Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

राष्ट्रिय पुस्तक नीति–२०७३ को मस्यौदा सार्वजनिक

\"drकाठमाडौं, १५ भदौ । ‘जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नारा सहित बुधबार नेपालमा नवौं पुस्तकालय दिवश मनाईएको छ । पुस्तकालय दिवशको अबसर पारेर शिक्षा मन्त्रालयले राष्ट्रिय पुस्तक नीति–२०७३ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले रसियन कल्चर सेन्टर कमलपोखरी काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्री धनिराम (डिआर) पौडेलले पुस्तक नीतिको मस्यौदा छलफल र सुझाबका लागि सार्बजानिक गरेका हुन । कार्यक्रममा पुस्तकालय गुरु योजना र पुस्तकालय अभिलेख व्यवस्थापनको मस्यौदा पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका तीन वटै मस्यौदा छलफल र सुझाबका लागि १५ दिनसम्म शिक्षा मन्त्रालयको वेवसाईडमा राखिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले हरिगोविन्द लुईंटेल, डा. तुलसीप्रसाद भट्टराई र इन्दिरा दलीको संयोजकत्वमा क्रमशः राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरु योजना र पुस्तकालय अभिलेख व्यवस्थापन कार्यदल गठन गरेको थियो । कार्यक्रममा शिक्षा मन्त्री पौडेलले आम नागरिकबाट प्राप्त भएका सुझाबका आधारमा मस्यौंदालाई आबश्यक परिमार्जन गरेर लागू गरिने जानकारी दिए । उनले व्यवस्थित नीति र कार्यक्रम सहित सबै खाले बौद्धिक सम्पदाहरुको सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘हाम्रो मुलुकका पुराना र नयाँ सबैखाले बौद्धिक सम्पदालाई पुस्तौं पुस्तासम्मका लागि सुरक्षित गर्नु जरुरी छ’, शिक्षामन्त्री पौडेलले भने, ‘त्यसको लागि व्यवस्थापन र प्रविधीमा चुस्त र अद्याबधिक भएको पुस्तकालयहरुको विकास गर्नु जरुरी छ ।’ विज्ञान प्रविधिको विकासले पुस्तकालयको पुरानो अबधारणामा फेरबदल आएको चर्चा गर्दै उनले नयाँ प्रविधी सहितको इलेक्ट्रिक पुस्तकालयको विकासमा पनि ध्यान दिन पुस्तकालयका सञ्चालकहरुलाई आग्रह गरे । कार्यक्रममा सिटिईभिटीका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि प्राविधिक पुस्तकालयको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले राज्यको ठोस नीति र कार्यक्रम नहुँदा पुस्तकालयहरु व्यवस्थित हुन नसकेका गुनासो गरे । कार्यक्रममा शिक्षा मन्त्री पौडेलले पुस्तकालय दिवशको अबसरमा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठ हुने विद्यार्थीका साथै पुस्तकालयको विकासमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा पुस्तकालय दिवशको अबसरमा शिक्षा मन्त्रालयले प्रकाशन गरेको स्मारिकाको पनि विमोचन गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies