Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सुन्दर देखिन युवतीका यस्ता नयाँ शैली

\"worlds-most-beautiful-lady-camilla-belle-hd-photos-2-750\"काठमाडौं । कतिपय युवती यस्ता हुन्छन् आँखामा गाजल र ओठमा कलर लिपबाम लगाएरै सुन्दरताको आनन्द लिन्छन् । कोही युवती अनुहारको छाला र शारीरिक फिटनेसका लागि खानपान र व्यायाममा दैनिक विभिन्न उपाय अपनाउने पनि गर्छन् । तर, कतिपय युवती भने सुन्दर देखिन अनेक ब्युटी आइटम पछ्याउँछन् । नेपालका युवतीहरू पनि सौन्दर्यको नयाँ ट्रेन्डमा छन् । ब्युटिसियन भावना राणाका अनुसार यस्ता छन् नयाँ ट्रेन्ड ः भावना राणा व्युटिसियन आइब्रो आइब्रो (आँखीभौँ) थ्रेडिङ गर्ने कुनै नयाँ ट्रेन्ड होइन । सबैजसो नेपाली युवतीले आँखीभौँ थ्रेडिङ गरेकै हुन्छन् । तर, अहिले आइब्रो कलरिङको ट्रेन्ड छ । कपाल या अनुहारको कलरअनुसार आइब्रो कलरिङ गरिन्छ । युवतीहरू स्टाइलिस देखिन यस्तो गर्छन् । मिलाएर आइब्रो कलरिङ गर्दा भद्दा भने देखिँदैन । आइब्रो वाक्सिङको पनि ट्रेन्ड छ । अनुहारअनुसार आँखीभौँको आकार मिलाउन वाक्स गरिन्छ । आइल्यास आइल्यास (परेला) घुम्राउने ट्रेन्ड पुरानै हो । तर, अहिले युवतीहरूमा आइल्यास एक्स्टेन्सन (परेला तन्काउने) ट्रेन्ड छ । परेला कम भएका तथा बाक्लो बनाउन चाहनेका लागि थप परेला राखिन्छ । यो परेला साइजअनुसार पाइन्छ । यसरी थपिएको परेला तीन महिनासम्म टिक्छ । त्यसो त अहिले परेला घुमार्ने ट्रेन्ड पनि नयाँ चलेको छ । परेला पर्म गरेर घुमार्ने गरिन्छ । परेला कलरिङको ट्रेन्ड पनि छ । परेला कलरिङ गरेपछि मस्कारा लगाउनु पर्दैन । यो पनि लामो समयसम्म टिक्छ । हल्का खैरो खालको परेला भएकालाई कलरिङ विशेष महत्वपूर्ण हुन्छ । कलरिङ गरेर परेलालाई डार्क ब्राउन बनाइन्छ । फिंगर गोडा र हातका रौँ हटाउन वाक्स गर्ने तथा उखाल्ने ट्रेन्ड पुरानै हो । यो अहिले पनि चलिरहेकै छ । तर, हात र गोडाका औँला (फिंगर)मा रौँ पलाएको हटाउने ट्रेन्ड पनि चलेको छ भन्दा धेरैलाई नौलो लाग्न सक्छ । सबैका औँलामा हल्का रौँ पलाएकै हुन्छ । तर, औँलामा पलाएका यस्ता मसिना रौँमाथि खासै कसैलाई ध्यान हुँदैन । तर, सुन्दर देखिन युवतीहरूले यस्ता रौँ पनि हटाउने ट्रेन्ड छ । वाक्स गरेर औँलाका रौँ फाल्न सकिन्छ । रौँ फाल्नाले हात र पैतालाको सौन्दर्यमा निखार आउँछ भने खुबै सफा पनि देखिन्छ । हेयर हेयर (कपाल) एक्स्टेन्सन गर्ने ट्रेन्ड पनि युवतीहरूमा खुबै छ । लामो र बाक्लो कपाल बनाएर सुन्दर देखिन चाहनेहरू हेयर एक्स्टेन्सन गर्छन् । पातलो र छोटो कपाल भएकाहरूलाई यो बढी उपयोगी हुन्छ । टाउकोमा भएका रौँमा थप रौँ जोडेर मिलाइन्छ । त्यसो त कपालको हकमा विग गर्ने ट्रेन्ड पनि छ । विग आफ्नो हेयर स्टाइलअनुसार प्रयोग गर्न सकिन्छ । नेल नेल (नङ) एक्स्टेन्सन पनि अहिलेको सौन्दर्य ट्रेन्डमै पर्छ । नङ बिग्रिएका, नङ नभएका तथा लामो बनाउने प्रकृतिको नङ नै नभएकालाई नेल एक्स्टेन्सन ट्रेन्ड फाइदाजनक देखिन्छ । तर, स्टाइलिस युवतीहरूले सधैँका लागि राम्रो नङ देखाउन एक्स्टेन्सन गर्ने गर्छन् । नेल एक्स्टेन्सन नेचुरल तरिकाले नै गरिन्छ । यो तीन तरिकाले गर्न मिल्छ । एकपटक गरेपछि सधैँका लागि हुन्छ भने एक्स्टेन्सन गरेको अरूलाई थाहै हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: