Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

सिंगापुरका शासक ली क्वान यूको निधन

सिंगापुर/एजेन्सी, सिंगापुरलाई सानो बन्दरगाहाबाट ठुलो कारोबारेको बैश्विक केन्द्र बनाउने सिंगापुरका शासक ली क्वान यू ९१ बर्षको उमेरमा निधन भएको छ । उनी सिंगापुरमा ३१ बर्ष देखि शासन सत्ता सम्भाली रहेका थिए । सन् २०११ सम्म सक्रिय राजनीतिक जिवन विताइ रहेका उनलाई सिंगापुरको समृद्धिको श्रेय दिने गरिन्छ । तर, लगातार सत्तामा रही रहन विभिन्न षडयन्त्र गरेको उनका आलोचकहरुको भनाई रहेको छ । उनको शासनकाल भरी अभिव्यक्ति स्वतन्त्रतामा कठोर प्रतिवन्ध लगाइएको थियो । उनले आफ्ना विरोधीहरुलाई तह लगाउन अदालतको प्रयोग गर्ने गरेको आरोप बारम्बार लाग्ने उनीमाथि लागि रहेको थियो । ली क्वान यूका छोरा ली सेन लोङ सिंगापुरका बर्तमान प्रधानमन्त्री छन् । प्रधानमन्त्री कार्यालयका प्रेस सचिवले उनको निधनको घोषणा गरेका छन् । प्रधानमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिमा सोमबार बिहान स्थानिय समय अनुसार ३ बजेर १८ मिनेटमा सिंगापुर जनरल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाई निमोनियाको कारण केही सातादेखि अस्पतालमा भर्ना गरिएको थियो । एक हप्तापछि उनको अन्त्येष्टी राजकिय सम्मानका साथ गरिने भएको छ । उनका छोरा तथा प्रधानमन्त्री ली सेन लोङले टेलिभिजन सम्बोधनमार्फत वुवाप्रति श्रद्धाञ्जली व्यक्त गरे । \'उनले हाम्रो स्वतन्त्रताको लागि लडे, देश बनाए र हामीलाई सिंगापुरबासी भन्नमा गर्व गर्नसक्ने बनाए । हामी यस्ता व्यक्ति विरलै भेट्छाैं\'– छोरा लोङले भनेका छन् । सिंगापुरका शासक लीले ब्रिटिस साम्राज्यबाट सिंगापुरलाई स्वतन्त्रता बनाउदै मलेसियाबाट छुटट्एर छुट्टै राज्यको हैसियतमा पु¥याएका थिए । ब्रिटिसबाट छुट्टिएर सन् १९६३ मा मलेसियासँग गाभिएको सिंगापुर दुई बर्षपछि नै पुनः छुट्टिएर बेग्लै राज्य बनेको थियो । लीले गठन गरेको पिपुल्स एक्सन पार्टीले सिंगापुरमा सन् १९५९ देखि शासन गरेको थियो । ली सिंगापुरका प्रथम प्रधानमन्त्री हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: