Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

बाँनियाको जय स्वाभिमान कि गए स्वाभिमान ?

\"madan_mainali\"टेलिभिजनको पर्दामा स्वाभिमान र देश भक्तिका अलौकिक राग अलाप्ने एक पत्रकार प्रेम बानियाँ अमेरिका पलायन भएका भन्ने समाचारले अहिले सामाजिक संजाल रंगिएको छ । धेरैले बानियाँको खोक्रो स्वाभिमानको पर्दाफास भएको भनेका छन् भने केहीले यो उनको व्यक्तिगत स्वतन्त्रको कुरो भनेर उनि प्रति सहानुभुति पनि प्रकट गरेका छन् । सबैको आ आफ्नो धारणा छ । तर टेलिभिजनमा त्यति राम्रो कार्यक्रम संचालन गरिरहेका र पर्दा बाहिर पनि विभिन्न मंचहरुमा स्वाभिमान र देशभक्तिको मानकका रुपमा समेत लीइने गरेका प्रेम बानियाँ धेरैलाई चकित पार्दै किन हठात् पलायनु भए त । के उनको स्वाभिमानका आलाप आडम्बर मात्रै थियो रु अथवा बिदेशिनु भनेको स्वाभिमान गिराउनु नै हो त । आउनुस् छोट्टो टिप्पणी गरौँ ! नेपाली टेलिभिजन पत्रकारिता क्षेत्रमा प्रेम बानियाँ एक प्रखर वक्ता अनि राम्रा पत्रकारका रुपमा चिनिन्छन । उनका प्रस्तुतिहरुमा प्राय स्वाभिमान देशभक्ति अनि अरु समसामयिक बिषयहरु समेटिएका हुन्छन । आङ्ग नै जुरुंग जुरुंग पार्ने खालका पनि हुन्छन । समाजमा व्याप्त बिकृति विसंगति भ्रस्टाचार कालोबजारी जस्ता बिषयहरु सटिक र सुक्ष्म तरिकाले प्रस्तुत गर्ने उनको शैली धेरैले रुचाएको पनि पाइन्छ । तिखो शब्दवाण प्रहार गर्ने भएकाले पनि उनको कार्यक्रम सकेसम्म नछुटाउने धेरै हुन्छन । विभिन्न मंचहरुमा पनि उनले दमदार प्रस्तुति दिएकाछन् । उनको प्रस्तुतिहरु हेर्दा सुन्दा यस्तो लाग्छ यो देशमा प्रेम बानियाँ भन्दा स्वाभिमानी र राष्ट्रवादी अरु कोहि छैन, हुन सक्दैन । हल्ला र आसंकाका लहरका बीच तरंगित हुने हाम्रो समाज आफ्नो एउटा छुट्टै पहिचान बनाएका एक पत्रकार यसरि पलायन हुदा तरंगित नहुने कुरै भएन । तर मलाई लाग्छ यो परिघटनालाई हामीले दुई दृष्‍टि कोण बाट हेरिनु पर्दछ । पहिलो कोणबाट हेर्दा यो घटनालाई उग्र प्रतिक्रिया दिनु वा अतिरन्जित प्रचार गरिनु आवश्यक हुदैन । सबैको आ आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो । आफुलाई मन परेको स्थानमा गई जीवन ब्यथित गर्न सबै स्वतन्त्र छन् । हाम्रा बिधानहरुले यसलाई व्यक्तिगत स्वतन्त्रता अन्तर्गत राखेको पनि छ । स्वभाविक रुपमा सुबिधा सम्पन्न ठाउमा बस्ने सहज तरिकाले जीवन यापन गर्ने पैसा कमाउने रहर र सपना हरेक सामाजिक प्राणिमा हुन्छ नै । यसर्थ प्रेम बानियाँ पनि हाम्रै समाजका एक सदस्य भएकाले उनले आफ्नो बाकि रहेको जीवन अलि सरल तरिकाले नयाँ ठाउँमा गएर बिताउछु भन्दा आपत्ति कसैलाई नहुनु पर्ने हो । अनेक सिलसिलामा दिनहु सयौंको संख्यामा विदेशिने क्रम आज पर्यन्त जारि छ । सरकारी उच्च ओहोदा ओगटेर बस्नेहरु देखि तपाई हामी सर्व साधारण पनि म्ख् कहिले खुल्छ र रिजल्ट कहिले आउला भनेर दिन गनेर पक्कै पनि बसेकै हुन्छौ । विदेशिने एउटा प्रेम बानियाँ मात्रै हो जस्तो गरि भ्रामक प्रचार गरिनु सर्वथा गलत हो । \"prem_baniya\"तर दोश्रो कोणबाट नियाल्दा भने अलि असहज लाग्नु स्वाभाविक हो । स्वाभिमान र देशभक्तिका राग अलापेर नथाक्ने यिनी यसरि विदेश लहसिनु हिजोका उनका आफ्नै अभिव्यक्तिहरु संग मेल पक्कै खादैनन् । आदर्शका उनका उक्तिहरु आडम्बर मात्रै त थिएन भन्ने दृष्‍टिकोणलाई पनि गलत मान्न सकिदैन । आज उनि अमेरिकामै बस्ने गरि गए रे भन्ने सुन्ने आम मानिसमा उनका शब्दबाणी गुन्जिदा कस्तो मनोभाव उत्पन्न होला रु गफ दिएर जागिर पकाउने मेलो गरेको रहेछ भनियो भने सहि होला कि गलत होला । यो देशमा प्रेम बानियाँ जस्ता २र४ सय मान्छे भयो भने बल्ल देश बन्छ भनेर चिया पसलमा गफ गर्ने फुर्सदिहरुले भोलि बाट के भन्लान रु किनभने आम जनतामा एउटा बिस्वास थियो कि प्रेम बानियाँले मेरो बोलि बोल्छ । उसले गलत कुरालाई मात्र गलत भन्छ । यी दुवै दृष्‍टिकोणलाई संस्लेषण गर्दा मलाई के लाग्दछ भने उनको यो कदम नेपालमा राजनीति प्रति बढ्दै गरेको अविश्वासलाई बढावा दिने एक खुट्किलो त हो नै । त्यो भन्दा बढी नेपाली पत्रकारिता क्षेत्र सँग गुम्दै गरेको विश्वसनियताको एक कडी पनि हो । भलै यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरो हो तर पछिल्लो समय पत्रकारिताका नाममा देश दुनियाँ दिग्भ्रमित पार्ने कथित समाचारहरुले समाज आक्रन्त परिरहेको बेला जनताले उत्सुकतापुर्वक हेरेका हेर्न चाहेक एक पत्रकारले हठात् देश छोड्दा सकारात्मक प्रभाव पक्कै पर्दैन । बानियाँ आफै पनि पछिल्लो सरकार परिवर्तनको पृष्टभूमिमा स्वतन्त्र एवं निष्पक्ष्य रहन सकेनन । निष्पक्ष्य पत्रकारिताको मान्यता बिपरित केपी ओली नेतृत्वको सरकार परिवर्तनका बिरुद्द उनले एक कार्यकर्ताले जसरि अभियान नै चलाए । बिदेशिनु हुदै हुदैन थियो भन्न पक्कै पनि खोजिएको होइन । यस अघि उनकै साथि नारायण श्रेष्ठ पनि चर्चित टेलिभिजन कार्यक्रम छोडेर अमेरिका हिडेकै हुन् । तर त्यो कुरालाई सहजै लिइयो । तर किन प्रेम बानियाँ जादा धेरै टिका टिप्पणी भइरहेका छन् त ? हो स्वाभिमान र राष्ट्रियता हरेक नागरिकमा हुन्छ हुनुपर्छ । तर उनले चर्चित हुने नाममा र तालि खाने ध्याउन्नमा असाध्यै धेरै अस्वाभाविक राग अलापे । प्रेम बानियाँ जति स्वाभिमानी यो संसारमै अरु कोहि छैन जसरि प्रस्तुति दिए । आज यो घटनाले अर्को कुराको पनि रहस्योद्घाटन गरेको छ कि स्वाभिमान राष्ट्रवाद र देशभक्तिका नाममा असाध्यै चर्का हल्लाखल्ला गर्नेहरु वास्तवमा आफ्नै कुत्सित स्वार्थ सिद्द गर्ने दिशामा मात्रै केन्द्रित हुने रहेछन् । तिनले ढिला वा चाडो एक न एक दिन स्वाभिमान रुपी खोल उतारी आफ्नो असली औकातमा अवतरण गर्ने रहेछन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy