Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बेपत्ता परिवारको घाउ बल्झाउने ‘आधा सत्य’

\"bepatta\" काठमाडौं, १६ भदौ । उनी झण्डै १४ वर्षअघि हराएका आफ्ना बाबु खोज्दै राजधानी काठमाडौं आइपुगेका हुन्छन् । सारंगी रेट्दै रेट्दै श्रीमतीलाई साथ लिएर काठमाडौं आएका उनी १३ वर्षको हुँदा बाबु बेपत्ता भएका थिए । उनी सानैमा हुँदा बेपत्ता भएकाले बाबुले नै आफूलाई चिन्छन् कि चिन्दैनन्, उनलाई थाहा छैन । तर आफ्नो बाबु कहिँ कतै जीवितै भएको हुन सक्ने सम्भावना बोकेर काठमाडौं आएका उनी कथाका मुख्य पात्र हुन् । उनी जहाँ जहाँ पुग्छन्, जोजोसँग भेट हुन्छ, ती सबैको पीडा एउटै हुन्छ । कसैको श्रीमान बेपत्ता भएको, कसैको दाजु बेपत्ता भएको श्रीमति बेपत्ता भएका पात्रहरुसँग उनको भेट हुन्छ । ती सबै जनासँग आशाको किरण बाँकी नै रहेको छ कि बेपत्ता भएको आफ्नो मान्छे एक दिन आफ्नो घरको मुल ढोका ढक्ढकाउन आइपुग्छ । माओवादी जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट बेपत्ता परिएकाहरुको आलेखबाट नाटकको आरम्भ गरिएको छ । बेपत्ता परिवारको वास्तविकतासँग गाँसिएको नाटक अन्तर्राष्ट्रिय वेपत्ताविरुद्धको दिवसका दिन मण्डला थिएटरमा मञ्चन गरिएको थियो । \"bepatta-memory\"नाटकमा पाँच वेपत्ता सदस्यको कथा समेटिएको छ । नैकापकी शोभा भट्ट, ओखलढुंगाकी नग्मा माली, बर्दियाकी जानकी चौधरी, लमजुङका रम भण्डारीको परिवारका सदस्यहरुसँगको कुराकानीका आधारमा नाटक तयार पारिएको छ । बेपत्ता परिवारजनलाई नै उपस्थित गराएको मञ्चन गरिएको नाटक ‘आधा सत्य’ हेरेर थिएटरभित्रै उनीहरु भक्कानिए । देशका लागि भन्दै लडेकाहरु कोही सहिद भए कोही अहिले मन्त्री भएका छन् । तर आफन्त हराएका परिवार भने अझै पनि आफ्नो मान्छे कहिँ कतै झुल्किन्छ कि भन्ने झिनो आशामा बाँचेको छ । नाटककार राजन खतिवडा र सिजन दाहालले लेखेको नाटक ‘आधा सत्य’को निर्देशन स्वयं खतिवडाले गरेका हुन् । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसका अवसरमा मञ्चन गरिएको यो नाटक अगामी असोज ४ गतेदेखि बर्दिया र दाङ लगायतका द्वन्द्व प्रभावित जिल्लामा प्रदर्शन गरिने निर्देशक खतिवडा बताउँछन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगले वेपत्ता परिवारको उजुरी लिने काम गरी छानबिन प्रक्रिया अघि बढाउन लागिरहेका बेला मञ्चन गरिएको हृदयविदारक यो नाटकले जो कसैलाई पनि एक पटक स्तब्ध बनाउने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy