Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

व्रिटिस र रुसबारे जंगबहादुर राणाले लेखेकाे दुर्लभ पत्र

\"Jang_Bahadur_Rana-358x300-750\" इतिहासमा जंगबहादुर राणा एक अदभूत पात्रका रुपमा चित्रण गर्ने गरिन्छ। जतिजति समय बित्दै गयो उति उसका जीवनमा भएका घटनाहरु कुनै काल्पनिक कथा जस्तै बनाएर भन्ने गरिन्छ । तर, जंगबहादुर राणा निसन्देह नेपालको इतिहासमा एक विशिष्ट क्षमता राख्ने नेता व्यक्ति हुन् । उनले नेपालमा १०४ वर्ष लामो राणाशासन भित्र्याएर गए । उनले नेपालको इतिहासमा केही नयाँ काम पनि गरेर गएका थिए । तिनै जंगबहादुर राणा नेपालको शासन सत्तामा हुँदा भएको एक रोचक सामाग्री यहाँ प्रस्तु गरिएकोछ । तत्कालीन समयमा व्रिटिशहरु एकातिर हिन्दूस्तानसम्म आफ्नो साम्राज्य विस्तार गर्दै आएका थिए भने अर्कोतिर रुसी बादशाहहरुपनि साम्राज्य विस्तार गर्ने अभियान थिए । छिमेकी चीन पनि सोही अभियानमा थियो । जंगबहादुरले एउटा समाचार थाहा पाए कि रूसी बादशाह ब्रिटिशद्धारा शासित हिन्दूस्तानमा आक्रमण गर्न ठूलो सैन्य दलबलसहित आउनेवाला छ । त्यो खबर जंगबहादुरले थाहा पाएपछि उनी सोंचमग्न भए र योजना बनाउन थाले। सोही योजना अनुसार उनी तराईतिर शिकार खेल्न निस्किए । नजिकै हिन्दूस्तानमा राज गरिरहेको व्रिटिसको साथ लाग्ने कि रुसको साथ लाग्ने भन्नेमा उनी विलखबन्दमा परे । अन्तिममा उनी कहाँसम्म सोँच्न पुगे भने त्यही मौकामा व्रिटिसलाई सहयोग गरि सुनौली संन्धिमा गुमेको कुमाउ गढवाल फिर्ता लिने । तर ब्रिटिसले पहिला लिएको थोरै मात्रै जंगल नै जंगलले घेरिएको भूमि दिए पनि उनी चिढिएका थिए । अन्ततः जंगबहादुर ती साम्राज्य विस्तार गर्दै आएका शक्तिहरु मध्ये यदि साँच्चै रुस हिन्दूस्तान पस्यो भने रुससँग ठूलो सहयोग माग्ने निस्कर्षमा पुगे र युरोपीयसँग कुरा गर्दा आफ्नो भित्री भेद कहिल्यै नखोल्नेमा पुगे । त्यही रणनीति बनाएर जंगबहादुर शिकारबाट फर्कंर्दै गर्दा ब्रिटिश रेजिडेन्टका अंग्रेज अफिसरहरूसँग चित्लाङ्गमा भेट भयो । त्यही मौकामा जंगबहादुरले अंग्रेजहरूसँग कुराकानी गरे । अंग्रेसहरुले नेपाललाई जे चाहिएको हो त्यो सबै दिने बचन दिए । त्यसपछि उनले वि.सं.१९२९ मा हुकुम जारी गर्दै निम्न कुराहरु बताएका थिए । १९२९ सालको सवारी मुकाम कमला नदीमा श्री ३ महाराजबाट हुकुम भयाको कुरा रुस् आई अरु सेट्याल यसियाका राजाहरूसँग भयाका बेपारको घावमोजीम यांहा पनि घा गर गर्दैनौ भन्या लड्न तयार हौ भनि भन्यो भन्या दिन्या जबाब– १ पहिले बृटिश गवरमेन्टसंग तिम्रो हाम्रो धेरै दिनदेखि दोस्ति भै तिमीहरूलाई हामीले मानि आयाको हो, आज हाम्रा ढोकाका नजदिक रुस आइरहेछ, जस्तै अघिदेखि मानि आयाका छौं, सोही बमोजिम हामिलाई मानी बस्, तेसलाई हामी हटाई देउला भंछौ भन्या हाम्रो मंजुर छ, तेसलाई हटाइदेउ हामी हटाउन सकदैनौं, तिम्रो मुलुकको जसो गरी रक्षा हुन्छ आफै गर, तिम्रो सरोकार हामीलाई छैन, भंन्छौ भन्या यही बेहोरा लेखि हामीलाई जवाफ देऊ र जन उपायले होला आफु बचाउ हुन्या पाठ गरला भनि बृटिश गवरमेन्टसंग कुरा कहानी गरी लिखत लिनु रुसलाई हामी हटाउंछु धंदा मान्नुपर्दैन भनि भन्यो भन्या २४ तोप र २० हजार फौज म तयार गर्छु तेतिलाई पुग्न्या ब्रिजलोडर ऐको षजाना र अरु जो जो चाहियाको देउ र तिम्रा सल्लाह बमोजिम् भर्मगदुर गरुंला भनि भंनु पाइयो भन्दा रुसलाई बृटिश सर्कारसंग धेरै लडायी भै घा अहद गरी उनीलाई मानी आयाको छ, यो कुराको सवाल उनिसंग गर भनि जवाफ दिनु– २ कदाचित् तिम्रो पनाह लिन हामी सकदैनौं भनि बृटिश सर्कारबाट जवाफ मिल्यो भन्या रुसले लाहुरसम्म आइपुग्या पछी यति तोप येति फौज हामी तयार गरी ल्याउछौ, व्रिज लोडर उतिलाई पुग्न्या गरी खरखजाना देउ रीझबापत हाम्रा पुरानो मुलुक गढकुमाउ र अरु जगा जो मिलोस् अंग्रेजलाई मानी आयाबमोजीम् तिमीलाई मान्नालाई र तिमीसित लड्नामा हामी तयार छौ भनि पठाउनु– ३ ई उरोपियानसंग राजकाजको कुरा काहानी गर्दा भित्री चेवाचर्चा गरी पठाउनु हुदैन, अखवारमा छापी जाहेर हुंछ, तर निमीत्त रुस लाहुरमा आई पुग्या पछी मात्र कुरा गर्न हुंछ बिच चेवा मार्फत कुरा गरी पठाउन हुदैन– ४ जंगका मुंसिहरूको टिपोट यो माथि लेखियाको मुद्दामा २९ साल मीति फागुन वदी ११ रोज १ का दीन चीतलाङ मुकाममा श्री ३ महाराजबाट मेजर जनरल केदारनरसिं राणालाई समेत साथ ली रजिडंट साहेब मिष्टर गर्डीलस्टोन भाइसरोवायका छोरा मिष्टर वीयाटिंरमुसाहेब कप्तान विडल तीनै जना बसी रह्याको वेलामा निजहरूका तंवुमा सवारी भै यारकदतर्फ पनि रुसले दखल गर्दे आयो भंन्या खवर छापामा लेखी आयाको रहेछ, सो कुरा साँचो ठर्हयो भन्या हाम्रो जुम्लाको नजिक आई पुग्यो हामीलाई पनि दहसत हुन्या भयो, केही गरी रुससँग जोरीयो भन्या हामीलाई पनि कठीन भयो, यसो भयो भन्या बृटिश सर्कारबाट मद्दत होइसक्छ, सकदैन भनी सोधी बक्सदा साहेबहरूले बृटिश सरकारले आफ्ना बचाउ र फाइदा निमित्त पनि नेपाल सर्कारलाई उस्तो परी आयो भन्या भरमगदुर मद्दत दी सोतंत्रता थामी दिन्याछन् यसमा संदेह छैन, भन्या जवान जवाव दिया शुभम् स्रोतः मुन्सिखाना
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending