Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

व्यवस्थापन समितिको विवादमा दुईको मृत्यु

जनकपुरधाम, पूर्वी धनुषाको सबैलामा गएराति दुई पक्षबीच विद्यालय व्यवस्थापनको विषयमा विवाद हुँदा दुई जनाको मृत्यु भएको छ भने दसभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय मदन आश्रित निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समितिको विषयलाई लिएर भएको विवादमा स्थानीय रामसेवक राउत र रामप्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, सोही घटनामा स्थानीय रामसागर साह गम्भीर घाइते भएका छन् भने अन्य पशुराम साह, श्याम यादव, वीरबहादुर, हरिनारायण यादवसहित दसभन्दा बढी व्यक्ति घाइते भएको छन् । घटना विवरणअनुसार आइतबार साँझ ७:३० बजेतिर विद्यालय व्यवस्थापन समितिको निर्वाचन छलफल भइरहेको अवस्थामा नेकपा (एमाले) समर्थित कार्यकर्ताको करिब ३० जनाको समूहले एक्कासि आक्रमण गर्दा दोहोरो भिडन्त भएको थियो । भिडन्तमा गम्भीर घाइते भएका एमाले कार्यकर्ता ४० वर्षीय रामसेवक राउतको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो भने अर्का सोही पार्टी समर्थित ४० वर्षीय रामप्रकाश यादवलाई राति १:३० बजेतिर अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिए । प्रहरीले अनुसन्धानको क्रममा तीन जनालाई पक्राउ गरे पनि नाम सार्वजनिक भन्ने गरेको छैन । मृतक यादवका परिवारजनका अनुसार राति १२ बजेतिर स्थानीय जगदीश यादव र महेन्द्र यादवले काम छ भनेर घरबाट बोलाएर बाहिर लगेका थिए । सो घटना विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर भए पनि उक्त गाविसमा जमिनदार रुद्धेश्वर प्रधानको जग्गाको विषयमा स्थानीय दुई समूहमा विगत दुई वर्षदेखि विभाजित रहेका छन् । उक्त सार्वजनिक जग्गा जमिन्दार प्रधानले अवैधानिकरुपमा आफ्नो रहेको दाबी गर्दै आएका छन् । तर सो जग्गा सार्वजनिक प्रयोजनका लागि स्थानीय व्यक्तिले जग्गा कब्जा गरेका थिए । प्रधानको मृत्युपछि उनका परिवारजनले सो जग्गा बेच्न खोजेपछि विगतमा पनि पटकपटक विवाद हुँदै आएको थियो । एमालेका नेता योगनारायण यादवले प्रधानका परिवारलाई सो जग्गाको विषयमा सहयोग गर्दै आएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending