Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कस्तो अनुहारलाई कुन हेयर स्टाइल सुहाउँछ ?

\"hairstyle\"काठमाडौं । सौदर्य बढाउन कपालको भूमिका कति महत्वपूर्ण हुन्छ , त्यो त सबैलाई थाहै छ । कपाल झरेर पातलो भएका तथा तालुखुइले भएकाले कपाल नहुनुको पीडा कति नमजासँग व्यक्त गरिरहेका हुन्छन् । त्यसो त टाउकामा बाक्लो कपाल हुँदैमा सुन्दर देखिने भन्ने पनि होइन । आफुलाई फिट हुने खालको हेयर स्टाइलदिएर मात्र सुन्दर लुक्स ल्याउन सकिन्छ । हेयर स्टाइलले व्यक्तिको अकर्षण नै भिन्न बनाईदिन्छ । व्युटिसियन सविना श्रेष्ठले कस्ता युवतीलाई कस्तो हेयर स्टाइल सुहाउछ भनेर टिप्स दिएकी छिन्ः लाम्चो अनुहार लाम्चो अनुहार भएका युवतीलाई छोटो कपालमै ब्युटिफुल देखिन्छ । लामो कपालले अनुहारलाई झनै लाम्चो देखाउँछ । गोलो अनुहार गोलो अनुहार भएका युवतीले चिउँडो या घाँटीसम्म आउने गरी ब्लन्ड या थाइकट गर्नु राम्रो हुन्छ । तर, यस्तो हेयर स्टाइल दिँदा बीचमा सिउँदो निकाल्नुपर्छ । यो स्टाइलले गोलो अनुहारलाई केही लाम्चो देखाइदिन्छ । गोलो अनुहार भएका युवतीले सेज्जी या फेडर कट भने राख्नु हुँदैन । बाटुलो अनुहार बाटुलो अनुहार भएका युवतीलाई कर्ली हेयर स्टाइल सबैभन्दा उत्तम हुन्छ । तर, कपाल छोटो बनाएर कर्ली स्टाइल दिनुपर्छ । निधार कपालले छोपेको हुनुपर्छ । आइलाइनभन्दा तल भने झार्नु हुँदैन । लुज पर्म पनि गरिदियो भने खास राम्रो देखिन्छ । अन्डाकार अनुहार अन्डाकार अनुहारमा सबै हेयर स्टाइल म्याच गर्छ । उमेरलाई ध्यान दिएर मात्रै सुहाउँदो कुनै स्टाइल दिन सकिन्छ । चुच्चो नाक चुच्चो नाक भएका युवतीले टाउको पछाडि हल्का च्यापेर कुमसम्म कपाल झार्दा उत्कृष्ट लुक्स आउँछ । निधारतर्फको भागमा हल्का छोटो पार्नुपर्छ । चुच्चे नाक भएका युवतीले कपाल बाँध्ने स्टाइललाई भने फलो नगर्नु नै राम्रो हुन्छ । छोटो घाँटी घाँटी छोटो भएका युवतीले घाँटी छोपिने हेयर स्टाइल गर्नु हुँदैन । घाँटी देखिने गरी ब्वाइजकट गरेको राम्रो देखिन्छ । घाँटी र चिउँडो कपालले छोपिँदा घाँटी झन् छोटो देखिन्छ । यस्ता युवतीले बरु कपाल बाँध्नु राम्रो हुन्छ । ् ठूला कान ठूला कान छन् भने छोपिने गरी कपाल छाड्नुपर्छ । बाँधेर स्टाइलिस बन्न सकिँदैन । सानो निधार सानो निधार भएका युवतीले पूरै कपाल पछाडितिर लाँदा ब्युटिफुल लुक्स आउँछ । अगाडि कपाल झार्दा निधार झन् सानो बनाइदिएर नराम्रो देखाउँछ । अग्लो स्लिम शरीर लामो र स्लिम शरीर भएका युवतीले निकै छोटो कपाल राखेको सुहाउँदैन । यस्तो हेयर स्टाइलमा फिगर बाँसजस्तो देखिन्छ । कुमभन्दा तलसम्म कपाल झार्ने स्टाइलमा ब्युटिफुल देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: