Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

व्यवस्थापन समितिको विवादमा दुईको मृत्यु

जनकपुरधाम, पूर्वी धनुषाको सबैलामा गएराति दुई पक्षबीच विद्यालय व्यवस्थापनको विषयमा विवाद हुँदा दुई जनाको मृत्यु भएको छ भने दसभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विषयलाई लिएर भएको विवादमा स्थानीय रामसेवक राउत र रामप्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही घटनामा स्थानीय रामसागर साह गम्भीर घाइते भएका छन् भने अन्य पशुराम साह, श्याम यादव, वीरबहादुर, हरिनारायण यादवसहित दसभन्दा बढी व्यक्ति घाइते भएको छन् । घटना विवरणअनुसार आइतबार साँझ ७:३० बजेतिर विद्यालय व्यवस्थापन समितिको निर्वाचन छलफल भइरहेको अवस्थामा नेकपा (एमाले) समर्थित कार्यकर्ताको करिब ३० जनाको समूहले एक्कासि आक्रमण गर्दा दोहोरो भिडन्त भएको थियो । भिडन्तमा गम्भीर घाइते भएका एमाले कार्यकर्ता ४० वर्षीय रामसेवक राउतको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो भने अर्का सोही पार्टी समर्थित ४० वर्षीय रामप्रकाश यादवलाई राति १:३० बजेतिर अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए । प्रहरीले अनुसन्धानको क्रममा तीन जनालाई पक्राउ गरे पनि नाम सार्वजनिक भन्ने गरेको छैन । मृतक यादवका परिवारजनका अनुसार राति १२ बजेतिर स्थानीय जगदीश यादव र महेन्द्र यादवले काम छ भनेर घरबाट बोलाएर बाहिर लगेका थिए । सो घटना विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर भए पनि उक्त गाविसमा जमिनदार रुद्धेश्वर प्रधानको जग्गाको विषयमा स्थानीय दुई समूहमा विगत दुई वर्षदेखि विभाजित रहेका छन् । उक्त सार्वजनिक जग्गा जमिन्दार प्रधानले अवैधानिकरुपमा आफ्नो रहेको दाबी गर्दै आएका छन् । तर सो जग्गा सार्वजनिक प्रयोजनका लागि स्थानीय व्यक्तिले जग्गा कब्जा गरेका थिए । प्रधानको मृत्युपछि उनका परिवारजनले सो जग्गा बेच्न खोजेपछि विगतमा पनि पटकपटक विवाद हुँदै आएको थियो । एमालेका नेता योगनारायण यादवले प्रधानका परिवारलाई सो जग्गाको विषयमा सहयोग गर्दै आएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE