नेपालमा कसले कतिबेला कसलाई संशोधनबादी भन्यो यकिन गर्न कठिन छ । नेपालमा एक बामपन्थी गूटले अर्को गूटलाई विल्ला भिराउने शब्दको रुपमा प्रख्यात छ संशोधनबाद । आफूलाई क्रान्तिकारी देखाउन अरुलाई संशोधनबादी भन्नै पर्नेमाक्र्सकाे देहवसान भएलगत्तै लेनीनको उदय भएको थियो । युरोपका प्रायः सबै मुलुकमा एकै पटक समाजबाद आउने माक्र्सको विश्लेषणमा लेनीनले पहिलो संशोधन गर्दै समाजको परिस्थितिमा परिवर्तन आएकोले कुनै एउटा देशमा पनि समाजबाद लागू हुन सक्छ भन्ने निष्कर्ष मात्र निकालेनन् , लागू गरेर देखाइदिए । तर उनलाई संशोधनबादी भनिएन ,रुसका अरु नेताहरुले संशोधनबादीको विल्ला भिर्नु पर्यो । माक्र्सले पुजीबादका विकास भएपछि सर्बहारा बर्गको संगठित विद्रोहबाट समाजबादी सत्ता कायम हुन्छ भनेका थिए । त्यस्तो सामाजिक अबस्था नआउदै माओले चीनमा नौलो जनबादी शासन ब्यबस्था लागू गरे । माक्र्सको विश्लेषणभन्दा फरक भए पनि त्यसलाई संशोधनबाद भनिएन,क्रान्तिकारिता भनियो । यसलाई चिनिया परिस्थितिमा माक्र्सबादको सिर्जनात्मक प्रयोग भनियो । नेपालमा कसले कतिबेला कसलाई संशोधनबादी भन्यो यकिन गर्न कठिन छ । नेपालमा एक बामपन्थी गूटले अर्को गूटलाई विल्ला भिराउने शब्दको रुपमा प्रख्यात छ संशोधनबाद । आफूलाई क्रान्तिकारी देखाउन अरुलाई संशोधनबादी भन्नै पर्ने । पछिल्लो समय कमरेड किरणले कमरेड विप्लवलाई नवसंशोधनबादी भन्नुभएछ । यसको कारण के हुन सक्छ भने उहाले पहिले नै कमरेड प्रचण्ड र बाबुरामलाई संशोधनबादी भनिसक्नु भएको थियो । निःसदेह, माक्र्सबाद विज्ञान हो र वितेका दुई शताब्दी यस विज्ञानले दर्शन र राजनीतिको क्षेत्रमा तुमुलकारी परिवर्तन ल्याइदियो । त्यसो भन्दैमा यसका बारेमा प्रश्न उठाउनै नपाउने भन्ने होइन । विश्व समाजमा आएको भिमकाय र बहुआयामिक परिवर्तनले यसलाई माक्र्स, लेनीन वा माओका उद्दरणले मात्र समेट्ने अवस्था अब रहेन । विडम्वना, नेपाली कम्युनिष्ट आन्दोलनका अघिल्लो पुस्ताका नेताहरुले माक्र्स, लेनीन र माओलाई सत प्रतिसत सत्यको रुपमा बुझे र आफ्नो बुझाइभन्दा अलि फरक ढंगले बुझ्ने र ब्याख्या गर्नेलाई संसोधनबादी, कठमुल्लाबादी, सारसंग्रहबादी, दक्षिणपन्थी जस्ता विल्ला भिराएर गाली गरिरहे । आएका नयाँविचारलाई बहस र ब्यवहारिकताको कसीमा घोट्नुको सट्टा त्यस्ता विचारलाई निःषेध गर्ने परिपाटीको विकास गरियो । त्यही कारण कम्युनिष्ट आन्दोलनमा निरन्तर फूट र विभाजन भइरह्यो , भइरहेछ । नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख हिस्सा माओबादी नभई क्रान्तिकारी होइन्न भन्ने मान्यता राख्दछ । त्यसो भए लेनीन र स्तालिनलाई क्रान्तिकारी भन्ने कि नभन्ने ? किनभने त्यतिबेला माओबादको शुरु नै भएको थिएन । पेरिस कम्युन क्रान्तिकारी कदम थियो कि थिएन ? किनभने त्यतिबेला लेनीन ,स्तालिन र माओ कोही पनि थिएनन् । त्यसकारण सही कुरा त के हो भने माक्र्सबादका सार्वभौमिक अवधारणालाई पक्रेर आफू वरिपरिको समाजको आमूल परिवर्तनको नेतृत्व गर्नु क्रान्तिकारिता हो । न कि यो ‘बादी’ र उ ‘बादी’ भनेर झगडा गर्नु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: