Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अमेरिकाको सार्लोटमा सङ्कटकाल

\"usa-750\"वासिङटन, ६ असोज । अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लोट महानगरमा जातीय रङगभेद भड्किई उत्पन्न भएको व्यापक हूलदङगा र अनियन्त्रीत हिंसाका कारण सङ्कटकाल घोषणा गरिएको छ । गत मङ्गलबार कालो बर्णका एक व्यक्ति प्रहरीको कारबाहीमा मरणाशन्न हुने गरी सख्त घाइते भएका र पछि उनको मृत्यु भएको थियो । हजारौंको सङ्ख्यामा काला वर्णका स्थानीय जनताहरु भेला भइ गोरा वर्णका जनसमुदाय विरुद्ध दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेकाले व्यापक हिंसा भड्किन गएको कारण सङ्कटकाल घोषणा गर्नुपरेको नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याक्क्रोरिले आफ्नो ट्वीटरमार्फत प्रष्ट पारेका छन् । सङ्कटकाल लागू भएपछि अराजक स्थिति उत्पन्न हुन नदिन स्थानीय कानून बमोजिम हाल भारी सङ्ख्यामा नेशनल गार्ड र हाइवे प्याट्रोल फोर्सका सुरक्षाकर्मी परिचालन गरिएका छन् । नर्थ क्यारोलिना प्रहरीले शङ्कास्पद आतङकवादीको खोजीगर्ने क्रममा सार्लोटको एउटा स्थानीय अपार्टमेन्टको गाडी पार्किङगस्थलमा गतःमङगलबार कालोवर्णका एकजना ४३ वर्षीय व्यक्ति किथ लामोन्ट स्कटसँग भीडन्त भएको र केही पछि निज स्कटको मृत्यु भएको थियो । अफ्रिकी मूलका अमेरिकाली किथ लामोन्ट मारिएको खबर फैलिएपछि घटनाले उग्र रुप लियो । हजारौंको सङ्ख्यामा स्थानीय तथा अन्य राज्यबाट समेत काला वर्णका जनताहरु भेला भइ गोरा वर्णका जनसमुदाय र प्रहरीविरुद्ध जथाभावी ढुङ्गामुढा र गोलीसमेत प्रहार गरी दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेपछि राज्यमा शान्ति सुरक्षा र विधिका शासन कायम राख्न सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । सङ्कटकाल लागू गरिएपछि स्थिति केही नियन्त्रणमा आएको तर त्यस्तै परेमा कफ्र्यु पनि लगाइने गभर्नर प्याट म्याक्क्रोरिले बताए । त्यस्तै सार्लोट महानगरकी मेयर जेनिफर रोबर्ट्सले स्थानीय सबै जनतालाई घर मै बसिरहन र बाहिर निस्कनै पर्ने अत्यावश्यक काम परेमा पनि दङ्गाग्रस्त क्षेत्रमा प्रवेश नगर्न सिएनएन टेलिभिजनमार्फत् आह्वान गरेकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy