Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

एप्पलको आईओएस १० सार्वजनिक

\"ios10\"एप्पलले आइफोन, आइप्याड र आइपोडको लागि आईओएसको नयाँ संस्करण ‘आईओएस १०’ मंगलबार सार्वजनिक गरेको छ। गत जुनमा आयोजित विश्व डेभलपर कन्फ्रेन्समा एप्पलले आफ्नो आगामी आईओएस नयाँ फिचरसहित आउने जानकारी गराएको थियो । एप्पलका कार्यकारी प्रमुख टिम कुकले आईओएस १० अहिलेसम्मकै सर्वाधिक परिष्कृत मोवाइल अपरेटिङ सिस्टम हुने दाबी गरेका छन् । के छ आईओएस १० मा ? आईओएस १० माआ आफ्नो मेसेजिङ एप ‘आई म्यासेज’लाई विशेष ध्यान दिइएको छ । मल्टिमिडिया फिचर रहेको म्यासेजिङमा स्टिकर, एनिमेसन र इमोजी किबोर्ड राखिएको छ । प्रयोगकर्ताले आफ्नो हस्तलिखित सन्देशलाई पनि पठाउन सक्नेछन् । नदेखिने मसीको प्रयोग गरेर सन्देश पठाउनसमेत सकिन्छ । त्यसलाई प्रापकले स्क्रिन स्विप गरेर पढ्न सक्छन् । च्याटमा समयको बचत गराउन ट्याप ब्याक फिचर पनि राखिएको छ । जसमा इमोजीको प्रयोगमार्फत कुराकानीलाई छरितो बनाउन सकिन्छ । इनबिल्ट म्याप्समा पनि व्यापक परिवर्तन गरिएको छ । एप्पलले गुगल म्यापसँग प्रतिस्पर्धा गर्न सन् २०१२ मा पहिलो पटक ल्याएको यो एपमा यस पटक प्रयोगकर्ताले स–साना पसलदेखि ग्यास स्टेसनसम्मको जानकारी पाउन सक्नेछन् । पुराना फोटोहरुलाई फेसबुकले झैं पुनः सम्झनामा ल्याउनेछ भने पुराना फोटोहरुलाई मिलाएर स्लाइड शोमार्फत मुभी पनि बनाउन सकिन्छ । एप्पलले आफ्नो सिरी भ्वाइस रेकर्डिङ सफ्टवेयरलाई थर्ड पार्टीले पनि प्रयोग गर्न सकिने किसिमले बनाएको छ । जसको कारण आईओएस १० का धेरै एप्सहरुले सिरीलाई सपोर्ट गर्नेछ । यो एपले प्रयोगकर्तालाई नचाहिने एप्सलाई मेट्ने सुविधा पनि दिएको छ । आईओएस १० पछिल्ला केही भर्सनका एप्पलका प्रोडक्टहरुमा मात्र कम्पाटिबल छ । आइफोन ५ देखि माथिका संस्कराण्हरुमा काम गर्नेछ । आइप्याडमा फोर्थ जेनेरेसन, आइप्याड एयर, आइप्याड मिनी २, आइप्याड प्रोको ९.७ इन्चभन्दा माथिका लागि मात्र सपोर्ट गर्ने जनाएको छ । यो सफ्टवेयले आइपोड टचको सिक्थ जेनेरेसनमा मात्र अपग्रेड हुने एप्पलले जनाएको छ । शुक्रबारबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: