Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

लोकदोहोरी प्रतिष्ठानकाे अध्यक्षमा तीन जनाको उम्मेदवारी

\"lok-dohori-pratisthan\" काठमाडौं, ८ असोज । लोकदोहोरी कलाकारहरुलाई यतिबेला चुनाव लागेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौं महाधिवेशन शनिवारदेखि राजधानीमा शुरु भएको छ । महाधिवेशनबाट प्रतिष्ठानको नेतृत्व हत्याउन लोक तथा दोहोरी गीत कलाकारहरु एक महिनाभन्दा बढी समयदेखि कस्सिएका छन् । प्रतिष्ठानको अध्यक्षका लागि बद्री पंगेनी, विष्णु खत्री र टीकाराम चपाईँले उम्मेदवारी घोषणा गरेका छन् । पंगेनी पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन् भने खत्री अध्यक्षमा चन्द्र शर्मासँग पराजित भएका थिए । चपाईँ अघिल्लो महाधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका तीनै जनाले आ–आफ्ना पार्टीको तर्फबाट भोट माग्ने काम गरिरहेका छन् । विभिन्न समयमा विभिन्न पार्टीमा रहेका पंगेनी यसपाली एमाले, चपाई कांग्रेस र विष्णु खत्रि माओवादी केन्द्र भएर भोट मागिरहेका छन् । यस्तै, बरिष्ठ उपाध्यक्ष पदका लागि रमेश बिजी, ऋषिलाल श्रेष्ठ र विमलराज क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् भने प्रथम उपाध्यक्षमा पशुपति शर्मा तथा द्वितीय उपाध्यक्षमा रामजी खाँडले उम्मेदवार घोषणा गरेका छन् । क्षेत्री यसअघि द्वितीय उपाध्यक्ष थिए । महिला उपाध्यक्षमा भने रिता थापाले उम्मेदवारी घोषणा गरेकी छन् । उनी यसअघि प्रतिष्ठानको कोषाध्यक्ष थिइन् । महासचिव पदका लागि शिरिष देवकोटा र सुवास केसीले उम्मेदवार घोषणा गरेका छन् । दुई सचिव पदका लागि नौ जनाले उम्मेदवारी घोषणा गरेका छन् । सचिवमा खुमन अधिकारी, शंकर बिसी, राजु गुरुङ, कृष्ण रेउले, टीका पुन, हुम गैरे, चोलेन्द्र पौडेल, नविन पौडेल लगायतले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि सह–कोषाध्यक्ष रहेका दीपक खड्काले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिवारबाट शुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले गर्दैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: