Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कसरी खिइन्छ घुँडाको जोर्नी? थाहा पाउनुहोस बच्ने उपाय

\"kneeकाठमाडौं । आधुनिक जीवनशैलीको नाममा अधिकांश मान्े अल्छी जीवनशैली अपनाइरहेका छन् । अल्छिपनकै कारण विभिन्न रोगको सिकार हुनु परेको छ । अमिल्दो खानपान , व्याम नगर्नु , लामो समयसम्म हिँडाइ र बसाई , मोटोपन, क्याल्सियमको कमीका कारण पुट्ठा वा घुँडाको जोर्नी खिइने गरेको पाइएको छ । नेपालीमा पुट्ठाभन्दा घुाडाको जोर्नी खिइने समस्या बढी छ । किन खिइन्छ जोर्नी ? खिइएको कसरी थाहा पाउने ? सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन प्रा.डा. दीर्घराज आरसीले विस्तृतमा बताएका छन् । जोर्नी खिइने कारण १ , उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ । यसको कुनै कारण नै हुदैन । यस्तो जोर्नी खियाइलाई प्राइमरी ओस्टियोअर्थराइटिस भनिन्छ । २ .घुाडा र पुट्ठामा फ्याक्चर भयो या राम्रोसाग जोडिएन भने पछि गएर जोर्नी खिइन्छ र काम नदिने हुन्छ । यसलाई सेकेन्डरी ओस्टियोअर्थराइटिस भनिन्छ । ३.कसैकसैमा जन्मजात जोर्नी बिग्रिएर आउने हुन्छ । केटी मान्छेमा यो समस्या बढी हुन्छ । ३०–४० वर्षपछि हिड्नै नसक्ने हुन्छ । जन्मजात बिग्रिएर आएकालाई भने गाह्रो हुन्छ । यसलाई प्राइमरी कम्प्लेक्समेन्ट भनिन्छ । ४. शरीरको कुनै भित्री कारण सुजन भएर पनि जोर्नी खिइने हुन्छ । यो प्रकारको खियाइलाई इन्फ्लामेन्ट्री आर्थराइटिस भनिन्छ । ५. बाथको कारण पनि जोर्नी बिग्रिने सम्भावना हुन्छ । ६. स्टोराइड औषधिको सेवनका कारण पनि जोर्नी खिइन्छ । ७. कहिलेकाहीा जोर्नीमा हुने विभिन्न संक्रमणहरू (टिबी, घाउ) आदिका कारण पनि जोर्नी खिइन्छ । जोर्नी खिइएको लक्षण जोर्नी खिइएको थाहा पाउन खासै असजिलो छैन । सामान्य मान्छेमा जोर्नीमा दुखाइ हुदैन । जोर्नी खिइएका मानिसमा भने ती स्थानमा दुखाइ हुन्छ । पीडित व्यक्ति पलोटी मारेर बस्न सक्दैन । भुइमा थ्याच्च बस्न पनि सक्दैन । पुट्ठाको जोर्नी खिइएको व्यक्ति दिसा गर्न बस्दा दुखेको महसुस हुन्छ । घुँडाको जोर्नी खिइएको व्यक्ति उकालो–ओरालो गर्दा गाह्रो हुन्छ । दुखाइ कम गर्ने औषधि खाादा एक–दुई घन्टा ठीक हुन्छ, तर पुनस् दुख्न थाल्छ । जोर्नी खिइने चार चरण जोर्नी खिइने पनि चरण हुन्छन् । खियाइ कुन चरणमा पुगेको छ भनेर हाडजोर्नी रोग विशेषज्ञलाई जाँच गराएपछि मात्रै थाहा हुन्छ । यस्ता छन् बच्ने उपाय  पहिलो र दोस्रो चरण पहिलो र दोस्रो चरणको खियाइमा हामी (चिकित्सक) बिरामीलाई औषधि दिने, नियमित एक्सरसाइज गराउने र मोटाइ कम गराउने सुझाब र सल्लाह दिन्छौँ । खियाइ यही चरणमा छ भने बिरामीले तत्काल साधारण एक्सरसाइज गर्ने, पुट्ठा र घुाडालाई असर गर्ने काम नगर्ने पाटोमा सचेत हुनुपर्छ । जस्तै लामो समयसम्म उभिएर काम गर्ने, हेबी लोड उचाल्ने, लामो बाटो हिाड्ने, बढी समय एकै ठाउँमा पलेटी कसेर बस्नेजस्ता काम गर्नुहुदैन । दुई चरणको अवस्थामा यस्तै सल्लाह र केही औषधि सेवन गर्ने सल्लाह दिने हो । यस्तो अवस्थामा फलफूल, भिटामिन डी र प्रोटिनयुक्त खानेकुरा बढी खानुपर्छ । तेस्रो र चौथो चरण जोर्नी खियाइको क्रम तेस्रो या चौथो चरणमा पुगेको छ भने उपचारको प्रक्रियामा फरक ढंगले अगाडि बढ्नुपर्छ । यो चरणमा कुर्कुरे हड्डीले नै काम नगर्ने अवस्थामा पुगिसकेको छ भने जोर्नी नै फेर्नुपर्छ । जोर्नी बदलेपछि भने नियमित औषधि खानुपर्दैन । जोर्नी फेर्नुको फाइदा भनेकै यही हो । फेरेको जोर्नी पुनः खिइयो भने अर्कोपटक पनि बदल्न मिल्छ, तर त्यो बदल्न अलि धेरै समय लाग्छ र खर्च पनि बढी लाग्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: