Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौं, एसियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । एसिया–प्रशान्त क्षेत्रका ४८ मुलुकको यो वर्षको आर्थिक वृद्धिसम्बन्धी ‘एसियाली विकास परिदृश्य- २०१५’ मंगलबार सार्वजनिक गर्दै एडिबीले उक्त प्रक्षेपण गरेको हो । अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहे पनि कमजोर मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपले धान, मकै, कोदोजस्ता खाद्यान्न उत्पादनमा असर पर्ने अनुमान एडिबीले गरेको छ । ‘राम्रो कृषिजन्य उत्पादन र विप्रेषण आप्रवाहमा भएको वृद्धिले आर्थिक वृद्धि र चालु खाता बचतमा रह्यो, प्रतिकूल मनसुनका कारण यो वर्ष वृद्धि कम हुने तर मौसम सामान्य रहेमा आगामी आवमा सुधार आउने छ’ एडिबीका देशीय निर्देशक केनिची योकोमाले भने । प्रतिकूल मनसुन र लम्बिँदो राजनीतिक सङ्क्रमणले गर्दा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन ४.६ प्रतिशतमा सङ्कुचित रहने अनुमान सुनाउँदै उनले धान र मकैको उत्पादन क्रमशः ५.१ र ६ प्रतिशतले घट्दा सरकारले अनुमान गरेको पाँच प्रतिशतको वृद्धि हासिल गर्न कठिन हुने बताए । विद्युत्, यातायात, सिँचाइ, सडकलगायत पूर्वाधारको अभाव हटाउन पुँजीगत खर्च वृद्धिमा बारम्बार जोड दिँदै उनले ती क्षेत्रको समुचित विकास एवम् पर्याप्त लगानी भएमा उच्च अर्थिक वृद्धिका साथै अर्थतन्त्रमा कृषि र विप्रेषणको निर्भरता हट्न सक्ने बताए । ‘अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन, वस्तु, श्रम तथा वित्तीय बजारको प्रभावकारिता प्रवद्र्धन गर्न नेपालले पूर्वाधार विकासको क्षेत्रमा बढी लगानी गर्दै निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन अपरिहार्य छ’- उच्च आर्थिक वृद्धिका पूर्वसर्त सुझाउँदै देशीय निर्देशक योकोयामाले भने । सन् २०१५-१६ मा एसियाको वृद्धिदर ६.३ प्रतिशत हुने र चीनको हालको ७।२ प्रतिशतको आर्थिक वृद्धिलाई भारतले उछिनेर ७.८ प्रतिशत पुर्‍याउने अनुमान परिदृश्यमा गरिएको छ । मोदी सरकारले थालेका सुधारका कार्यक्रमका कारण भारतको वृद्धिदर चीनको भन्दा उच्च हुने तर्क परिदृश्यले प्रस्तुत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: