Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता

\"candle\"कञ्चनपुर, ७ भदौ । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह ९बर्थिङ सेन्टर०मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ । बिद्युत जडानको कार्य राम्ररी नगरिँदा र बिद्युतको बैकल्पिक व्यवस्था नहँुदा प्रसूतिका लागि पुग्ने आमाले मोमबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने भएको हो । दैनिक प्रसूति गृहमा प्रसवका लागि तीनदेखि चारजनासम्म महिला पुग्ने गरेका छन् । बिद्युत आपूर्तिमा समस्या देखिएपछि प्रसूति गृहको कोठामा स्वास्थ्यकर्मीले मैनबत्ती बाल्नुपर्ने बाध्यता रहेको छ, स्वास्थ्य चौकीका अनमि निलावती भट्टले भन्नुभयो, “एक हातमा बलेको मोमबत्ती समात्नु पर्ने र अर्को हातले शिशु झिक्नुपर्ने बाध्यता छ ।” “मोमबत्तीको पग्लेको मैन शिशु र आमाको शरिरमा परेर पोल्ने खतरा उत्तिकै छ, तर पनि जोखिमका साथ काम गदै आएका छौँ” उनले भने । “दिउँसो प्रसव हुने गराउन सहज भएपनि बिद्युतको अभावमा राति प्रसव गराउन निकै समस्या खेप्दै आएका छौँ”, उनले भने । विद्युत जडान जीर्ण बनेकाले करेन्ट लाग्ने समस्यासमेत उत्तिकै रहेको उनको भनाई रहेको छ । बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि पटक–पटक नगरपालिकादेखि जनस्वास्थ्य कार्यालयसम्म लिखित र मौखिकरुपमा जानकारी गराउँदासमेत समस्या समाधान हुन नसकेको स्वास्थ्य सहायक सविता मिश्रले बताए । “प्रसूति गृहको एकमात्रै साँघुरो कोठामा दुईवटामात्रै बेड लाग्ने भएकाले दुईभन्दा बढी प्रसूति गराउन महिला पुगेपछि गृहको ग्यालरीमै प्रसूति गराउनुपर्ने हुन्छ” उनले भने । प्रसूति गराउने कोठामा राखिएका बेडसमेत पुरानो र जीर्ण भएकाले आमा र शिशु बेडबाट खसेर अर्को दुर्घटना निम्तिने समस्यासमेत रहेको उनले बताए । स्वास्थ्य चौकीको प्रसूतिगृहमा गत वर्षमात्रै २७९ आमाले सुत्केरी सेवा लिएका थिए । चालु आवको हालसम्म पचासभन्दा बढी आमाले सुत्केरी सेवा लिएका छन् । झलारी पिपलाडी नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले स्वास्थ्य चौकीको प्रसूतिगृहमा बिद्युतको सेवालाई भरपर्दो बनाउनका लागि कार्य अगाडि बढाइने बताए । “बिद्युतको विकल्पका रुपमा सौर्यबत्ती जडानका लागि समेत कार्य गरिनेछ” उनले भने । स्वास्थ्य चौकीमा पाँचवर्ष अघिदेखि प्रसूति गृह सञ्चालनमा रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies