Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

तेजपत्ता मस्तिष्क विकाशका लागि यति धेरै उपयोगी

\"Dalchini-Tejpatta\"दालचिनी अर्थात तेजपत्ताबारे त हामी सबैलाई थाहा छ तर यसको उपगोगिता बारे भने धेरैलाई थाहा नहुन सक्छ । खानाको स्वाद बढाउन यसको पातलाई मसलाको रुपमा प्रयोग गरिन्छ । तर दालचिनीको बोक्रासमेत अति उपयोगी हुन्छ । दालचिनीको नियमित प्रयोगले पढ्ने र सिक्ने क्षमतामा सुधार आउने भारतीय मुलका एक अनुन्धानकर्ताले पत्ता लगाएका छन् । उनले प्रयोगशालामा रहेका मुसामा गरेको अध्ययनले दालचिनीको प्रयोगले उनीहरुमा सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’, रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान् हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए । त्यसलाई बुझ्ने सबैभन्दा बलियो आधार हिप्पोकेम्पलमा रहन्छ । हिप्पोकेम्पल भनेको दिमागको सानो भाग हो जसले सोचको उत्पत्ति गराउने, त्यसलाई व्यवस्थित गर्ने तथा जम्मा पार्ने काम गर्छ । अनुुसन्धानकर्ताले कमजोर सिक्ने क्षमता भएकामा हिप्पोकेम्पलमा क्रेबको मात्रा कम हुने अर्थात सिक्ने क्षमताको लागि अवस्यक पर्ने प्रोटिनको मात्र कम हुने तथा दिमागमा ‘टोनीक हिविटोरी कन्डक्टेन्स ’ पैदा गर्ने जी. ए. वि. आर. ए .५ को मात्रा बढी भएको पाईएको थियो । यस अध्ययनका लागि मुसाहरुलाई दालचिनी खान दिइएको थियो । यसलाई उनीहरुको शरीरले सोडियम बेन्जोएट (मस्तिष्क क्षतिका लागि औषधिको रुपमा प्रयोग गर्न सकिने एक प्रकारको रसायन)मा परिणत गरेको थियो । जब सोडियम बेञ्जोएट मुसाहरुको मस्तिष्कमा प्रवेश र्गयो, यसले सि.आर. इ.बी.लाई बढाई जी.ए.वि.आर.ए ५ लाई घटाएर हिप्पीकेम्पलको न्युरोनलाई परिणत गर्न उत्तेजित र्गयो । यसमा देखिएको परिवर्तनले मुसामा स्मरण शक्ति तथा सिक्ने क्षमताको विकास गरेको थियो । ‘हामीले दालचिनीलाई सफलतापूर्वक प्रयोग गरी कमजोर सिक्ने क्षमता भएका मुसामा देखिएको अन्य मुरनलाई समेत बदल्न सफल भएका छौ’, पहनले भने । अनुसन्धानकर्ताले मुसाको क्षमता पत्ता लगाउन बीस वटा प्वाल भएको वान्स मेजको प्रयोग गरेका थिए । वान्स मेज जनावरको क्षमता पहिचान गर्ने एक प्रकारको यन्त्र हो, जुन विभिन्न रंगले सिंगारिएको हुन्छ । त्यसैको आधारमा जनावरले आफ्नो ठाउँ पत्ता लगाउनुपर्छ । दुई दिनको लगातारको तालिम पश्चात्त मुसाहरुमा लक्षित प्वाल खोज्न सक्ने खुबीको जाँच गरिएको थियो । उनीहरुले उक्त जाँच दालचिनी खुवाएको एक महिना पछि पुनः गरेका थिए । जाँचका क्रममा अनुसन्धानकर्ताले मुसाहरुमा दालचिनीको प्रयोगले कमजोर सिक्ने क्षमता भएका मुसाहरुले सुधार आई उनीहरुमा राम्रो क्षमता भएका अन्य मुसा सरह नै क्षमताको विकास भएको फेला पारेका थिए । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: