Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

थाहा पाउनुहोस ओठ गुलावी र सुन्दर बनाउने नौ प्राकृतिक उपाय

\"restylane-lyft\"काठमाडौं, ७ असोज । ओंठ मानिसको सुन्दरताको प्रतिरुप हो । विशेषगरि महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउँछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन अपनाइरहेका हुन्छन् । ओठलाई सुन्दर बनाउन लगाइएको सामानले उल्टै कालो बनाइरहेको हुन्छ । यसले धेरै मानिसहरुलाई निराश बनाइरहेको हुन्छ । आउनुहोस ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्रकृतिक उपायको बारेमा थाहा पाउनुहोस । १. कोको बटर दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस् । उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस् । यसमा कोको बटर हाल्नुहोस् । यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउनुहोस् । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ । २. दूधको तर ओठको सुख्खापन हटाउँन थोरै तर (मलाई) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ । ३. गुलाबको पत्ता ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् । ४. कागती कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस् । ५. केसर काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ । ६. मह महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस् । दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ । ७. अण्डा अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ । ८. जैतूनको तेल यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ । ९. चुकन्दर चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: