Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

भाल्थुम कालिका मन्दिर पुननिमार्ण समितिमा दलितलाई राखिएन

\"vyalthumस्याङजा, १९ भदौ । स्याङ्जाको पिडिखोला गाविसमा अवस्थित भाल्थुम कालिका मन्दिर पुननिमार्णका लागी गठन गरिएको समितीमा दलितहरुको प्रतिनिधित्व नभएको भन्दै दलित समुदायहरुले गुनासो गरेका छन । २०७२ वैशाख १२ को भुकम्पले केही चर्काएको भाग वर्षाका कारण मन्दिरको उत्तर तर्फको वाँध झण्डै १.५ मिटर जमिन भित्र भासिए पछि अर्को वाँधले समेत ठाँउ छाडेर मन्दिरको अगाडिको छानो खसेको छ । छानोका कारण मन्दिरको प्रवेशद्धार नै छोपिएको र मन्दिर भित्र दर्शनका लागी जोखिम मोल्नुपर्ने वाध्यता रहेको स्थानीयले बताएका छन । ठुलो दशैं, चैते दशैं र चण्डीपूर्णि पर्वमा दर्शनार्थीकोे मन्दिरमा वाक्लो भिड लाग्ने गर्दछ । स्याङ्जा जिल्लाकै दोस्रो वलि दिने कालिका मन्दिरको रुपमा परिचित भाल्थुम कालिका मन्दिरमा स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी देखि दर्शनाथीहरु आउने गर्दछन् । मन्दिर पुननिमाण समितिको अध्यक्षमा तिल वहादुर तराँउ मगर, सचिवमा गोपाल फौंजाली मगर, कोषाध्यक्षमा तुलसी थापा मगर, सदस्यहरुमा यमनाथ पौडेल, याम वहादुर सिङ्जाली, शेर वहादुर थापा, गुप्त वहादुर थापा, जसविर राना, जसजित रेष्मी, नुन्नु नारायण पौडेल, रेवन सिंह थापा, लगाएतको नाम आए पछि दलित समुदायहरुले आफ्नो प्रतिनिधित्व सम्म नभएको भन्दै दुख व्यक्त गरेका छन । शेर वहादुर थापा, शस वहादुर राना, पदम राना, भक्त वहादुर राना, पिताम्वर रखाली लगाएतको पाँच सदस्यीय सल्लाहकार समितिमा पनि दलितहरुको सहभागीता नगराएकाले आफुहरुले समती गठनमा संका व्यक्त गरेको दलित समुदायहरुको भनाइ छ । विनोद रखाली मगर, छक वहादुर थापा मगर, विमल रखाली मगर लगाएतको तिन सदस्यीय प्राविधिक तथा प्रचार प्रसार समितिमा पनि दलित प्रतिनीधी राख्न तर्फ कसैको ध्यान नगएको दलित समुदायहरुले बताएका छन । स्याङ्जा पिडीखोला चार चितुङ घर भइ हाल मलेसीयामा कार्यरत युवा समाजसेवी सुमन विश्वकर्माले मन्दिरको नराम्रो हालत थाहा पाएर सवैले भन्दा पहिला मन्दिर पुननिर्माणका लागी आफुले पहल गरेको तर त्यत्रो उपसमिती निमार्ण गर्दा पनि आफ्नो कुनै वास्ता नगरीएको प्रति खेद व्यक्त गरे । विश्वकर्माले राज्यले सवै सर्वजनिक स्थलहरुमा र निकायहरुमा दलितहरुको समान सहभागीता भनेर संविधानमै घोषण गरे पनि भाल्थुम कालिका मन्दिर जस्तो सार्वजनिक स्थलमा दलितहरुको सहभागीता नहुनु संविधानको उपहास गर्नु भएको उल्लेख गरे । भाल्थुम कालीका मन्दिरमा दलित समुदायहरुले पनि भिभिन्न चन्दा, सहयोग र दान गर्दै आएका छन र मन्दिरको पिल्लर भास्सीएछी पनि दलितहरुको पुननिमार्णमा उत्तिकै चासो देखाएको विश्वकर्माको दावी छ । “दलित समुदायका केही युवाहरुले मन्दिर पुननिमार्णका लागी सवैले भन्दा पहिले अभियान नै थाले, विभिन्न पत्रकार तथा मिडीयाहरुलाइ मन्दिरको यथार्थका विषयमा सुनाएर समाचार सम्प्रेषण गर्न आग्रह गरे तर ती नै दलित समुदायहरुलाइ समीतीको कुनै पनि पदमा राखेनन” विश्वकर्माको आरोप छ । “आफुहरुलाइ उच्च वर्ग र सम्प्रदायका केही मानिसहरुले दलित भनेर उपेक्षा गरेको छ” । विश्वकर्माको आपत्ति छ । विश्वकर्माले मन्दिर प्रभावित क्षेत्रका केही मानिसहरुलाइ मन्दिर पुननिमार्णका लागी आफुले दवाव दिएको र मन्दिरको विषयमा वढि चासो लिने विमल रखाली मगरलाइ आर्थिक पाटोको जीम्मेवारी समाल्न आग्रह गरेको उल्लेख गर्दै आर्थिक पाटोमा पनि पुरानै अनुहारलाइ दोहोराएको बताए । विश्वकर्माले मन्दिर प्रभावित क्षेत्रका सुतिरेका मानिसहरुलाइ मन्दिर पुननिमार्णका लागी विउझाउने कामको सुरुवात आफुले गरेको बताउदै आज मेरै दलित वस्तिबाट एउटा पनि दलित प्रतिनिधी किन राखीएन भनेर प्रश्न गर्नु भएको छ । मन्दिरका लागी मरिमेट्ने दलित तर दलित समुदायकै प्रतिनिधित्व सम्म नभएको प्रति आक्रोश व्यक्त गर्दै उनले भने “मेरो समाजको दृष्टि फेरीयो होला भनेको थिए अझै पनि भित्र भित्रै सामन्तीहरु बाँचिरहेका रहेछन” । भाल्थुम कालिका मन्दिर पुननिमार्णका लागी गठन गरिएको समितीमा दलितहरुको प्रतिनिधित्व नहुनु सरासर दलितहरु माथी गरीएको विभेद भएको ठहर गर्दै विश्वकर्माले यस्ता खाले दलित समुदायहरु माथि हुने विभेदको अन्त्य गर्न सवै सचेत वर्ग र समुदायहरुलाइ लाग्न आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies