Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कसले भित्र्यायो तीजको गीतमा ‘रत्यौली’ ?

\"teej\" काठमाडौं, १९ भदौ । हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीज आइतबार ब्रत तथा पूजा आरधना गरी मनाउँदैछन् । हिन्दु धर्मका देवता शिवको आरधना गरी महिलाहरुले मनाउने यो पर्वको रमाइलो पक्ष भनेको गीत संगीत हो । नितान्त नौलो भाकामा नारी बेदनाका शब्दहरु गुन्गुनाएर थपडी बजाउँदै नाचगान गर्ने भएकाले पनि तीजको रौनकता छुट्टै भेटिन्छ । तीजमा घर गरेकी चेलीले सासु, ससुरा तथा घर परिवारले दिएको कष्ट र पीडाहरु गीतका माध्यामबाट पोको फुकाउन नारीलाई स्वतन्त्रता हुन्छ । माइतीघरमा मिठो खाने र माइतीको आँगनीमा बसेर साथीसंगीहरुसँगै बसेर गीत गाएर वर्षभरीको दुःख बिर्साउने समयका रुपमा नारीहरु तीजलाई लिने गर्दछन् । महिलाहरुले घर गृहस्थीमात्रै गर्नुपर्ने, जुठोभाँडो, गोबर सोत्तर तथा घाँस दाउरामात्रै गर्नुपर्ने बाध्यता भने हाम्रो समाजमा विस्तारै कम हुँदै पनि गएको छ । त्यसैले पनि तीज गीतमा त्यस्ता भावनाहरु हराउँदै गएको हुन सक्ने संस्कृतिविद्हरु बताउँछन् ।
राष्ट्रिय कालाकारहरु विष्णु माझी, कोमल ओलीदेखि ज्योति मगरका गीतहरुमा रत्यौली खालका छन् । तीजको मौसममा मात्रै गीत गाउने केही मौसमी कलाकारहरुले पनि तीजलाई अश्लिल बनाइरहेका छन् ।
नारी बेदना पोख्ने तीज गीतहरुमा हिजोआज भने रत्यौली मिसिएको छ । विवाहका बेला बर पक्षको घरमा महिलाहरुले गाउँने रत्यौली जहाँ, पुरुषलाई निषेध गरिएको हुन्छ । अश्लिल गीत गाउने र नाच्ने भएकाले त्यहा पुरुषलाई प्रवेश नगरिएको हो । त्यस्तै खालका रत्यौली गीतहरु हिजो कलाकारहरुले तीज गीतमा पनि भित्राएका छन् । त्यस्ता गीतहरु भित्राउनेमा राष्ट्रिय स्तरका चीरपरिचित कलाकारहरु छन् । राष्ट्रिय कालाकारहरु विष्णु माझी, कोमल ओलीदेखि ज्योति मगरका गीतहरुमा रत्यौली खालका छन् । तीजको मौसममा मात्रै गीत गाउने केही मौसमी कलाकारहरुले पनि तीजलाई अश्लिल बनाइरहेका छन् । गायिका विष्णु माझीले पाँच वर्षअघि ‘झन माथि सार्यो, झन तल झर्छ, हाय मेरो फरिया’ गीत गाइन् । विष्णु माझीको यो गीत राम्रैसँग चल्यो । त्यसपछिका हरेक तीजमा विष्णु फरिया शब्द झुण्ड्याएर गीत गाएकी छन् । यस्ता गीतले तीजलाई विकृतितर्फ लैजाने भनिए पनि यस्ता गीतहरुले प्रश्रय पाउँदै गयो । \"14249103_206269059789251_1817013815_n-750\" गायिका कोमल ओलीले ‘पोइला जान पाम’ भन्ने गीत गाइन् । पोइला जान पामले राम्रै बजार लिएपछि उनले हरेक वर्षको तीजमा पोइ शब्द छुटाउन चाहिनन् । अहिले चाँही अति नै भएर हो वा ‘पोइ’ झुण्ड्याउनलाई हो ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी हो’ भनेर गीत गाइन् । गायिका ज्योति मगरले पनि गीतमा मात्र होइन, तीज गीतको भिडियो नै अंग प्रदर्शन गरी निकाल्न थालिन् । त्यस्ता गीतहरु यू–ट्युबमा पनि धेरै नै डाउनलोड हुने भएपछि कलाकारहरुले ब्यापारको रुपमा लिएका छन् । ज्योतिले गत वर्ष श्रीदेवी देवकोटाको ‘चोरी खान पल्केको ढाडे बिरालो’मा छोटो लुगा लगाएर अभिनय गरिन् । त्यसलाई मिडियाहरुले रोक लगाए पनि चोरी खान पल्केकाहरुले चोरी चोरी हेरेपछि ब्यापार घट्ने कुरै भएन । श्रीदेवीले त्यसअघि ‘पिठ्यूँमा चिलायो, कन्याइदेऊ...’ भन्दै तीजमा रत्यौली भित्राएकी थिइन् । मौसमी गीत मात्रै निकाल्ने उनले यो वर्ष पनि त्यस्तै रत्यौली शब्द चयन गर्दै लोक संस्कृतिको रक्षा गर्नुपर्ने सन्देश बोकेको ‘...लाए खोल्दिन्छु’ गीत निकालेकी छन् ।
राष्ट्रिय कलाकारका रुपमा चिरपरिचित कलाकारहरुले संस्कृतिलाई जर्गेर्ना गर्नुसट्टा विकृति बढाउँदै लैजाने हो भने अन्य मौसमी कलाकार तथा ब्यापारीहरुले यसको फाइदा लिनेछन् ।
अघिल्लो वर्ष अर्काको गीतमा नाचेरै चर्चामा आएकी मोडल तथा गायिका ज्योतिले यसपाली ‘केरा काटेर’ भन्ने गीतमा भित्री बस्ने देखिने गरी नै नाचेपछि गीत प्रतिबन्ध लगाइयो । तर पनि यू ट्युब प्रतिबन्धित गीतहरु अझै राखिएका छन् । ज्योतिले ‘यसपालीको तीजमा दरको साटो रक्सी खाइन्छ’ भनेर भनेर अर्को रत्यौली भाकाको गीत पनि निकालिन् । ज्योतिको गीतमा प्रतिबन्ध लगाउने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले निर्णय गरे पनि उनको यो प्रवृत्ति रोकिएको छैन । राष्ट्रिय कलाकारका रुपमा चिरपरिचित कलाकारहरुले संस्कृतिलाई जर्गेर्ना गर्नुसट्टा विकृति बढाउँदै लैजाने हो भने अन्य मौसमी कलाकार तथा ब्यापारीहरुले यसको फाइदा लिनेछन् । त्यसैले तीजलाई तीजबाट रत्यौली बनाउने हो भने राज्यले नै तीज मनाउन प्रतिबन्ध लगाइदिने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसतर्फ राष्ट्रिय कलाकारहरुले ध्यान दिने कि !   हेर्नुहाेस् भिडियाे https://www.youtube.com/watch?v=VmXvKmKR6s0
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending