Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

छक्क पार्‍यो “छक्का पन्जा”ले

\"chhakka-panja\"यतिवेला बजारमा चर्चा छ नेपाली चलचित्र ‘छक्का पन्जा’को । कतिसम्म भन्न सकिन्छ भने ‘छक्का पन्जा’ हेर्न अहिले चलचित्र हलमा मानव सागर उर्लिएको छ । हिन्दी चलचित्रमाथि नेपाली चलचित्र हावी भएको यो धेरै पछि हो । चलचित्र हेर्न सर्वसाधारण मात्र होइन, राजनीतिक दलका शीर्ष नेता पनि हलमा पुगे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपालसहित स्थायी समिति सदस्यहरू लाइन लागेरै हलभित्र पुगे । चलचित्र हेरिसकेपछि ओलीले दीपालाई भने, ‘जीवनमा चाहिँ छक्कापन्जा गर्नुहुँदैन, फिल्म राम्रो छ है ।’ निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार सोमबारसम्ममा चलचित्रले साढे दुई करोडभन्दा बढीको व्यापार गरिसकेको छ । अझै पनि हलमा दर्शकको चार्म घटेको छैन । देशका ८० हलमा एकै साथ प्रदर्शन भएको ‘छक्का पन्जा’ले दर्शकको वाहीवाही पाएको छ । दीपाले भनिन्, ‘दर्शकको भीडलाई देखेपछि मेरो आँखा रसायो । हल सञ्चालकले २१ वर्षपछि बल्ल नेपाली चलचित्रमा यस्तो भीड देखियो भन्नुभयो ।’ दीपाले नै दर्शकबाट बलिउड फिल्मको झल्को दिने नेपाली चलचित्र आएको प्रतिक्रिया पाइन् । दीपा त रोइन्, दीपकको आँखामा पनि खुसीको आँसु झ¥यो कि ? दीपकले ठट्यौली पारामा भने, ‘मेरो कोटाको पनि दीपा नै रोइन् । त्यसैले मलाई त उनलाई भुलाउनै ठिक्क भयो ।’ गिरीले थपे, ‘थुप्रै प्रोड्युसर रोइरहेका वेला हामी किन रुने ? हाँस्ने हो नि !’ यसअघिका दुई चलचित्रले भन्दा ‘छक्का पन्जा’ले तेब्बर व्यापार गरेको दीपा बताउँछिन् । ‘चलचित्र छ एकान छ’ र ‘वडा नम्बर छ’ले पाँच करोडभन्दा बढीको व्यापार गरेको थियो । यो चलचित्रलाई ह्याट्रिक गर्नै पर्ने दबाब रहेको पनि दीपाको भनाइ छ । आफूले निर्देशन गरेको फिल्मले राम्रो व्यापार गरेकोमा उनले खुसी व्यक्त गरिन् । दर्शकले छक्का पन्जाको पटकथा, सम्वाद, अभिनयलाई निकै मन पराएका छन् । दीपाले भनिन्, ‘मलाई हरिवंश दाइले तीनपटकसम्म फोन गरेर बधाई दिनुभयो । आफ्नो गुरुले बधाई दिँदा निकै खुसी लाग्यो ।’ फिल्मले राम्रो व्यापार गरेपछि दीपा निकै हौसिएकी छिन् । भन्छिन्, ‘मैले राम्रो पटकथा पाएर, अब्बल निर्देशन गर्न सकेँ । राम्रो पटकथा पउने हो भने महिलाले पनि देखाउन सक्छन् भन्ने प्रमाण हो यो । चलचित्र हेर्न हलमा पुगेका एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले फिल्मलाई निकै मन पराए । फिल्म सकेर हलबाट निस्किएपछि खनालले दीपालाई भने, ‘फिल्म कमेडी मात्र पनि रहेनछ । रुवाउँछ पनि, रुवाउँदारुवाउँदै हसाउँछ ।’ पूर्वप्रधानमन्त्री माधव नेपालले पनि नेपालमा यस्ता फिल्म बने लगानी गर्न सजिलो पर्ने पनि उल्लेख गरे । फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्ने बुढा’, बुद्धि तामाङ ‘हैट’, वर्षा शिवाकोटी, नम्रता सापकोटा, सुमन गिरीलगायतको अभिनय रहेको छ । नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: