Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

करिनाबारे २० रोचक तथ्य

\"kareena-kapoor-750\"  
  • करिना गर्भमा रहेका वेला उनकी आमाले ‘अन्ना करेनिना’ नामक किताब पढ्ने गरेकी थिइन् । त्यसकारण उनको नाम करिना राखिएको हो । तर, घरमा उनलाई सबैले ‘बेबो’ भनेर बोलाउने गर्दछन् ।
  • कपुर खान्दानकी करिनालाई फिल्म अभिनयप्रति बच्चैदेखि रुचि बढेको हो । फिल्मी माहोलमा हुर्किएकी करिनाले पछि पढाइभन्दा अभिनयमा मन लगाइन् । पढाइ अधुरै छाडे पनि उनी आफू सधैँ अब्बल बिद्यार्थी भएको दाबी गर्ने गर्छिन् ।
  • उनकाे सलमान खानसँग बच्चैमा भेट भएको थियो । त्यतिवेला सलमान करिनाकी दिदी करिश्मासँग एउटा फिल्मको सुटिङमा व्यस्त थिए । त्यतिवेला सलमानले करिनासँग बच्चाजस्तो व्यवहार देखाएका थिए । त्यसकारण करिना सलमानदेखि डराएकी थिइन् । तर पछि ‘क्युँ कि’, ‘बडीगार्ड’, ‘बजरंगी भाइजान’लगायतका फिल्ममा करिना सलमानकी हिरोइन बनिन् ।
  • करिना हिरोइन बनेको पहिलो फिल्म ‘कहो ना प्यार है’ हो । तर, केही दिनको सुटिङपछि उनी त्यो फिल्मबाट अलग भइन् । राकेश रोशनले त्यो फिल्ममा आफ्ना छोरा ऋतिकलाई धेरै फोकस गरेकाले करिना अगल भएको बताइन्छ । पछि ‘कहो ना प्यार है’मा अमीषा पटेल हिरोइन भइन् । करिना हिरोइन भएको पहिलो फिल्मचाहिँ ‘रिफ्युजी’ (सन् २०००) हुन पुग्यो ।
  • करिना साह्रै जिद्धी स्वभावकी छिन् । उनले करण जौहरको एउटा फिल्ममा यसकारण काम गरिनन् कि उनले तोकेको पारिश्रमिक दिन करण तयार भएनन् ।
  • ‘चमेली’ करिनाको चर्चित फिल्ममा पर्छ । उनले सुरुमा चमेलीमा अभिनय गर्न अस्वीकार गरेकी थिइन् । वेश्याको भूमिका निर्वाह गर्न नचाहेकाले ‘रिजेक्ट’ गरेकी करिनाले दोस्रोपटकको प्रस्तावमा मात्र सो फिल्म स्विकारेकी थिइन् । त्यसपछि चमेलीको चरित्रमा उत्रिनका लागि उनी थुप्रै रात मुम्बईको रेडलाइट एरिया पुगेकी थिइन् ।
  • करिना समकक्षी हिरोइनसँग त्यत्ति मिल्दिनन् । केही न केही कुरामा उनको झगडा परिहाल्छ । ‘अजनवी’ फिल्मको सुटिङका क्रममा उनको बिपासा बसुसँग झगडा परेको थियो । करिनाले बिपासालाई ‘काली बिल्ली’ भनेकी थिइन् । त्यसैगरी ‘ऐतराज’ फिल्मको सुटिङका क्रममा उनको प्रियंका चोपडासँग पनि झगडा परेको थियो ।
  • करिनाले बलिउडका तीन बादशाह खान– आमिर, सलमान र शाहरुख, तीनै सुपरस्टारसँग अभिनय गरिसकेकी छिन् ।
  • शाहरुख करिनाको कामप्रति यति धेरै प्रभावित छन् कि उनले एउटा अन्तर्वातामा ‘आफ्नो बस चल्ने भए आफ्ना सबै फिल्ममा करिनालाई हिरोइन लिने थिएँ’ भनिसकेका छन् ।
  • करिनाको साहिद कपुरसँग लामै समय अफेयर चलेको थियो । साहिदकै सल्लाहमा उनी शाकाहारी बनेकी हुन् ।
  • ‘टसन’ फिल्मको सुटिङका क्रममा करिना सैफ अलि खानसँग नजिकिएकी थिइन् । पछि उनीहरूले बिहे गरे ।
  • करिनाले अहिलेसम्म ६ वटा फिल्म फेयर अवार्ड जितिसकेकी छिन् । बेस्ट फिमेल डेब्यु (रिफ्युजी २००१), स्पेसल अवार्ड (चमेली, २००४), बेस्ट क्रिटिक्स (देव, २००५), बेस्ट क्रिटिक्स (ओमकारा,२००७) र बेस्ट सपोर्टिङ एक्ट्रेस (वी आर फेमेली,२०११) करिना एक्सन फिल्म मन पराउ“दिनन् । उनलाई नारीप्रदान, सेन्टिमेन्टल कथाका फिल्म मन पर्छ ।
  • फिल्ममा आउनुअघि उनले किशोर नमीत कपुरसँग अभिनयको प्रशिक्षण लिएकी थिइन् ।
  • ‘फिदा’ फिल्ममा करिनाले पहिलोचोटि भिलेनको भूमिका निर्वाह गरिन् ।
  • करिना घोडा सवार गर्न र खाना पकाउन रुचि राख्छिन् ।
  • करिना मलाइका अरोरा खान, अमृता अरोरा र इशा देओलसँग निकै निकट छिन् । उनीहरू प्रायः सँगै देखिने गर्दछन् ।
  • ‘टसन’ फिल्मका लागि करिनाले जिरो फिगर बनाएकी थिइन् । त्यसपछि नै हिरोइनमा जिरो फिगर बनाउन तँछाडमछाड भएको हो । फिट रहनका लागि उनी हरेक दिन योगा गर्ने गर्छिन् ।
  • रियल लाइफजस्तो रिल लाइफमा करिना र सैफको जोडी जमेको छैन । उनीहरूले सँगै अभिनय गरेको ‘कुर्बान’, ‘टसन’ र ‘एजेन्ट विनोद’ फ्लप भए ।
  • आमिर खानले भन्ने गरेका छन्– करिना अहिलेका मध्ये सबैभन्दा सुन्दर हिरोइन हुन् ।
नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy