु समन्वयन गर्न तयार रहेको बताए । कलाकार पंगेनीले वाईसीएलले विदेशी भूमीमा जेल जीवन बिताइरहेका नेपालीहको उद्धारका लागि सहयोगार्थ फुटबल खेलको प्रस्ताव गर्नु राम्रो कार्य भएको बताउदै हामी सबै मिलेर मात्र देशको विकास र परिवर्तन गर्न सकिने बताए । उनले वाईसीएलसँग आगामी दिनमा पनि यसरी नै सहकार्य गरेर कलाकारहरुले समाजमा असल काम गर्न चाहेको उल्लेख गरे । सहयोगार्थ खेलमा वाईसीएल विजयी शुक्रबार दिउँसो साढे तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा कलाकार र वाईसीएलबीच भएको मैत्रिपूर्ण फुटबलमा कलाकारको तीन गोलकाविरुद्ध वाईसीएलले ४ गोल गर्दै विजयी भयो । वाईसीएलका तर्फबाट संजय कालदीन, सुनिल मगर, छुम्बी लामा र विक्रमले १/१ गोल गरेका थिए भने कलाकार तर्फबाट हरी डाँगीले २ र बद्धी पंगेनीले १ गोल गरे । आर्थिक सहयोगार्थ खेलीएको उक्त खेलमा जित हार भन्दा पनि सहयोगको भावना बढाउने लक्ष्य राखिएको थियो । खेलकुद परिषद सचिव विष्टले गरे ५५ हजार सहयोग \"ycl_Vs_kalakarसाउदीमा जेल जीवन विताउन बाध्य पारिएका नेपालीहरुको उद्धारका लागि सहयोग संकलन गर्न खेलीएको फुटबल खेल सकिएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले ५५ हजार नगद सहयोग आयोजक समुहलाई प्रदान गरेका छन् । त्यसैगरी क्रिकेट खेलप्रेमी अमिर अब्तरले १० हजार, बलराम पुन, राजेशहरी जोशी, प्रकाश रसाइली र सरल भट्टले ५/५ हजार नगद सहयोग गरेका थिए । आयोजक वाईसीएल नेपालको खेलकुद विभागले १२ हजार र कलाकारहरुको समूहले ६ हजार ५ सय सहयोग गरेको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy