Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अमेरिकी राष्ट्रपतिको लागि ट्रम्प र क्लिन्टनबीच तिब्र प्रतिस्पर्धा

\"clinton-trump_3404147b\"अमेरिका, ३० भदौ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धामा रहेका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनबीच पहिलो बहस सुरु हुनुभन्दा दुई हप्ता अघि कडा प्रतिस्पर्धा रहने बुधबार सार्वजनिक गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युज तथा न्युयोर्क टाइम्स ९एनवाईटी० को राष्ट्रिय मत सर्वेक्षणले हिलारी क्लिन्टनको पक्षमा ४६ प्रतिशत मत आउने देखाएको छ भने उनको प्रतिस्पर्धी रिपब्लिकन नेता ट्रम्पलाई ४४ प्रतिशत प्राप्त भएको छ । तर मतदानका लागि नाम दर्ता भएका मतदाताहरुबीच भएको सर्वेक्षणले डेमोक्रेटिक पार्टीतर्फका उम्मेदवार क्लिन्टनको ४६ प्रतिशत र ट्रम्पको ४१ प्रतिशत देखाएको छ । यसैबीच, एक दिन पहिले क्विनीपियाक युनिभर्सिटीले डेमोक्रेटिकको तेस्रो उम्मेदवारबाट समर्थन प्राप्त गरिसकेको अवस्थामा क्लिन्टनलाई ४१ प्रतिशत मत प्राप्त हुने देखिएको जनाएको छ । उक्त सर्वेक्षणले रिपब्लिकन नेता ट्रम्पलाई ३९ प्रतिशत मतदाताको समर्थन प्राप्त हुने देखाएको छ । सीबीएन अर्थात् एनवाईटीको सर्वेक्षणले टेमोक्रेटिक पार्टीका समर्थकबीच एक महिना पहिलेको तुलनामा मतदानका लागि उत्साह घटेको तर रिपब्लिकनका प्रशंसकमा भने उत्साहमा वृद्धि देखिएको दाबी गरेको छ । अगस्टको सर्वेक्षणले ७७ प्रतिशत मतदाताले आफू क्लिन्टनलाई मतदान गर्ने उत्साहित रहेको जनाएकोमा यस महिना यसमा कमी आएर ६४ प्रतिशतमा झरेको देखिएको जनाएको छ । तर रिपब्लिकनमा भने अघिल्लो महिना ४३ प्रतिशत मतदाता उत्साहित देखिएकोमा यसमा वृद्धि भएर यस महिना ६८ प्रतिशत पुगेको बताइएको छ । दुई उम्मेदवारलाई समर्थन गर्ने पुरुष मतदातामा ट्रम्पले दुई अङ्कको फरकले नेतृत्व लिएको देखिन्छ भने क्लिन्टनलाई पनि महिला मतदाताको दुई अङ्कको फरकको नेतृत्व ९लिड० हुने सर्वेक्षणले देखाएको छ । सवेक्षणले ट्रम्पलाई अफ्रिकी मूलका अमेरिकी मतदाताको मन जित्नमा कठिनाई देखिएको र क्लिन्टनलाई श्वेतहरुको समुदायमा प्रसिद्धि कमाउन गाह्रो परेको देखिएको छ । त्यसैगरी श्वेत समुदायका कम शिक्षित मतदाताहरुको आकर्षण अर्थात् ५८ प्रतिशत समर्थन ट्रम्पमा देखिएको छ तर क्लिन्टनको भने श्वेत समुदायका शिक्षित मतदाता माझ प्रभाव राम्रो देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy