Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दक्षिण कोरियाको चेतावनीपछि उत्तर कोरिया अर्को परमाणु परीक्षणको तयारीमा

\"north-korea-bumb-2\" काठमाडौं, २७ भदौ । उत्तर कोरियाले अर्को एक परमाणु परीक्षणको तयारी गरिरहेको दक्षिण कोरियाको सरकारी स्रोतले बताएको छ । संयुक्त राष्ट्रसंघले परमाणु परीक्षण गर्न रोक लगाए पनि उत्तर कोरियाले अस्वीकार गर्दै आएको छ । राष्ट्रसंघको निर्देशन विपरीत उत्तर कोरियाले छैठौं पटक परमाणु परीक्षण गर्न लागेको हो । दुई दिनअघि मात्रै परमाणु बम परीक्षण गरेको उत्तर कोरियाले पुनः अर्को परीक्षण गर्न लागेको भन्दै दक्षिण कोरिया शशंकित भएको छ । पहाडी क्षेत्रमा उत्तर कोरियाको परीक्षण साइटको एरियल फोटोग्राफ लिएपछि दक्षिण कोरियाली सरकारी अधिकारीले फेरि अर्को परीक्षण गर्न लागेको दाबी गरेको हो । छैठौंपटक परमाणु परीक्षण गर्नका लागि उत्तर कोरिया पूर्णरुपमा तयारी अवस्थामा रहेको दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले जनाएको छ । उत्तर कोरियाले आणविक परीक्षणका लागि तीन वटा सुरुङ निर्माण गरेकोमा दुई सुरुङको प्रयोग गरिसकेको छ भने एक सुरुङको प्रयोग हालसम्म नगरेको विश्लेषकहरुले निश्कर्ष निकालेका छन् । छैठौ परीक्षण सोही सुरुङमार्फत गर्ने उत्तर कोरियाले तयारी गरेको छ । \"north-korea-bumb-1\"उत्तर कोरियाले पछिल्लो पटक गत शुक्रबार परमाणु परीक्षण गरेको थियो, जुन चार परीक्षणको तुलनामा निकै शक्तिशाली रहेको थियो । उक्त परीक्षणका क्रममा ५.१ रेक्टर स्केलको भूकम्प नै गएको दाबी गरिएको छ । अमेरिका तथा उसका छिमेकी मुलुकहरुले उत्तर कोरियाले गरेको परमाणु परीक्षणको आलोचना गर्दै आएका छन् । पाँचौं परमाणु परीक्षणपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले थप नाकाबन्दी लगाउने तयारी गरिसकेको छ भने अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्ने बिषयमा गम्भीर छलफल भइरहेको जनाएको छ । कुनै पनि हमलाको परिस्थितिमा उत्तर कोरियामा ठूलो आक्रमण गर्ने चेतावनी अमेरिकाले दिएको थियो । उत्तर कोरियाले ताजा परमाणु परीक्षण गरेमा उसकाविरुद्ध एकतर्फी हमला गर्नेबारेमा छलफल भइरहेको उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधिले बताएका थिए । दक्षिण कोरियाले पनि उत्तरले कुनै पनि आणविक परमाणु परीक्षण गरे राजधानी प्योङयाङमा आक्रमण गर्ने चेतावनी दिएको थियो । -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy