Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कसले भित्र्यायो तीजको गीतमा ‘रत्यौली’ ?

\"teej\" काठमाडौं, १९ भदौ । हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीज आइतबार ब्रत तथा पूजा आरधना गरी मनाउँदैछन् । हिन्दु धर्मका देवता शिवको आरधना गरी महिलाहरुले मनाउने यो पर्वको रमाइलो पक्ष भनेको गीत संगीत हो । नितान्त नौलो भाकामा नारी बेदनाका शब्दहरु गुन्गुनाएर थपडी बजाउँदै नाचगान गर्ने भएकाले पनि तीजको रौनकता छुट्टै भेटिन्छ । तीजमा घर गरेकी चेलीले सासु, ससुरा तथा घर परिवारले दिएको कष्ट र पीडाहरु गीतका माध्यामबाट पोको फुकाउन नारीलाई स्वतन्त्रता हुन्छ । माइतीघरमा मिठो खाने र माइतीको आँगनीमा बसेर साथीसंगीहरुसँगै बसेर गीत गाएर वर्षभरीको दुःख बिर्साउने समयका रुपमा नारीहरु तीजलाई लिने गर्दछन् । महिलाहरुले घर गृहस्थीमात्रै गर्नुपर्ने, जुठोभाँडो, गोबर सोत्तर तथा घाँस दाउरामात्रै गर्नुपर्ने बाध्यता भने हाम्रो समाजमा विस्तारै कम हुँदै पनि गएको छ । त्यसैले पनि तीज गीतमा त्यस्ता भावनाहरु हराउँदै गएको हुन सक्ने संस्कृतिविद्हरु बताउँछन् ।
राष्ट्रिय कालाकारहरु विष्णु माझी, कोमल ओलीदेखि ज्योति मगरका गीतहरुमा रत्यौली खालका छन् । तीजको मौसममा मात्रै गीत गाउने केही मौसमी कलाकारहरुले पनि तीजलाई अश्लिल बनाइरहेका छन् ।
नारी बेदना पोख्ने तीज गीतहरुमा हिजोआज भने रत्यौली मिसिएको छ । विवाहका बेला बर पक्षको घरमा महिलाहरुले गाउँने रत्यौली जहाँ, पुरुषलाई निषेध गरिएको हुन्छ । अश्लिल गीत गाउने र नाच्ने भएकाले त्यहा पुरुषलाई प्रवेश नगरिएको हो । त्यस्तै खालका रत्यौली गीतहरु हिजो कलाकारहरुले तीज गीतमा पनि भित्राएका छन् । त्यस्ता गीतहरु भित्राउनेमा राष्ट्रिय स्तरका चीरपरिचित कलाकारहरु छन् । राष्ट्रिय कालाकारहरु विष्णु माझी, कोमल ओलीदेखि ज्योति मगरका गीतहरुमा रत्यौली खालका छन् । तीजको मौसममा मात्रै गीत गाउने केही मौसमी कलाकारहरुले पनि तीजलाई अश्लिल बनाइरहेका छन् । गायिका विष्णु माझीले पाँच वर्षअघि ‘झन माथि सार्यो, झन तल झर्छ, हाय मेरो फरिया’ गीत गाइन् । विष्णु माझीको यो गीत राम्रैसँग चल्यो । त्यसपछिका हरेक तीजमा विष्णु फरिया शब्द झुण्ड्याएर गीत गाएकी छन् । यस्ता गीतले तीजलाई विकृतितर्फ लैजाने भनिए पनि यस्ता गीतहरुले प्रश्रय पाउँदै गयो । \"14249103_206269059789251_1817013815_n-750\" गायिका कोमल ओलीले ‘पोइला जान पाम’ भन्ने गीत गाइन् । पोइला जान पामले राम्रै बजार लिएपछि उनले हरेक वर्षको तीजमा पोइ शब्द छुटाउन चाहिनन् । अहिले चाँही अति नै भएर हो वा ‘पोइ’ झुण्ड्याउनलाई हो ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी हो’ भनेर गीत गाइन् । गायिका ज्योति मगरले पनि गीतमा मात्र होइन, तीज गीतको भिडियो नै अंग प्रदर्शन गरी निकाल्न थालिन् । त्यस्ता गीतहरु यू–ट्युबमा पनि धेरै नै डाउनलोड हुने भएपछि कलाकारहरुले ब्यापारको रुपमा लिएका छन् । ज्योतिले गत वर्ष श्रीदेवी देवकोटाको ‘चोरी खान पल्केको ढाडे बिरालो’मा छोटो लुगा लगाएर अभिनय गरिन् । त्यसलाई मिडियाहरुले रोक लगाए पनि चोरी खान पल्केकाहरुले चोरी चोरी हेरेपछि ब्यापार घट्ने कुरै भएन । श्रीदेवीले त्यसअघि ‘पिठ्यूँमा चिलायो, कन्याइदेऊ...’ भन्दै तीजमा रत्यौली भित्राएकी थिइन् । मौसमी गीत मात्रै निकाल्ने उनले यो वर्ष पनि त्यस्तै रत्यौली शब्द चयन गर्दै लोक संस्कृतिको रक्षा गर्नुपर्ने सन्देश बोकेको ‘...लाए खोल्दिन्छु’ गीत निकालेकी छन् ।
राष्ट्रिय कलाकारका रुपमा चिरपरिचित कलाकारहरुले संस्कृतिलाई जर्गेर्ना गर्नुसट्टा विकृति बढाउँदै लैजाने हो भने अन्य मौसमी कलाकार तथा ब्यापारीहरुले यसको फाइदा लिनेछन् ।
अघिल्लो वर्ष अर्काको गीतमा नाचेरै चर्चामा आएकी मोडल तथा गायिका ज्योतिले यसपाली ‘केरा काटेर’ भन्ने गीतमा भित्री बस्ने देखिने गरी नै नाचेपछि गीत प्रतिबन्ध लगाइयो । तर पनि यू ट्युब प्रतिबन्धित गीतहरु अझै राखिएका छन् । ज्योतिले ‘यसपालीको तीजमा दरको साटो रक्सी खाइन्छ’ भनेर भनेर अर्को रत्यौली भाकाको गीत पनि निकालिन् । ज्योतिको गीतमा प्रतिबन्ध लगाउने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले निर्णय गरे पनि उनको यो प्रवृत्ति रोकिएको छैन । राष्ट्रिय कलाकारका रुपमा चिरपरिचित कलाकारहरुले संस्कृतिलाई जर्गेर्ना गर्नुसट्टा विकृति बढाउँदै लैजाने हो भने अन्य मौसमी कलाकार तथा ब्यापारीहरुले यसको फाइदा लिनेछन् । त्यसैले तीजलाई तीजबाट रत्यौली बनाउने हो भने राज्यले नै तीज मनाउन प्रतिबन्ध लगाइदिने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसतर्फ राष्ट्रिय कलाकारहरुले ध्यान दिने कि !   हेर्नुहाेस् भिडियाे https://www.youtube.com/watch?v=VmXvKmKR6s0
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: